कोरोना जितेका दलित कर्मचारीको हातबाट जुस पिएर डा. केसीले तोडे २८ दिन लामो अनशन

कोरोना जितेका दलित कर्मचारीको हातबाट जुस पिएर डा. केसीले तोडे २८ दिन लामो अनशन

काठमाडौँ : चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर २८ दिनदेखि आमरण अनशन बसेका समाज सुधारक वरिष्ठ चिकित्सक गोविन्द केसीले सरसफाइ दलित कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर आइतबार अनशन तोडेका छन् ।

माग पूरा गराउन आनाकानी गरिरहेको केपी वली सरकार बाध्य भएर शनिबार राती वार्तामा बसेपछि ८ बुँदे सम्झौता गरेर डा. केसीले आमरण अनशन तोडेका हुन् । केसीले आफूले पहिला काम गरेको त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारीको हातबाट जुस पिएका थिए ।

त्रिवि शिक्षण अस्पताल परिसरमा केसीले अनशन तोड्ने क्रममा उनका समर्थकले ‘फेरि आमरण अनशन बस्नु नपरोस्’ लेखिएका प्लेकार्ड प्रदर्शन थिए । डा. केसीसँग भएको सम्झौता कार्यान्वयन सुरु गर्न र आइन्दा धोका नदिन समर्थकहरुले सरकारलाई चेतावनी पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :