२४ घन्टामा ४,०४७ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ६४५ पुग्यो

२४ घन्टामा ४,०४७ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ६४५ पुग्यो

काठमाडौँ : नेपालमा आज ४ हजार ४७ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा २ हजार २८३ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १४ हजार ५३० नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ९ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ४७३ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या ३३ हजार ८८० रहेको छ । त्यसमा आई.सी.यु.मा २७९ जना र भेन्टिलेटरमा ६७ जनाको उपचार भइरहेको छ, भने संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना र होम आइसोलेसनमा १९ हजार ९५७ जना रहेका छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ८३१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :