नेपालमा आज ३,५५६ जना कोरोना सङ्क्रमित थपिए, १८ जनाको मृत्यु

नेपालमा आज ३,५५६ जना कोरोना सङ्क्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा आज ३ हजार ५५६ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ७८९ जना महिला र १ हजार ३४० जना पुरूष गरी जम्मा २ हजार १२९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँका १ हजार ७४६, ललितपुरका २१६ र भक्तपुरका १६७ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १५ हजार ५७५ नमुना परीक्षण गर्दा महिलामा १ हजार २३३ जना र पुरूषमा २ हजार ३२३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ५०३ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या ३५ हजार ९१५ रहेको छ । त्यसमा आई.सी.यु.मा ३०७ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ, भने संस्थागत आइसोलेसनमा १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार ८६७ जना रहेका छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ७९५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :