नेपालमा आज २,०७१ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ६३६ पुग्यो

नेपालमा आज २,०७१ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ६३६ पुग्यो

काठमाडौँ : नेपालमा २४ घन्टामा २ हजार ७१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा १ हजार ४१६ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँका १ हजार १४५, ललितपुरका १६१ र भक्तपुरका ११० जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप २२ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ५५२ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या ३१ हजार ३१५ रहेको छ । त्यसमा आई.सी.यु.मा ३२९ जना र भेन्टिलेटरमा ७६ जनाको उपचार भइरहेको छ, भने संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना र होम आइसोलेसनमा १७ हजार ६६६ जना रहेका छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ६१३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :