नेपालमा आज ३,७४९ जना कोरोना सङ्क्रमित थपिए, १९ जनाको मृत्यु

नेपालमा आज ३,७४९ जना कोरोना सङ्क्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ७४९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख २१ हजार ७४५ पुगेको छ । त्यसमा काठमाडौँका १ हजार ६९२, ललितपुरका १०८ र भक्तपुरका १३४ जनानयाँ सङ्क्रमित थपिएसँगै उपत्यकामा १ हजार ९३५ जना नयाँ सङ्क्रमित पुगेका छन् । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा यो सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घन्टामा थप १९ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै मृतकको सङ्ख्या ६९४ पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ५६४ जना निको भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ८४ हजार ५१८ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३६हजार ५३३ रहेको छ । त्यसमा संस्थागतआइसोलेसनमा १२ हजार ३३९ जना, होम आइसोलेसनमा २४ हजार १९४ जना र क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :