तीव्र रूपमा अघि बढ्दै नेकपा पाल्पाको अभियान

तीव्र रूपमा अघि बढ्दै नेकपा पाल्पाको अभियान

नेकपा पाल्पाले सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान निरन्तर रूपमा सञ्चालन गरिरहेको छ । अभियानका क्रममा भदौ १५ गतेदेखि असोज २० गतेसम्म विभिन्न जनवर्गीय सङ्गठनका २६ वटा समिति गठन गरिएको जानकारी नेकपा पाल्पाका इन्चार्ज प्रवीणले दिएका छन् ।

त्यसैगरी पार्टी सेलका बैठक, पार्टी सदस्यता नवीकरण, जनभेला, जनपरिचालन, घरदैलो भेटघाट, नारा वालपेन्टिङ र शिक्षक, बुद्धिजीवी, पत्रकार, नागरिक समाजलगायतसँग छलफल/अन्तरक्रिया गर्दै अभियान अगाडि बढिरहेको पनि इन्चार्ज प्रवीणले बताएका छन् ।

अभियानका क्रममा जनस्तरबाट पार्टीलाई प्राप्त भएका विभिन्न सल्लाह र सुझावसमेत सङ्कलन भएको छ । अधुरो क्रान्ति पूरा गर्नका निम्ति नेकपाले सबैलाई गोलबन्द गर्दै अगाडि बढ्नुपर्नेमा जनताको जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :