अखिल क्रान्तिकारी धौलागिरिले गर्यो रक्तदान

अखिल क्रान्तिकारी धौलागिरिले गर्यो रक्तदान

काठमाडौँ : नेकपाको जनवर्गीय सङ्गठन अखिल क्रान्तिकारी धौलागिरि ब्युरोको आयोजनामा बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना सङ्क्रमणका कारण देशभर रगतको अभाव भई बिरामीको अकालमा ज्यान जान लागेपछि अखिल क्रान्तिकारीले केन्द्रीय स्तरबाटै अभियान सुरु गरी देशभर रक्तदान गर्दै आएको छ । बागलुङमा ३६ जनाले रक्तदान गरेका छन् ।

पछिल्लो समयमा जिल्लामा रगतको अभाव बढेको र सङ्गठनको केन्द्रीय समितिको निर्देशनअनुसार कुनै बिरामीको रगत अभावका कारण अकालमै ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान गरिएको अखिल क्रान्तिकारी धौलागिरिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :