डा. गोविन्द केसीका माग पूरा गर : जनतान्त्रिक मोर्चा

डा. गोविन्द केसीका माग पूरा गर : जनतान्त्रिक मोर्चा

काठमाडौँ : मोहन वैद्य ‘करण’ नेतृत्वको देजमो नेपालका अध्यक्ष सीपी गजुरेलले शिक्षा सुधारको माग गर्दै आमरण अनशन बसेका डा. गोविन्द केसीको जीवनमा खेलबाड नगर्न सरकारलाई चेतावनी दिएका छन् । नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका विकृति र विसङ्गतिको विरोध गर्दै सुधारका माग राखी २२ दिनदेखि १९ औँ अनशनरत जारी राखेका वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनमा खेलबाड नगर्न गजुरेलले सरकारलाई चेतावनी दिएका हुन् ।

सरकारले डा. केसीसँग विगत अनशनको समयमा गरेका सम्झौता र सहमति कार्यान्वयन नगरी वार्तासमेत गर्न अटेर गर्दै आएको छ । देशभक्त जनतान्त्रिक मोर्चा नेपालका अध्यक्ष गजुरेलले वक्तव्यमार्फत केसीका माग अविलम्ब सम्बोधन गर्न सरकारलाई चेतावनी दिएका हुन् ।

गजुरेलको वक्तव्यमा भनिएको छ, ‘नेपालमा शिक्षा र स्वास्थ क्षेत्रमा भइरहेका विकृति र विसङ्गतिको विरोध र यस स्थितिमा सुधार गर्ने उद्देश्यका साथ लामो समयदेखि सक्रिय रहनुभएका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको १९ औं अनशन आज २२ औँ दिनमा प्रवेश गरेको छ । उहाँको स्वास्थ्यस्थिति नाजुक बनेको कुरा उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । मूलतः विगतका अनशनका दौरान वार्ताहरूमा भएका सहमतिहरूलाई नै कार्यान्वय नगर्ने अवस्था भएको हुनाले अविलम्ब वार्ता समिति बनाई उपयुक्त मागहरू पूरा गरी उहाँको जीवनरक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ । डा. गोविन्द केसीको जीवनमा खेलबाड गर्ने काम नहोस् । हामी यो सरकारलाई चेतावनी पनि दिन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :