२४ घन्टामा ३,४३९ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ५७८ पुग्यो

२४ घन्टामा ३,४३९ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ५७८ पुग्यो

काठमाडौँ : पछिल्लो २४ घन्टामा देशभर ३ हजार ४३९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा १,६८४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका १ हजार २९६, ललितपुरका २९३ र भक्तपुरका ९५ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार १२६ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या २५ हजार ७ रहेको छ । त्यसमा संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :