आदर्शवादी भ्रमको चिरफार

आदर्शवादी भ्रमको चिरफार

आजभोलि सरकारी नेकपाका साथीहरूसँग भेट हुँदा प्रायः सबैले भन्ने गर्छन्– नेपालमा कम्युनिस्ट सरकार आइसक्यो । वास्तवमा केका लागि क्रान्ति गर्ने हो ? वर्गसङ्घर्षको अन्त्य भइसक्यो । अब आर्थिक क्रन्ति गर्नुपर्छ । अब कसका विरुद्ध लड्ने ? पहिला त राजसंस्था थियो । अहिले कसका विरुद्ध लड्ने हो ? अरू संसद्वादी कम्युनिस्टहरू क्रान्तिको वातावरण बनेको छैन । वातावरण नबनी क्रान्ति गर्नु भनेको सकिनु हो । बन्दुक त उठाउनै हुँदैन । यो आत्मघाती हुन्छ । यो त उग्रवादी व्यवहार हो भन्ने गर्छन् । जसले जेजे भने पनि वैचारिक रूपमा परिपक्व नभएका साथीहरूलाई त हो कि क्या हो भन्ने लाग्न सक्छ । आफू पो गलत छु कि भनेर भ्रमित हुन पनि सक्छन् तर यो कुरा सरासर गलत हो । गैरमाक्र्सवादी, अधिभूतवादी, अकर्मण्यतावादी, अन्ततः आदर्शवादी कुरा हो । यो कुरा आफू कहीँ न कहीँ आदर्शवादी कित्तामा पुगेर वा वैचारिक विचलनद्वारा रचिएको नाटकबाहेक अरू केही होइन । आत्मसुरक्षावादी भएपछि यस्ता बहाना रच्छन् ।

अहिलेका माफियाहरूले केन्द्रीकृत उत्पादन गर्दा उद्योगमा मजदुरहरूको केन्द्रीकरण हुने र आन्दोलन हुने भएकाले उत्पादनमा कमी हुन्छ र विकेन्द्रीकरण उत्पादन, वितरणमा केन्द्रीकरण गरी मजदुर वर्गलाई शोषण गरिरहेका छन् । निगम पुँजीवादको तेस्रो विशेषता भनेको अर्थतन्त्रमा राजनीति हाबी हुनु हो । जसको हातमा ठूलाठूला निगम, सिन्डिकेट, कार्टेल र ट्रस्टहरू छन् उनैको हातमा राज्यसत्ता रहेको छ । त्यसकारण राज्यसत्ता नै गरिबमारा भएको छ । जोसँग धन छैन, ऊसँग राज्यसत्ता छैन । नेपालको हकमा पनि त्यही हो । संसदीय पार्टीभित्रका इमानदार र त्यागी नेताहरूले टिकट पाउँदैनन् तर भ्रष्ट र दलालहरूले टिकट खरिद गरेर अफ्नो पहुँच कायम गरेका छन् । यो व्यवस्थाको आदर्श व्यवस्था अमेरिकाको राष्ट्रपति चुनावमा हिलारी क्लिन्टन नआएर जग्गा दलाल निगम मालिक ट्रम्पले जितेको छ । नेपालको सङ्घीय सरकारमा अर्बपति, प्रदेश सरकारमा करोडपति र स्थानीय सरकारमा लखपतिहरूको कब्जा छ । अब हुने संसदीय चुनाव दलाल, भ्रष्ट ठेकेदारहरूबाहेक अरू आउन सक्दैनन् । त्यसमा लागेका नेता–कार्यकर्ता पैसा लुटेपछि नेता बन्न पाउने भएकाले डोजर बोकेरै पैसा कमाउन र भ्रष्टाचार गर्न लिप्त भएका छन् ।

वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष र सर्वहारा अधिनायकत्व माक्र्सवादको आत्मा हो । यो विश्वभरिको शोषणकारी व्यवस्था रहेसम्म सशस्त्र क्रान्तिको अर्को कुनै विकल्प छैन । परिस्थितिको विकाससँगै नयाँ वर्गविश्लेषण त गर्नैपर्छ । आजको परिस्थितिमा वर्गसङ्घर्ष हुनसक्दैन भन्नु द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादविरोधी कुरा हो । अहिलेको विश्वका प्रथम धनी जेफ वेजोजले समेत वर्गसङ्घर्षलाई स्वीकार गर्दै आफूहरूले यो वर्गसङ्घर्षमा जितिरहेको कुरा एउटा पत्रकारको प्रश्नको जबाफमा भनेका थिए भने आफूलाई गरिबका पक्षमा लडिरहेको साम्यवादी भनाउँदाहरूले भने आज वर्गसङ्घर्ष सम्भव छैन, कसका विरुद्ध लड्ने भनिरहेको सुन्दा अचम्म लागेर आउँछ । माक्र्स, लेनिन र माओको समयभन्दा आजको समयमा धनी र गरिबको दूरी कैयौँ गुणा बढेको छ । भनिएको छ १ प्रनिशत धनी र ९९ प्रतिशन जनताको सम्पत्ति बराबर छ । विश्वको ७ अर्ब जनसङ्ख्यामा ७ करोड मानिसको सम्पत्ति र ६ अर्ब ९३ करोडको सम्पत्ति बराबर छ । आजको निगम पुँजीवादको आर्थिक विशेषता भन्ने हो भने केही मुठीभर मानिसको हातमा अति केन्द्रीकरण र अति एकाधिकार कायम हुनु हो । यसले गर्दा धनी र गरिबका बीच आकाश–पातालको फरक छ । पुँजीवादी र माफियाहरूले देशको सारा सम्पत्ति लुटिसकेका छन् । समाजवाद उन्मुख व्यवस्था चलाइरहेका कथित साम्यवादीहरू वर्गसङ्घर्षका विरुद्ध वर्गसमन्वयको कुरा गरिरहेका छन् ।

निगम पुँजीवादको दोस्रो विशेषता भनेको विकेन्द्रीकृत उत्पादन र केन्द्रीकृत वितरण हो । अहिलेका माफियाहरूले केन्द्रीकृत उत्पादन गर्दा उद्योगमा मजदुरहरूको केन्द्रीकरण हुने र आन्दोलन हुने भएकाले उत्पादनमा कमी हुन्छ र विकेन्द्रीकरण उत्पादन, वितरणमा केन्द्रीकरण गरी मजदुर वर्गलाई शोषण गरिरहेका छन् । निगम पुँजीवादको तेस्रो विशेषता भनेको अर्थतन्त्रमा राजनीति हाबी हुनु हो । जसको हातमा ठूलाठूला निगम, सिन्डिकेट, कार्टेल र ट्रस्टहरू छन् उनैको हातमा राज्यसत्ता रहेको छ । त्यसकारण राज्यसत्ता नै गरिबमारा भएको छ । जोसँग धन छैन, ऊसँग राज्यसत्ता छैन । नेपालको हकमा पनि त्यही हो । संसदीय पार्टीभित्रका इमानदार र त्यागी नेताहरूले टिकट पाउँदैनन् तर भ्रष्ट र दलालहरूले टिकट खरिद गरेर अफ्नो पहुँच कायम गरेका छन् । यो व्यवस्थाको आदर्श व्यवस्था अमेरिकाको राष्ट्रपति चुनावमा हिलारी क्लिन्टन नआएर जग्गा दलाल निगम मालिक ट्रम्पले जितेको छ । नेपालको सङ्घीय सरकारमा अर्बपति, प्रदेश सरकारमा करोडपति र स्थानीय सरकारमा लखपतिहरूको कब्जा छ । अब हुने संसदीय चुनाव दलाल, भ्रष्ट ठेकेदारहरूबाहेक अरू आउन सक्दैनन् । त्यसमा लागेका नेता–कार्यकर्ता पैसा लुटेपछि नेता बन्न पाउने भएकाले डोजर बोकेरै पैसा कमाउन र भ्रष्टाचार गर्न लिप्त भएका छन् । अपवाद केही इमानदारहरूको पार्टीमा कुनै अस्तित्व छैन । त्याग, इमानदारी र आदर्शको संस्कार सकिएको छ ।

निगम पुँजीवादको चौथो विशेषता भनेको उत्पादन शक्तिमा विज्ञान प्रविधि जोडिनु हो । यसले गर्दा उत्पादन धेरै हुन्छ । तर उत्पादन सम्बन्ध भनेको निजी स्वामित्वको हुन्छ । सामाजिक अन्तरविरोध र निजी स्वामित्वको अन्तरविरोधलेका कारण समान वितरण हुनसकेको छैन । कैयौँ धनी देशहरूमा अन्न उत्पादन धेरै हुन्छ तर मूल्य राम्रो नपाएर उत्पादित अन्न नष्ट गर्छन् । कैयौँ देशका जनता भोकभोकै मरिरहेका छन् । वितरणमा एकाधिकार हुँदा यो समस्या पैदा भइरहेको छ । यसैकारण निगम पुँजीवादी माफियाहरू र मजदुर, किसान, मध्यमवर्गको अन्तरविरोध झन् तीव्र बन्दै गइरहेको छ जसले गर्दा साम्यवादी आन्दोलनको आवश्यकता र महत्व झनै बढ्दै गएको छ ।

साम्राज्यवादले आफू निःशस्त्र प्रजातन्त्र र मानवअधिकारको हिमायती भएको दाबी गरे पनि रुवान्डामा हुतु र तुत्सीको झगडा गराएर आफ्ना कारखानाका हतियारहरू बेच्दै नरसंहार गर्दा, सिरियामा ६ लाखभन्दा धेरै जनता र बालबालिकाको हत्या गर्दा, प्यालेस्टाइनको राजधानी जेरुसेलम कब्जा गरेर इजरायलको राजदानी बनाउँदा, अर्काको देशको राष्ट्रपति सद्दाम हुसेनलाई लखेटीलखेटी झुन्ड्याउँदा, लिबियाका नेता कर्नेल गद्दाफीको कायरतापूर्वक हत्या गर्दा, अफगानिस्तानका तालिवान नेता ओसामा बिन लादेनलाई मारेर लासै अमेरिका पुर्याउँदा अदर्शवादी साम्राज्यवादको निःशस्त्र प्रजातन्त्र र मानवअधिकार विश्वका जनताले राम्रोसँग बुझेका छन । आदर्शवाद र उत्तरसाम्रज्यवादी जल्लाद व्यवस्थाको यो धर्तीबाट सदाका लागि बिदाइ दिने बेला आइसकेको छ । संसारका जनताले आदर्शवादको बिदाइको कामना गरिरहेका छन् । साम्राज्यवादीहरूको आपराधिक व्यवहारको जति निन्दा गरे पनि कम हुन्छ ।

विज्ञानको विकासलाई बङ्ग्याउनेहरू आदर्शवादी हुन् । विज्ञानको निरन्तर विकास भइरहेको छ । विज्ञान र प्रविधिमा आएको तीव्र विकासले ऐतिहासिक भौतिकवादको समृद्धि हुँदै जान्छ । चाल्स डार्बिनको जीवविज्ञानको आविष्कारदेखि अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले लेनिनलाई भौतिकवादको थप विकास गर्न मद्दत पुर्याएको थियो जसको परिणामस्वरूप लेनिनले १९०८ मै भौतिकवाद र आनुभविक आलोचना प्रसिद्ध कृति रच्नुभयो र माक्र्सवादी दर्शनलाई समृद्ध बनाउँदै जानुभयो । यसको कारण आदर्शवादीहरूले आफूलाई भौतिकवादी विज्ञानविरोधी र काल्पनिकहरूका रूपमा प्रस्तुत गरिरहेका छन् । आफ्नो लुटको संसार बचाइराख्न आदर्शवादीहरूले सैद्धान्तिक रूपमा भौतिकवादीहरूमाथि निरन्तर प्रहार गरिरहेका छन् । जब विज्ञानको विकास हुँदै गयो, माक्र्सवाद पनि समृद्ध बन्दै गएको छ । आदर्शवादीहरूको अलौकिक स्वर्ग ध्वस्त हुने भएपछि आदर्शवादीहरूले पदार्थको लोप भएको, साम्यवादको इतिहासको अन्त्य भएको आरोपसहित अमेरिकी उत्तरसाम्राज्यवादका प्रवक्ता लेखक फ्रान्सिस फुकुयामाले निरन्तर लेखेर आरोप लगाइरहेका छन् । उनले साम्राज्यवादलाई अन्तिम र आदर्श व्यवस्था मानेका छन् । साम्यवादीहरू सर्वसत्तावादी, तानाशाही भनेर आरोप लगाएका छन् । तर साम्राज्यवादको विश्वव्यापी गलत व्यवहारले यो तर्क कुतर्कमा परिणत भएको छ । साम्राज्यवादले आफू निःशस्त्र प्रजातन्त्र र मानवअधिकारको हिमायती भएको दाबी गरे पनि रुवान्डामा हुतु र तुत्सीको झगडा गराएर आफ्ना कारखानाका हतियारहरू बेच्दै नरसंहार गर्दा, सिरियामा ६ लाखभन्दा धेरै जनता र बालबालिकाको हत्या गर्दा, प्यालेस्टाइनको राजधानी जेरुसेलम कब्जा गरेर इजरायलको राजदानी बनाउँदा, अर्काको देशको राष्ट्रपति सद्दाम हुसेनलाई लखेटीलखेटी झुन्ड्याउँदा, लिबियाका नेता कर्नेल गद्दाफीको कायरतापूर्वक हत्या गर्दा, अफगानिस्तानका तालिवान नेता ओसामा बिन लादेनलाई मारेर लासै अमेरिका पुर्याउँदा अदर्शवादी साम्राज्यवादको निःशस्त्र प्रजातन्त्र र मानवअधिकार विश्वका जनताले राम्रोसँग बुझेका छन । आदर्शवाद र उत्तरसाम्रज्यवादी जल्लाद व्यवस्थाको यो धर्तीबाट सदाका लागि बिदाइ दिने बेला आइसकेको छ । संसारका जनताले आदर्शवादको बिदाइको कामना गरिरहेका छन् । साम्राज्यवादीहरूको आपराधिक व्यवहारको जति निन्दा गरे पनि कम हुन्छ ।

यस्तो राजनितिक सङ्कटमा पनि क्रान्ति नदेख्नु, वर्गसङ्घर्ष नदेख्नु, जनताको साझा दुस्मन दलाल पुँजीवादी व्यवस्था नदेख्नु आदर्शवादी चेतनाले घर गर्नु हो । आदर्शवादी विचारले नेतृत्व गरेको संसदीय व्यवस्था विश्वमै असफल हुँदैछ । आदर्शवादी विचारको संसदीय व्यवस्था अन्त्य गर्नु सजिलै वा शान्तिपुर्ण आन्दोलनवाट सम्भव छैन । आदर्शवादी वा संशोधनवादीहरूले त्यस्तो भने पनि माक्र्सवादी सिद्धान्तमा क्रान्तिको स्वरूप मूलतः सशस्त्र नै हुन्छ । उत्पीडित जनताले दलाल माफियाहरूको राज्यसत्ता मिल्काउने र आफ्नो राज्यसत्ता स्थापना शान्तिपूर्ण प्रक्रियाबाट आजसम्म दुनियाँमा कहीँकतै उदाहरण छैन । बन्दुकले टिकेको सत्ता बन्दुकले नै परास्त गर्नुपर्छ । माक्र्सवादी बल प्रयोगको सिद्धान्त यसमा लागू हुन्छ किनकि यो विज्ञानसम्मत कुरा हो । धानलाई चामल बनाउन वा गहुँलाई पिठो बनाउन त बल प्रयोग आवश्यक पर्छ भने दलालहरूको राज्यसत्ता पल्टाएर गरिब जनताको राज्यसत्ता स्थापना गर्ने जटिल कार्य शान्तिपूर्ण हुन सक्दैन, यसमा बल प्रयोग आवश्यक र अनिवार्य नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :