अर्थव्यवस्थाका आधारभूत तत्व

अर्थव्यवस्थाका आधारभूत तत्व

माजवादी उत्पादन सम्बन्ध र समाजको चरित्रको निर्धारण

समाजवादी उत्पादन सम्बन्धले समाजवादी समाजको चरित्र पनि अत्यन्त विकसित, सभ्य र मानिसमाथि मानिसबाट हुने शोषणको अन्त्य भएको हुनेछ । समाजवादी समाजको समाजवादी अवधिभरको ऐतिहासिक कार्यभार बुर्जुवा वर्गमा सम्पूर्ण क्षेत्रमा, विकासका सबै चरणहरूमा सर्वहारा अधिनायकत्व लागू गर्नु हुनेछ । बुर्जुवा वर्गलाई पूर्ण रूपमा पराजित गर्नु हुनेछ । सर्वहारा वर्गको समाजवादी कालभर पूरा गर्नुपर्ने ऐतिहासिक कार्यभार वर्गसङ्घर्षको अत्यन्त जटिल, गहन र घनीभूत हुनेछ जसमा समाजवादले साम्यवादी चरणमा प्रवेश गर्नका लागि सामान्यतया सम्पूर्ण वर्ग र वर्गविभाजनको अन्त्य गर्नु पर्नेछ । त्यसमा आधारित सम्पूर्ण उत्पादन सम्बन्धको अन्त्य गर्नु पर्नेछ । त्यो सामाजिक सम्बन्ध जो त्यो उत्पादन सम्बन्धसँग एकाकार भएको हुनेछ त्यसको अन्त्य गर्नु हुनेछ । यी सामाजिक सम्बन्धबाट पैदा भएका सबै विचारहरूलाई क्रान्तीकृत गर्नु पर्नेछ र समाजवादी समाजलाई उच्च स्तरको समाजवादमा बदल्दै कम्युनिस्ट समाजमा लैजान काम गर्नु पर्नेछ । समाजवादी देशमा गरिने यसप्रकारको निरन्तर क्रान्तीकरणको प्रक्रियाले विश्वभरका जनतामा क्रान्तिकारी प्र्रभाव पार्दै जानेछ र विश्वभरका देशहरूमा समाजवादी क्रान्ति पूरा हुँदै जानेछन् । जब विश्वभरका देशहरूमा क्रान्ति सम्पन्न हुनेछन् र ठूलो जनसङ्ख्या, भौगोलिक विशालता तथा पुँजीवादको विकास भएका देशहरूमा हुने समाजवादी क्रान्तिले साम्यवादमा धेरै छिटो लैजानका लागि मद्दत गर्नसक्छ । तसर्थ ‘माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा (अहिलेको माओवाद) ले विकास गरेको समाजवादी राजनीतिक अर्थशास्त्रको सिद्धान्तले वैज्ञानिक तरिकाले यसको निर्धारण गर्ने गतिको नियमको र समाजवादी उत्पादन सम्बन्धको विकासको विश्लेषण गरेको हुन्छ । यसले कम्युनिस्ट समाजमा जानका लागि समाजवादी समाजको विकासको ऐतिहासिक आवश्यकताको उजागर गर्छ ।’ यसप्रकारको समाजको स्वरूप कुन कुराले निर्धारण गर्छ ? फेरि पनि मानिसको विकासको निर्धारण गर्ने मुख्य कुरा भनेको उत्पादक शक्तिको विकास हो । समाजवादी उत्पादनपद्धति बृहत्, तीव्र, उत्तम र बढी आर्थिक परिणाम पैदा गर्ने हुन्छ । समाजवादी उत्पादनपद्धतिको प्रकृति, उद्देश्य र लक्ष्य यो बृहत्पन, तीव्रता, उच्चता र आर्थिक परिणाम पैदा गर्नु हो । समाजवादी उत्पादन सम्बन्ध स्थापना गर्नु भनेको उत्पादनपद्धतिमा आधारभूत परिवर्तन गर्नु हो । पहिलो कुरा उत्पादनका साधनहरू उत्पादक शक्तिको हातमा ल्याउनु हो जसबाट उत्पादक शक्ति मानिसको आवश्यकता पूरा गर्ने वस्तु उत्पादन गर्न पूर्ण रूपले स्वतन्त्र र सक्षम हुन पुग्छ । पुँजीवादले बाँधेका उत्पादक शक्तिका हातहरू पूर्ण रूपले स्वतन्त्र हुन पुग्छन् । तसर्थ ‘समाजवादी उत्पादन सम्बन्धको विकासको नियमले जे नियमहरू अपनाउँछ ती पुँजीवादी उत्पादनका नियमहरूभन्दा फरक हुन्छन् । केबल सही प्रकारले यी नियमहरूलाई बुझेर प्रयोग गर्दा मात्र समाजवादी उत्पादनपद्धति बृहत्, तीव्र, बेहत्तर र अत्यधिक आर्थिक परिणाम दिने हुनसक्छ ।’

लेखक : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

पुँजीवादी उत्पादनपद्धतिमा वस्तुको मूल्य प्रमुख हुन्छ । वस्तुको लागत, मुनाफा र बचत पहिलो सर्त हुन पुग्छ र मानिसको आवश्यकता पुँजीपतिको मुनाफाको बरदान हुन पुग्छ । तर समाजवादी उत्पादनपद्धतिमा मानिसको आवश्यकता पूर्ति गर्ने प्रश्न पहिलो हुन्छ । त्यसकारण समाजवादी श्रम उत्पादन सीधा सामाजिक उत्पादन र माल उत्पादन हुने गर्छ किनभने वस्तुगत सम्पत्तिको उत्पादन मानवसमाजको जीवन चलाउन र विकास गर्नका लागि आवश्यक सर्त हो । विभिन्न सामाजिक र आर्थिक व्यवस्थाभित्र सामाजिक उत्पादनले विभिन्न चरित्र ग्रहण गर्ने हुन्छ । तसर्थ समाजवादी उत्पादन व्यवस्थामा मानिसको आवश्यकता पूरा गर्ने योजना प्रधान हुन्छ र मूल्य गौण हुन पुग्छ ।

समाजवादी उत्पादन पनि केही हदसम्म सीधा सामाजिक उपभोगका लागि उत्पादन र बजारका लागि आवश्यक पर्ने माल उत्पादन दुवै हुने गर्छ । बजारका लागि माल उत्पादन गर्ने प्रक्रियाले उत्पादन सम्बन्धमा पूरै परिवर्तन गरिए पनि मानिस र समाजको आवश्यकता पूरा गर्न केही हदसम्म पुँजीवादी उत्पादनपद्धति उपयोग गरिएको हुन्छ । यो प्रक्रियालाई मिश्रित आर्थिक प्रणाली भनियो । जहाँसम्म माल (बजारका लागि सामान) उत्पादन गर्ने कुराको प्रश्न छ, त्यसका काम गर्ने आफ्नै नियमहरू छन् । ‘जहिले पनि माल र माल उत्पादन प्रक्रिया रहन्छ, त्यहाँ मूल्यको नियम पनि रहिरहन्छ । त्यसकारण राष्ट्रिय अर्थतन्त्रको योजनाबद्ध विकास र मालको मूल्यको नियम समाजवादी उत्पादनमा पनि लागू भइरहेको हुन्छ ।’ वस्तुको मूल्य नियमको सार यसप्रकार रहेको हुन्छ : पहिलो, वस्तुको मूल्य उत्पादन गर्दाको समयमा त्यसमा लाग्ने सामाजिक रूपमा चुक्ता गरिएको श्रमिक समयले निर्धारण गरिएको हुन्छ । दोस्रो, वस्तुको विनिमय समान मूल्यका आधारमा भएको हुनुपर्छ ।

यो वस्तुको मूल्यको नियमले बुर्जुवा अधिकारलाई पछ्याइरहेको हुन्छ जसको कारण समाजवादी अर्थव्यवस्था बुर्जुवा अर्थव्यवस्थाभन्दा धेरै फरक हुँदैन । तर समाजवादी उत्पादन सम्बन्ध निरन्तर परिवर्तनशील हुने र समाजवादबाट साम्यवादतिर जाने सङ्क्रमणात्मक व्यवस्था भएका कारण समाजवादी उत्पादन सम्बन्धभित्र देखिने बुर्जुवा प्रणाली बिस्तारै हराउँदै र अनावश्यक बन्दै जाने हुनेछन् ।

पुँजीवादी व्यवस्थामा उत्पादन प्रतिस्पर्धात्मक र अराजक प्रकारको हुने गर्छ । पुँजीवादी अर्थप्रणालीमा माग र आपूर्तिको सम्बन्धले वस्तुको मूल्यमा तरलता पैदा भइरहेको हुन्छ जसको कारण एउटै सामानको मूल्य कहिले बढ्ने हुन्छ र कहिले घट्ने हुन्छ । जतिबेला वस्तुको मूल्यमा उत्पादक मूल्यभन्दा बढी हुन्छ त्यसले निश्चित रूपमा औसत मुनाफाभन्दा अरू वृद्धि गराउँछ । जब पुँजीपति वर्गले अब मुनाफा हुने भयो भनेर देख्छ उसले लगानी पनि त्यहीँ खन्याउँछ । यसरी एक क्षेत्रमा लगानी थुप्र्याउँदा अर्को क्षेत्रको लगानी झिकिँदै जान्छ र त्यसले पूरै कम्पनीहरू नै एक ठाउँबाट अर्को ठाउँमा सार्ने स्थिति बन्छ । पुँजीवादी उत्पादन सम्बन्ध यसरी लूटमा आधारित हुने गर्छ । त्यही कारण हो– सस्तो मजदुरी र मुफ्त कच्चा पदार्थका कारण अमेरिकी कम्पनीहरूले अमेरिकामा गरिने लगानी मध्यपूर्व र पूर्वीएसियामा बढाएका छन् । यसले अमेरिकी मजदुरहरूमा एकातिर रोजगारीको अभाव उत्पन्न गरेको छ भने अर्कोतिर अविकसित देशका जनताको श्रमलाई सस्तो श्रमका रूपमा लुटपाट गरिएको छ । उत्पादनको यसप्रकारको अराजकता पुँजीवादी उत्पादनमा समावेश हुने गरेको छ । यो अराजकता कति अनियन्त्रित हुन पुग्छ भने त्यसमा उत्पादक शक्तिको आवश्यकता, कुनै देशको आवश्यकता वा कुनै मजदुरको भविष्यप्रति कुनै जिम्मेवारी बहन गरिँदैन ।

समाजवादी व्यवस्थामा सामाजिक उत्पादन योजनाबद्ध तरिकाले गरिन्छ । वस्तुको मूल्य सामाजिक मूल्यमा आधारित गरिएको हुन्छ र यसको निर्धारण सामूहिक प्रकारले गरिएको हुन्छ जसको कारण माग र आपूर्तिको सम्बन्धको कारणले मूल्यमा घटबढ हुनु पर्दैन । पुँजीवादी उत्पादन सम्बन्धमा जस्तो मूल्यको सिद्धान्त मानिसलाई परिचालन गर्ने बाह्य शक्ति रहँदैन । मानिसबाट यो प्रक्रियालाई समाजवादको निर्माण गर्नका लागि सचेतपूर्ण तरिकाले परिचालन गरिएको हुन्छ । त्यस्तैगरी वस्तुको मूल्यमा आउने उतारचढाव सामाजिक उत्पादनमा पर्न नदिनका लागि प्रचुर विधिहरूको विकास गरिएको हुन्छ । यो हो सर्वहारा अधिनायकत्व भनेको ।

उत्पादनलाई मुनाफाको आकारअनुसार बजारमा हुने उतारचढाव हुन नदिने अवस्था बनाइन्छ । उत्पादनलाई वस्तुको मूल्यका आधारमा निर्धारण गरिएको हुँदैन । त्यसलाई जनता र राष्ट्रको आवश्यकताअनुसार राष्ट्रिय अर्थनीतिका आधारमा योजनाबद्ध अर्थ–नियमअनुसार निर्देशित गरिएको हुन्छ जसअनुसार समाजवादी अर्थप्रणालीमा राष्ट्र र जनताको निरन्तर वृद्धि हुने आवश्यकता र चाहनालाई पूरा गर्ने हुन्छ ।

वस्तुको मूल्यमा आउने उतारचढावलाई सामाजिक उत्पादनमा पर्न नदिनका लागि समाजवादी उत्पादनप्रणालीमा पहिलो : उत्पादनलाई मुनाफाको आकारअनुसार बजारमा हुने उतारचढाव हुन नदिने अवस्था बनाइन्छ । उत्पादनलाई वस्तुको मूल्यका आधारमा निर्धारण गरिएको हुँदैन । त्यसलाई जनता र राष्ट्रको आवश्यकताअनुसार राष्ट्रिय अर्थनीतिका आधारमा योजनाबद्ध अर्थ–नियमअनुसार निर्देशित गरिएको हुन्छ जसअनुसार समाजवादी अर्थप्रणालीमा राष्ट्र र जनताको निरन्तर वृद्धि हुने आवश्यकता र चाहनालाई पूरा गर्ने हुन्छ । समाजवादी उत्पादनपद्धतिमा उत्पादनको आवश्यकता कुन क्षेत्रमा रहेको छ, कति आवश्यक परेको छ र समाजको विकास गर्नका लागि के गर्नु आवश्यक छ भन्ने निक्र्योल गरेर गरिन्छ । यसप्रकारका उद्योगहरूले तत्काल मुनाफा कति हुन्छ वा लागत कति लाग्छ र त्यो लागतको नतिजा तत्काल मुनाफामा बदलिने कुरालाई हेरेर होइन, जनताको आवश्यकता र राष्ट्रको आवश्यकतालाई हेरेर दीर्घकालिक सामाजिक फाइदालाई हेरेर गरिन्छ । यसप्रकारको उत्पादनमा आउने तत्कालको घाटालाई योजनाबद्ध मुआब्जाको माध्यमबाट आपूर्ति गरिन्छ । यसप्रकारको उत्पादनप्रणालीलाई कुनै व्यवसायीले उल्लङ्घन गर्यो भने र सामाजिक उत्पादनलाई कम्पनीको मुनाफाका लागि आफ्नै प्रकारले उत्पादनमा लगाउने काम गर्यो भने त्यसले समाजवादी उत्पादनपद्धतिको अवज्ञा गरेको हुन्छ र ऊ पुँजीवादी उत्पादनको बाटोमा लागेको हुन्छ ।

दोस्रो, समाजवादी उत्पादनपद्धतिमा ग्रामीण सामुदायिक व्यवसायमा सहरको जस्तै केन्द्रीय योजनाअनुसार नै उत्पादन गरिन्छ । ग्रामीण इन्टरप्राइजहरू सस्तो उत्पादन र बढी मुनाफाका लागि परिचालित हुन्छन् । समग्रमा समाजवादी उत्पादन सम्बन्धमा योजनाबद्ध उत्पादनप्रणाली प्रमुख विषय हुन्छ भने मूल्यको विषय गौण विषय हुन्छ ।

समाजवादी सर्वजनिक उत्पादनपद्धतिमा वस्तुको मूल्यमा दुई प्रकारको प्रभाव पर्ने हुन्छ : एउटा प्रभाव हो– यसलाई सही तरिकाले प्रयोग गरियो भने यसले सक्रिय रूपमा उत्पादनमा वृद्धि गर्छ र अर्को, मालको उत्पादनको नियमअनुसार अन्ततः यो पिडिएको पुँजीवादी उत्पादनपद्धतिको रहलपहलका रूपमा रहन्छ । किनकि जबसम्म मूल्यको नियमले काम गरेको हुन्छ त्यहाँसम्म बुर्जुवा अधिकार र बुर्जुवा नियमले काम गरिरहेको हुन्छ र त्यसले समाजवादी उत्पादनपद्धति र समाजवादी नियममा हानि पुर्याउन सक्छ । त्यसकारण समाजवादी उत्पादनपद्धति बुर्जुवा उत्पादनजस्तो अराजक, अनिश्चित र ग्याम्बलिङ गर्ने प्रकारको नभएर यो अत्यन्त योजनाबद्ध, होसियारी र राष्ट्र र जनताको हितमा परिचालित हुनुपर्छ । त्यसकारण समाजवादी समाजले सबै क्षेत्रमा घनीभूत अनुसन्धान, अध्ययन, अनुभवहरूको समीक्षा गर्नुपर्छ । यो प्रक्रियाले सामाजवादी उत्पादनप्रणाली प्रभावकारी भएर वृद्धि हुन्छ र नकारात्मक प्रभावहरू नियन्त्रण हुन पुग्छन् ।

कृषिप्रणाली पनि त्यही तरिकाले व्यवस्था गरिएको हुन्छ । कृषिप्रणालीलाई समाजवादी उत्पादन सम्बन्धले औद्योगिक पुँजीसँग जोडेको हुन्छ । कृषिको औद्योगिकीकरण, कृषिमा तीव्र विकास, जनताको दैनिक उपभोगका लागि आवश्यक उत्पादन पर्याप्त मात्रामा उत्पादन गर्नु समाजवादी कृषिप्रणालीको मुख्य निर्देशक नियम हुन्छ । त्यसकारण समाजवादी उत्पादनप्रणाली ठूला उद्योग, मझौला उद्योग, कृषिप्रणाली र साना उद्योगहरूको समानुपातिक सन्तुलनमा चलेको हुनुपर्छ । यसप्रकारको कृषिप्रणाली हुन सकेन भने त्यो सिङ्गो अर्थप्रणाली लङ्गडो प्रकारको हुन पुग्छ । समाजवादी अर्थप्रणाली विभिन्न क्षेत्रका व्यवसायहरूका बीचको अन्तरसम्बन्धमा आधारित रहेर चलेका हुन्छन् । ठूलो मात्रामा गरिने समाजवादी उत्पादनपद्धति उत्पादनका विभिन्न शाखाहरूको सामूहिक निर्भरतामा चलेको हुन्छ । कपडा कारखाना कपास खेतीसँग जोडिएको हुन्छ । धागो कात्ने, कपडा बुन्ने मेसिनसँग जोडिएको हुन्छ । त्यस्तै औषधि उद्योग जडीबुटी उत्पादनसँग जोडिएको हुन्छ र जडीबुटी खेतीसँग जोडिएको हुन्छ । औषधि उत्पादन औषधि बनाउने मेसिनहरू, जडीबुटी प्रशोधन गर्ने मेसिनहरू त्यसलाई व्यवस्थित र सुरक्षित राख्ने मेसिनहरूसँग जोडिएको हुन्छ । यी मेसिनहरू उत्पादन गर्ने प्रक्रिया फलाम खानीसँग जोडिएको हुन्छ र फलाम तथा स्टिल उद्योगसँग जोडिएको हुन्छ । फलाम तथा स्टिल उद्योगहरू ऊर्जासँग जोडिएको हुन्छ । ऊर्जा कोइला खानी तथा बिजुली उत्पादनसँग जोडिएको हुन्छ । मानिसको जीवनयापन गर्नका लागि आवश्यक पर्ने खाद्यान्न कृषिप्रणालीसँग जोडिएको हुन्छ । धान, गहुँ, मकै, कोदो, फापर, कागुनोजस्ता मानिसका लागि अत्यन्त आवश्यक पर्ने खेती गर्न भूगोलको बनोटअनुसारको औजार र यन्त्रप्रणालीहरू आवश्यक हुन्छ र ती यन्त्र र उपकरणहरूको उत्पादन फलाम उद्योग, स्टिल उद्योग र ऊर्जा भट्टीसँग सम्बन्धित रहेका हुन्छन् । यी सबै उद्योगहरू सञ्चलान गर्दा पर्यावरणको रक्षा, सन्तुलन र ‘इकोसिस्टम’ प्राकृतिक रूपमा चलिरहने अवस्था बनाइएको हुन्छ ।

समाजवादी बृहत् उत्पादन प्रणालीले यी सबै उद्योगहरू, उत्पादनदेखि पर्यावरण सन्तुलनको उत्पादनप्रणालीलाई अन्तरसम्बन्धित, अन्तरनिर्भरतामा सञ्चालित गरेको हुन्छ । यसप्रकारको उत्पादनप्रणाली नै माओ त्सेतुङले भन्नुभएको जस्तो आफ्नो खुट्टामा उभिने अर्थप्रणाली र दुई खुट्टामा उभिएको अर्थप्रणाली हो । पुँजीवादी अर्थप्रणालीको अराजकताले त्यसप्रकारको सन्तुलनको कुनै सरोकार राख्दैन । पुँजीवादी अर्थप्रणालीे खुला बजार अर्थप्रणालीमा आधारित हुन्छ । यसले माग र आपूर्तिको नियमलाई पछ्याइरहेको हुन्छ । मुनाफाका लागि पर्यावरणको विध्वंस गर्ने काम गर्छ ।

पहिलो कुरा कम्युनिस्ट आर्थिक दृष्टिकोण कस्तो हुनुपर्छ भन्ने विषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिवले पार्टीका तर्फबाट राजनीतिक कोणबाट आर्थिक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ, (हेुर्नहोस् ‘दस्तावेज सङ्ग्रह’ २०७६, केन्द्रीय प्रकाशन विभाग, नेकपा) त्यो नै सही दृष्टिकोण हो । समाजवादी व्यवस्था स्थापना गर्नका लागि सङ्घर्ष गर्ने कम्युनिस्ट पार्टीले सङ्घर्षको चरण र सङ्घर्षको सफलतापछि राज्यको आर्थिक परिचालन गर्ने चरण गरी राजनीतिक अर्थशास्त्रका बारेमा स्पष्ट हुनु आवश्यक हुन्छ । यही सन्दर्भमा कम्युनिस्ट दृष्टिकोण कस्तो हुनुपर्छ भन्ने विषयमा भनिएको छ, ‘कम्युनिस्ट अर्थ–दृष्टिकोणलाई सम्पूर्ण सत्ता प्राप्तिपछिको विषय बनाएर नेता र कार्यकर्ताहरूको अर्थजीवन अमूर्त, अपारदर्शी र समस्याग्रस्त बन्न दिनु हुँदैन ।’

वैज्ञानिक समाजवाद र समाजवादी आर्थिक नीति

वैज्ञानिक समाजवादी व्यवस्था स्थापना भैसकेपछि त्यसको आर्थिक नीति कस्तो होला र त्यो अर्थप्रणाली कसरी अगाडि बढ्ला भन्ने जिज्ञासा मानिसहरूमा पाइन्छ । यहाँ त्यसबारे केही सामान्य चर्चा मात्र गरिनेछ ।

पहिलो कुरा कम्युनिस्ट आर्थिक दृष्टिकोण कस्तो हुनुपर्छ भन्ने विषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिवले पार्टीका तर्फबाट राजनीतिक कोणबाट आर्थिक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ, (हेुर्नहोस् ‘दस्तावेज सङ्ग्रह’ २०७६, केन्द्रीय प्रकाशन विभाग, नेकपा) त्यो नै सही दृष्टिकोण हो । समाजवादी व्यवस्था स्थापना गर्नका लागि सङ्घर्ष गर्ने कम्युनिस्ट पार्टीले सङ्घर्षको चरण र सङ्घर्षको सफलतापछि राज्यको आर्थिक परिचालन गर्ने चरण गरी राजनीतिक अर्थशास्त्रका बारेमा स्पष्ट हुनु आवश्यक हुन्छ । यही सन्दर्भमा कम्युनिस्ट दृष्टिकोण कस्तो हुनुपर्छ भन्ने विषयमा भनिएको छ, ‘कम्युनिस्ट अर्थ–दृष्टिकोणलाई सम्पूर्ण सत्ता प्राप्तिपछिको विषय बनाएर नेता र कार्यकर्ताहरूको अर्थजीवन अमूर्त, अपारदर्शी र समस्याग्रस्त बन्न दिनु हुँदैन ।’ नेपालका मात्र होइन, विश्वका कुनै पनि देशहरूमा समाजवादका लागि सङ्घर्षरत कम्युनिस्ट पार्टीहरूमा नेताहरूको जीवन देशको वस्तुगत अवस्था र सङ्घर्षको चाप दुवै परिस्थितिका कारण सुरुमा अभावग्रस्त हुने गर्छ र पछि त्यो पार्टी र नेताहरू सत्तामा पुगेपछि वा पूर्ण रूपले क्रान्ति सम्पन्न हुन नसके पनि सङ्घर्षरत कम्युनिस्ट नामका नेताहरू पुरानो सत्ताको सरकारमा प्रवेश गरेपछि उनीहरूको आर्थिक जीवन अमूर्त र अपारदर्शी हुने गरेको पाइन्छ । वाल्कन देशहरूको समाजवादी आन्दोलनमा खासगरी रुमानियाका कम्युनिस्ट नेता निकोलाई चाउचेस्कुको चरित्र विश्वभर नकारात्मक रूपमा लिइन्छ । उनको जीवन सुरुमा अपारदर्शी र अमूर्त प्रकारको रह्यो । पछि विश्वकै सबैभन्दा भ्रष्ट र देशका सबैभन्दा धनाढ्यमा पर्ने अवस्था बन्यो । नेपालमा पनि कम्युनिस्ट आन्दोलनमा त्यही प्रकारको व्यवहार भएको पाइन्छ । आन्दोलनको अवधिमा कम्युनिस्ट कार्यकर्ताहरू र नेताहरू समाजको आर्थिक जीवनका कारण अभावग्रस्त जीवन जिउन बाध्य हुने गरेका छन् । तर जब उनीहरू सरकारमा पुग्छन् तब उनीहरूको जीवन पाखण्डपूर्ण तरिकाले धनाढ्य वर्गमा परिणत भएको देखिन्छ । इतिहासको यो नकारात्मक परिच्छेदबाट अलग रहन कम्युनिस्टले सुरुदेखि नै सचेत रहनुपर्छ । उक्त दृष्टिकोणमा विश्लेषण गरिएको छ, ‘कम्युनिस्ट पार्टी स्वयम् आर्थिक कार्यको संस्था पनि भएकाले यसले आफ्नो आर्थिक कार्यलाई हरदम संस्थागत, पारदर्शी, योजनाबद्ध र सुव्यवस्थित गर्नुपर्दछ ।’

उत्तरसाम्राज्यवादले पुँजीवादलाई पुरानो र नयाँ उत्पादन सम्बन्धको समन्वयवादी अवस्थामा राखेको पाइन्छ । पछिल्लो अवस्थामा पुँजीवादी उत्पादन सम्बन्धमा रूपान्तरित भएका र साम्राज्यवादी पुँजीको चरित्र बनाइसकेका देशहरूमा पुरानो सामन्ती र अझ कतिपय देशहरू र तिनका कतिपय भागहरूमा दासयुगीन उत्पादन सम्बन्ध कायम रहेको पाइन्छ । यसप्रकारको उत्पादन सम्बन्ध भारत, थाइल्यान्डलगायत देशहरूमा पाइन्छ । पुँजीवादको विकास हुँदै साम्राज्यवादी पुँजीमा रूपान्तरित भएका देशहरू भारतमा सामन्तवादी भूमिप्रणाली र थाइल्यान्डमा दासयुगीन वेश्यावृत्ति त्यसका उदाहरणहरू हुन् । नेपालमा पनि यी देशहरूको उत्पादन सम्बन्ध, सामाजिक सम्बन्ध र संस्कृतिको प्रभाव जबर्जस्ती रूपमा नपर्ने कुरा भएन र आर्थिक उपार्जनको उपायका रूपमा अपनाइने उत्पादन सम्बन्धले सबै देशहरूमा एक–एक गरी प्रभाव विस्तार गरेको हुन्छ । त्यसकारण कम्युनिस्ट सिद्धान्तको अर्थप्रणालीमा कम्युनिस्टको दायित्व र अर्थ–राजनीतिक काम ‘उत्पादन सम्बन्धमा कायम रहेको पुँजीवादी स्वामित्वलाई सर्वहारावर्गीय शक्तिको प्रयोगद्वारा नियन्त्रणमा लिनु, अर्थसम्बन्धमा रहेको पुँजीवादी स्वामित्वलाई अन्त्य गर्नु, समाजका हरेक नागरिकका लागि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सूचना सुनिश्चित गर्नु, अर्थसम्बन्धमाथि सामाजिक स्वामित्व कायम गर्नु, निजी स्वामित्वलाई राज्य नियन्त्रित स्वामित्व हुँदै सामूहिक स्वामित्व कायम गर्नु, निजी स्वामित्वको अन्त्य गर्नु र सार्वजनिक अर्थसम्बन्धको विकास गर्नु, मुठ्ठीभर व्यक्तिको समृद्धिको ठाउँमा हरेक नागरिकको समृद्धिको विकास गर्नु, वर्गविभाजित मानवविश्वलाई वर्गविहीन मानवविश्वमा रूपान्तरण गर्नु, ज्ञानविज्ञानले समृद्ध विश्वसाम्यवादको निर्माण गर्नु’ भनिएको छ । निजी सम्पत्तिले जसरी मानिसको जीवनमाथि व्यापार गर्ने दासयुग र सामन्तवादी युगको शृङ्खला पुँजीवादी युगले अपनायो त्यसको समूल अन्त्य गर्नु कम्युनिस्ट अर्थराजनीतिको प्रमुख काम हो ।

कम्युनिस्टहरू पुँजीवादी उत्पादन सम्बन्धका विरुद्ध सङ्घर्ष गर्दासम्म ठीक हुने, आर्थिक, राजनीतिक, सांस्कृतिक क्षेत्रको निरन्तर रूपान्तरण र परिवर्तनको विषयलाई उठाउने तर सरकारमा गैसकेपछि सामान्य आर्थिक सुधारवादी नीतिभन्दा धेरै पर त्यसको विपरीत पुँजीवादी लुटेरासरह भ्रष्ट हुने र समाजवाद स्थापना भैसकेका मुलुकहरूमा पनि पुँजीवादी चरित्र देखापर्ने समस्याबारे कम्युनिस्टको गहिरो अनुसन्धान हुनु आवश्यक छ । त्यसप्रकारको समस्या मूलतः राजनीतिक आदर्श काल्पनिक रूपमा कम्युनिस्ट सिद्धान्त अपनाए पनि वास्तविक व्यवहार पुँजीवादी अपनाएको तथा परम्परागत मान्यताहरू छाड्न नसक्नुको कारण देखापर्छ । त्यसो हुनुको मुख्य कारण व्यवहारमा उत्पादनपद्धतिमा कम्युनिस्टहरूले भाग लिने परम्परा विकास हुन नसक्नु हो । कम्युनिस्ट दृष्टिकोणमा औँल्याइएको छ, ‘काल्पनिक आदर्शवादले विचार र आवश्यकताको अन्तरसम्बन्धलाई ठीक ढङ्गले समाधान गर्न सक्दैन र द्वैतअर्थी जीवन भोग्ने पाखण्डीमा परिणत गरिदिन्छ । अर्थवादी व्यवहारवादले सिद्धान्त र आदर्शलाई उपभोगवादको दलदलमा डुबाइदिएर वैज्ञानिक मान्यताहरूप्रति नै भयानक द्विविधा र अविश्वास खडा गरिदिन्छ । हामीले यी दुवै विचलनबाट बच्दै सिद्धान्त र व्यवहार, आदर्श र जीवनको द्वन्द्वात्मक एवम् जीवन्त प्रयोगलाई आत्मसात गर्नु पर्दछ ।’ कम्युनिस्ट कसरी पुँजीवादबाट अलग हुन्छ ? त्यसको खास विशेषतामा सिद्धान्त कम्युनिस्ट र व्यवहार आर्थिक उन्नति, सामाजिक रूपान्तरण, निरन्तर क्रान्तिमा आधारित रहेको हुनुपर्छ ।

नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनको दस्ताबेजमा कम्युनिस्ट अर्थनीतिसम्बन्धी विगतका बुझाइहरूभन्दा एक कदम अघि बढ्दै माक्र्सले विश्लेषण गरेको कम्युनिस्ट नीतिअनुसार ‘समाजवादमा क्षमताअनुसारको काम र कामअनुसारको दाम’ र ‘साम्यवादमा क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम’ हुने व्यवस्था र समाजवादी कालमा पार्टीका नेताका हकमा एकप्रकारको अर्थनीति र कार्यकर्ता तथा जनताको हकमा अर्को अथवा भिन्न प्रकारको अर्थनीति हुनु आवश्यक हुने स्पष्ट गरिएको छ जसअनुसार समाजवादी कालमा जनता तथा कार्यकर्ताका हकमा क्षमताअनुसारको काम र कामअनुसारको दामको व्यवस्था हुने भनिएको छ र पार्टीका नेताहरूका हकमा समाजवादी अर्थप्रणाली लागू हुनुपर्ने भनिएको छ जसअनुसार क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम पार्टीका नेताहरूमा लागू हुनुपर्छ । यो प्रक्रिया त्यतिबेला सम्भव हुनसक्छ जब नेताहरूले समेत उत्पादनमा भाग लिने अवस्था राज्यबाट सुनिश्चित गरिएको हुन्छ । ‘कम्युनिस्ट पार्टीले पुरानो उत्पादन सम्बन्ध र स्वामित्वको अन्त्य गर्ने सङ्घर्षसँगसँगै नयाँ समाजवादी—साम्यवादी अर्थसम्बन्धको निर्माण र विकास पनि गर्दै जाने पहल गर्नुपर्छ । यसले पुरानोको ध्वंश मात्र होइन, नयाँको निर्माण पनि गर्दै लैजान्छ ।’ समाजवादी काल पनि पुरानोको अन्त्यका लागि सङ्घर्ष गर्ने सङ्क्रमणात्मक काल भएकाले पुँजीवादी स्वामित्वको अन्त्य र समाजवादी सामूहिक स्वामित्व निर्माण गर्न समाजवादी कालमा पनि आवश्यक भैरहन्छ । त्यो अवस्थामा ‘कम्युनिस्ट पार्टी र कम्युनिस्ट समाजको व्यावहारिक नेतृत्व र अभ्यास कम्युनिस्ट नेतृत्वले नै गर्नु पर्दछ । नेताहरूको जीवन पारदर्शी, संस्थागत, सरल, सुसंस्कृत र सभ्य हुन्छ र हुनु पर्दछ ।’

कार्यकर्ताको आर्थिक जीवन निजी स्वामित्वबाट क्रमशः सामूहिक स्वामित्वतर्फ अग्रसर भएको हुनुपर्छ । यसलाई क्षमताअनुसारको काम र काम एवम् आवश्यकताअनुसारको दामप्रणाली भन्न सकिन्छ ।’ पुँजीवादी उत्पादन सम्बन्धमा श्रमिकहरूले काम गर्ने र नोकरशाह श्रमिक वर्गको श्रममा लूट मच्चाउने हुन्छ । उनीहरूको प्रशासनिक काम आवश्यकताभन्दा बढी लूटमा, दलालीमा आधारित रहेको हुन्छ । यसप्रकारको लूट र दलालीको प्रभाव कम्युनिस्ट पार्टीभित्र पनि परेको हुन्छ ।

कम्युनिस्ट आन्दोलन चलिरहेको अहिलेको अवस्थामा पनि कम्युनिस्ट नेता तथा कार्यकर्ताहरूमा आर्थिक अपारदर्शिताको समस्या जटिल बनेको हुन्छ । यसप्रकारको समस्या त्यति बेला बढी पैदा हुन्छ जति बेला पार्टीको केही हिस्सा काम गर्ने र केही हिस्साले मागेर जीविका गर्ने अवस्था आउँछ । त्यो समस्याका विषयमा आर्थिक दृष्टिकोणमा भनिएको छ, ‘अर्थ उत्पादनबिनाको अर्थ वितरण जहिले पनि असमान र विभेदकारी हुन्छ । उत्पादनमा सहभागी नभएर माग गरिने समान वितरण र उपभोग असम्भव छ । यसले कम्युनिस्ट दृष्टिकोणलाई होइन, परजीवी दृष्टिकोणलाई अभिव्यक्त गर्दछ । हरेक कम्युनिस्ट कार्यकर्ता कुनै न कुनै स्तर र विशेषताको अर्थ उत्पादनकार्यमा सहभागी बन्नुपर्छ । उनीहरूको उत्पादनकार्य सामूहिक हुनुपर्छ साथै उत्पादनमा संस्थागत स्वामित्व हुनुपर्छ । तर कार्यकर्ताको वितरणप्रणाली कम्युनिस्ट नेतृत्वको भन्दा केही लचिलो अर्थात् अर्धसामाजिक चरित्रको हुनुपर्दछ । कार्यकर्ताको आर्थिक जीवन निजी स्वामित्वबाट क्रमशः सामूहिक स्वामित्वतर्फ अग्रसर भएको हुनुपर्छ । यसलाई क्षमताअनुसारको काम र काम एवम् आवश्यकताअनुसारको दामप्रणाली भन्न सकिन्छ ।’ पुँजीवादी उत्पादन सम्बन्धमा श्रमिकहरूले काम गर्ने र नोकरशाह श्रमिक वर्गको श्रममा लूट मच्चाउने हुन्छ । उनीहरूको प्रशासनिक काम आवश्यकताभन्दा बढी लूटमा, दलालीमा आधारित रहेको हुन्छ । यसप्रकारको लूट र दलालीको प्रभाव कम्युनिस्ट पार्टीभित्र पनि परेको हुन्छ । त्यो प्रभावअनुसार हुने उत्पादन र वितरण न्यायोचित, संस्थागत र समाजको उन्नति गर्ने प्रकारको हुँदैन । त्यो स्थितिमा ‘कुनै पनि उत्पादनकार्यमा सहभागी नबनेर आर्थिक आवश्यकता र वितरणमा मात्र जोड दिनु भनेको संस्थागत पुँजीको असमान वितरण गर्नु वा संस्थागत उत्पादनको शोषण हुन पुग्छ । उत्पादक श्रमबिनाको पुँजी वितरण एक प्रकारले राजकीय नोकरशाही पुँजीको शोषणकै नयाँ रूप मात्र हुनपुग्छ ।’ उत्पादनबिनाको वितरणको माग कम्युनिस्ट आन्दोलनमा र सरकार बनिसकेपछि पनि पुरानो सत्तामा चलेको नोकरशाही पुँजीको निरन्तरताबाहेक केही हँदैन ।

समाजवादी व्यवस्थामा पुँजीवादसँगको सम्बन्ध कस्तो प्रकारको रहनुपर्छ र हुने गर्छ भन्ने विषयमा पनि एउटा बहस हुनु आवश्यक हुन्छ । वर्गविभाजन गर्ने उत्पादन सम्बन्ध भएको पुँजीवादी अर्थप्रणालीसँग समाजवादको प्रतिस्पर्धा चरित्र, गुण र क्षमतामा भिन्न प्रकारको हुनुपर्छ । पुँजीवादसँगको प्रतिस्पर्धा पुँजीवादी देशहरूले नै गर्दै आएका छन् र उनीहरू आपसमा त्यसको व्यवस्थापन गरिरहेका हुन्छन् तर समाजवाद र साम्यवाद भनेको पुँजीवादभन्दा हजाराैँ र लाखौँ गुणा उन्नत समाज भएका कारण यसले पुँजीवादसँगको प्रतिस्पर्धा होइन, पुँजीवादको अन्त्यका लागि सङ्घर्ष गर्ने राजनीतिक, आर्थिक एवम् सामाजिक नीति हुनुपर्छ । ‘हामी कम्युनिस्टले वर्गविभाजित समाजको अर्थसम्बन्ध ध्वस्त पार्ने र वैज्ञानिक समाजवादी अर्थसम्बन्ध निर्माण गर्ने विचार मात्र पकडेर हुँदैन अपितु वैज्ञानिक समाजवाद— साम्यवादभित्र नागरिकहरूको निजी एवम् सामाजिक जीवन अतुलनीय रूपले उन्नत र समृद्ध हुन्छ भन्ने पनि साबित गर्नु पर्नेछ ।’ विगतको सोभियत सङ्घमा अर्थराजनीतिमा देखिएका तमाम समस्याहरूसँगै मुख्य समस्या पार्टीका नेताहरू, सरकारका पदाधिकारीहरू र सरकारी कर्मचारीहरूको आर्थिक प्रणाली व्यवस्थित गर्ने राजनीतिक एवम् वैचारिक प्रस्टता नहुनुमा देखापर्छ । कम्युनिस्टहरूको आर्थिक प्रणाली कम्युनिस्ट व्यवस्थाअनुसार सामूहिक प्रणालीमा हुनुपर्नेमा पुँजीवादी व्यवस्थाअनुरूप निजी प्रणालीमा हुने समस्या देखापरे । सत्तासीन नेताहरूको निजी सचिवालय, निजी व्यवस्थापन, निजी कार्यालय र कार्यक्षेत्र निश्चित रूपमा हुन्छ तर त्यसप्रकारको निजीपन सामूहिकताभित्र, सामूहिक पद्धतिको दायराभित्र हुनुपर्छ भन्ने मान्यताविपरीत जाने गरेको पाइन्छ । त्यसले निजी कार्यक्षेत्र र दायरालाई निजी सम्पत्तिमा रूपान्तरण गर्ने र निजी सम्पत्तिका रूपमा कानुनी व्यवस्था गर्ने प्रक्रियाले अन्ततः समाजवाद पुँजीवादमा फर्कने खतरा पैदा भैरहेको देखियो । ‘कम्युनिस्ट नेताहरूको अर्थजीवन निजी स्वामित्वमा आधारित नभएर सामूहिक स्वामित्वमा परिचालित हुनुपर्छ तर नेताहरूको निजी स्वामित्व र निजी आवश्यकतालाई फरक अर्थमा देख्न नसक्नु वा समान अर्थमा बुझ्नुले कम्युनिस्ट आन्दोलन र समाजवादमा ठूलो समस्या पैदा गर्न सघाएको छ ।’ यसप्रकारको समस्या समाधान गर्न निजी सम्पत्तिको सम्पूर्ण रूपले अन्त्य, सामूहिक सम्पत्तिमा वृद्धि, सामूहिक उत्पादनबाट जम्मा भएको राष्ट्रिय आमदानीमा सामूहिक वितरण हुने गरी काम र दामको वितरणले मात्र वैज्ञानिक तरिकाले गर्न सक्छ ।

माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओले दिएको शिक्षा र गरेको मार्गनिर्देशन हो कम्युनिस्ट अन्तर्राष्ट्रिय जाति हो र यसको कुनै देश हुँदैन, विश्व–कम्युनिस्टको हो । पुँजीवादीहरू अन्धराष्ट्रवादी हुन्छन् । उनीहरू आफ्नो देशको सिमानाको कुरा गर्छन् र सक्नेले अरूको देश हडप्ने र आफ्नो देशको विस्तार गर्ने गर्छन् । कम्युनिस्टले अन्तर्राष्ट्रियतावादी हुनुको नाताले कसरी अन्तर्राष्ट्रियतावाद लागू गर्ने ? यसबारे गम्भीर बहसको आवश्यक परेको छ ।

अन्तर्राष्ट्रियतावादका दृष्टिले हेर्ने हो भने समाजवादी मुलुकहरू पनि पुँजीवादी मुलुकभन्दा फरक देखिएनन् । रुसमा क्रान्तिकारी आन्दोलन चलिरहेको अवस्थामा आफ्नो देशमा क्रान्ति सम्पन्न गर्ने र त्यही क्रान्तिका लागि आर्थिक, नैतिक, भौतिक र सम्पूर्ण रूपले सहयोग गर्नु अन्तर्राष्ट्रियतावाद हो भन्ने नियम लेनिनले तय गर्नुभयो । त्यही आधारमा कम्युनिस्टहरूले अन्तर्राष्ट्रिय भाइचाराको सम्बन्ध, समाजवादी सत्तालाई विश्व– समाजवादी आन्दोलनको आधार क्षेत्र र समाजवादी सत्तालाई विश्व–कम्युनिस्ट आन्दोलनको आधार इलाका भन्ने गरिन्छ तर समाजवादी मुलुकको यसमा कस्तो नीति अपनाउने भन्ने विषय अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा बहस हुनु आवश्यक छ ।

समाजवादी समाजको अन्तर्राष्ट्रिय नीति स्पष्ट गर्न र वास्तविक रूपमा कुनै पनि समाजवादी सत्तालाई विश्वक्रान्तिको आधारक्षेत्रका रूपमा विकास गर्ने कार्यभार पूरा गर्न यसप्रकारको बहस अहिले आवश्यक भएको छ । हामीले इतिहासमा देखेका छौँ, कुनै खास देशको समाजवादी समाज त्यो देशका जनताका लागि समाजवादी भए पनि अन्य देशका जनताका लागि पुँजीवादी समाजभन्दा फरक देखापर्दैनन् । यसमा समाजवादी रुस र समाजवादी चीनको अन्तर्राष्ट्रियतावादी नीति नै प्रमुख भएर आउने हुन्छ । रुस र चीनमा समाजवादी सत्ता स्थापना भैसकेपछि त्यहाँको समाजवादी सरकारले देशको नीतिलाई विश्वका जनताका लागि पनि समाजवादी नीतिअनुसारको व्यवहार गर्ने हुनुपथ्र्यो र समाजवादी सत्तालाई वास्तविक रूपमा विश्वसाम्यवादको आधारका रूपमा विकास गर्नुपथ्र्यो । ती देशहरूमा प्रवेश गर्न बाहिरका जनताका लागि प्रवेश– आज्ञा अथवा भिसा आवश्यक पर्ने, ती देशहरूमा काम गर्न र राजनीतिक सङ्गठन गर्न नपाइने, ती देशहरूमा त्यहाँका जनताले सरह बसोबास, उपचार, शिक्षा प्राप्त गर्न नपाइने, ती देशहरूमा सैन्य तालिम तथा वैज्ञानिक अन्वेषण गर्न नपाउने र त्यसलाई समाजवादी नियन्त्रण पुँजीवादी नियन्त्रणसरह हुने अवस्थाले पुँजीवाद र साम्राज्यवादका विरुद्ध गरिने सङ्घर्ष अन्तर्राष्ट्रियतावादको स्तरमा प्रभावकारी भएको देखिँदैन । यद्यपि यो काम आर्थिक एवम् सैन्य रूपमा विकसित साम्राज्यवादका विरुद्ध जटिल सङ्घर्ष गर्नुपर्ने अवस्थाका लागि असामान्य हुनसक्छ तर क्रान्तिकारी सत्ताको नीति निश्चित रूपले क्रान्तिकारी र अन्तर्राष्ट्रियतावादी हुनु आवश्यक हुन्छ ।

लेनिनले स्पष्ट गर्नुभएको छ– कि त संसारका सबै मानिसहरू एकैपटक साम्यवादमा पुग्नेछन् वा कोही पनि त्यहाँ पुग्ने छैनन् । यसको तात्पर्य के हो भने समाजवादी समाजले विश्वलाई साम्यवादमा लैजानका लागि कुनै देशको समाजवादलाई केवल आफ्नो मात्र बनाएर त्यसले अन्तर्राष्ट्रियतावादको कार्यभार पूरा गर्न सक्दैन । समाजवाद अन्तर्राष्ट्रिय क्रान्तिको आधार बन्नका लागि त्यहीअनुसारको नीति हुनु आवश्यक हुन पुग्छ । त्यसकारण समाजवादी व्यवस्था त्यो हुनसक्छ जसले कुनै देशमा स्थापना भएको समाजवादलाई त्यो देशको कुनै खास जातिको शासन मात्र नबनाएर वास्तविक रूपमा विश्वभरका मानिसको वैचारिक, राजनीतिक, सङ्गठनात्मक र भौतिक समस्या समाधान गर्ने मानव जातिको साझा वैज्ञानिक, विशाल, क्रियाशील, जुझारु र साम्यवादको तयारी गर्ने क्रान्तिकारी सत्ता हुनसक्छ । त्यसकारण कुनै पनि देशमा स्थापना हुने समाजवादमा विश्वभरका जनताका लागि आवागमन, जीवनरक्षा, जीवनयापन, आवास, शिक्षा, स्वस्थ्य, रोजगारी, वैज्ञानिक विकासलगायत सम्पूर्ण अधिकार सुनिश्चित गरिएको हुन्छ । त्यसमा समाजवादी सत्तामा यो सुविधा प्राप्त गर्ने मानवजातिको कर्तव्य आफ्नो विश्वमा साम्यवाद स्थापना गर्न सङ्घर्ष गर्ने हुनु अनिवार्य हुनेछ ।

‘कम्युनिस्ट कार्यकर्ता राजनीतिक कार्यसँगै आर्थिक उत्पादनकार्यमा पनि कुनै न कुनै रूपले सहभागी बनेको हुनुपर्छ । आर्थिक उत्पादनबिनाको राजनीतिक कार्य जीवनबिनाको पाण्डित्यजस्तो मात्र हो । न त्यसले सामाजिक रूपान्तरणमा सही नेतृत्व प्रदान गर्न सक्छ न त स्वयम्लाई कम्युनिस्ट कार्यकर्ताका रूपमा निरन्तर कायम राख्दै साम्यवादतिरको यात्रा गर्न सक्छ ।’

यसप्रकारको नीतिलाई सहज कार्यान्वयन गर्न ठूलो आकार र आयतनमा रहेका देशहरूका लागि बढी सुविधा हुन सक्थ्यो तर यो विषयलाई देशको आयतन ठूलो वा सानो हुने कुरासँग सङ्कुचित गर्न सकिँदैन । ‘समाजमा हरेक नागरिकले श्रममा भाग लिन पाउनु, आफ्नो अर्थउत्पादनको स्वामित्व आफैँसँग राख्न पाउनु र उपभोग गर्न पाउनु जनताको नैसर्गिक अधिकार.. का रूपमा हामीले उपयोग गर्ने हो भने त्यसले निश्चित रूपमा समाजवादी मुलुकको आयतनलाई फैलाउन पनि मद्दत गर्नेछ र विश्वलाई साम्यवादमा लैजान मद्दत गर्नेछ । त्यसकारण पुँजीवादी समाजको राष्ट्रवादी सङ्कुचनको अन्त्य गरी समाजवादमा संसारका सबै मानिसका लागि सम्पूर्ण सुविधा खुला हुनुपर्छ । यसरी मात्र वास्तविक रूपमा समाजवादी अन्तर्र ाष्ट्रियतावाद समाजवादी समाजमा अभिव्यक्त हुनसक्छ र जुनसुकै समाजवादी मुलुक विश्वभरका क्रान्तिकारी जनताको समाजवादी क्रान्तिको आधारक्षेत्र हुनसक्छ ।

यसप्रकारको महान् लक्ष्य प्राप्त गर्न ‘कम्युनिस्ट कार्यकर्ता राजनीतिक कार्यसँगै आर्थिक उत्पादनकार्यमा पनि कुनै न कुनै रूपले सहभागी बनेको हुनुपर्छ । आर्थिक उत्पादनबिनाको राजनीतिक कार्य जीवनबिनाको पाण्डित्यजस्तो मात्र हो । न त्यसले सामाजिक रूपान्तरणमा सही नेतृत्व प्रदान गर्न सक्छ न त स्वयम्लाई कम्युनिस्ट कार्यकर्ताका रूपमा निरन्तर कायम राख्दै साम्यवादतिरको यात्रा गर्न सक्छ ।’ हामीले उत्पादनका विषयलाई कम्युनिस्ट प्रणालीबाट लागू गर्न सकेनौँ भने वास्तवमा साम्यवादको विषय त समाजवादको विषय पनि पाण्डित्यपूर्ण तर्क मात्र हुनेछन् । पुँजीवादको गहिरिँदो सङ्कटलाई समाधान गर्ने समाजवादबाहेक अर्को कुनै विकल्प छैन ।

यसप्रकारको राजनीतिक व्यवस्थाले समाजवादी देशको सिमाना खुम्चिनु हुँदैन र खुम्चने पनि छैन । जब विश्वभरको मानव जातिका लागि कुनै समाजवाद खुला र आधार क्षेत्र हुन पुग्नेछ, त्यस आधारमा टेकेर विश्वभरको भूमिलाई समाजवादमा बदल्न सङ्घर्ष गर्नेछ र त्यसले त्यहाँको पुँजीवाद र साम्राज्यवादको अन्त्य गर्नका लागि आफ्नो जीवन लगाउन सक्छ । यसले वास्तविक रूपमा समाजवादको सीमारेखा निरन्तर वृद्धि भइरहने छ । यो भनेको समाजलाई बुझ्ने र बदल्ने कुरा मात्र होइन, बदलिएकोलाई संरक्षण गर्ने विषय जसरी प्रमुख बनेर अहिलेको विश्वमा आएको छ त्यो कार्यान्वयन हुनु हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :