अखिल (क्रान्तिकारी) द्वारा छात्रछात्रालाई स्वास्थ्य र खेलकुद सामग्री वितरण

अखिल (क्रान्तिकारी) द्वारा छात्रछात्रालाई स्वास्थ्य र खेलकुद सामग्री वितरण

काठमाडौँ : अखिल (क्रान्तिकारी) तनहुँले श्री सिद्धेश्वरी मावि व्यास १२ मा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्य र खेलकुद सामग्री वितरण गरेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता सङ्गठनका जिल्ला अध्यक्ष ममता रुचालले गरेकी थिइन् भने प्रमुख अतिथि सङ्गठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक थिए । अतिथिका रूपमा सङ्गठनका केन्द्रीय सदस्य एवम् गण्डक क्षेत्रीय समन्वय समितिका संयोजक काजी गुरुङ थिए । कार्यक्रममा सङ्गठनका जिल्ला सदस्यहरू, शिक्षकशिक्षका र २५० भन्दा बढी विद्यार्थीको सहभागिता थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि विकले विद्यार्थीको हकहितमा काम गर्ने र सधैँ विद्यार्थीका पक्षमा उभिने बताए । विद्यालयका तर्फबाट प्रधानाध्यापक नारायण अधिकारीले पनि बोलेका थिए ।

सङ्गठनले विद्यार्थीलाई स्वास्थ्य र खेलकुद सामग्री सेनिटाइजर, मास्क, साबुन, ब्याटमिन्टन र भलिबल वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :