काङ्ग्रेस नेता अर्जुननरसिंह केसीसहित ४ जनालाई कोरोना

काङ्ग्रेस नेता अर्जुननरसिंह केसीसहित ४ जनालाई कोरोना

काठमाडौँ : नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीसहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काङ्ग्रेस पार्टी कार्यालय स्रोतले दिएको जानकारीअनुसार केसीसहित केन्द्रीय सदस्य गगनकुमार थापा, शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

समाचारअनुसार १९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काङ्ग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसहित १५९ जनाको स्वाब संकलन गरिएको थियो । रिपोर्ट आएकामध्ये ४ जनामा पोजेटिभ देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :