आज २,४४० जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ५५४ पुग्यो

आज २,४४० जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ५५४ पुग्यो

काठमाडौँ : नेपालमा २४ घन्टामा २ हजार ४४० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा १,५३१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका १ हजार १७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण गर्दा ९३७ महिला र १ हजार ५०३ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप १९ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार १३३ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ६५ हजार २०२ पुगेको छ ।

देशभर सक्रिय सङ्क्रमितको संख्या २३ हजार ५०७ रहेको छ । त्यसमा ४३ जनाको भेन्टिलेटर र २४४ जनाको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य तथा सनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :