अखिल क्रान्तिकारीद्वारा मकवानपुरमा रक्तदान

काठमाडौँ : अखिल क्रान्तिकारी मकवानपुरको आयोजनामा हेटौँडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २७ जनाले रक्तदान गरेको प्राप्त समाचारमा जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही थिए । केन्द्रीय सदस्य तथा नारायणी संयोजक मदन केसी, जिल्ला अध्यक्ष विवेक घलान ‘अनिल’ र विशेष अतिथिका रूपमा निर्मल बहुमुखी क्याम्पसका प्रधानाध्यापक प्रबोध बिडारीको उपस्थिति रहेको जनाइएको छ ।

सोमबार भएको कार्यक्रममा रक्तदान गर्नेहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रमको संयोजन विवेक घलानले गरेका थिए । कोरोना महामारीका कारण रगतको अभाव भएको भन्दै क्रान्तिकारीले देशव्यापी अभियानकै रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :