अखिल नेपाल महिला संघ (क्रान्तिकारी)द्वारा जनश्रम अभियान सञ्चालन

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)द्वारा जनश्रम अभियान सञ्चालन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सेती–महाकाली ब्युरोले १५ दिने जनश्रम अभियान सञ्चालन गरेको छ । असोज १६ गतेबाट शुरु गरिएको उक्त अभियान यो महिना भरी सञ्चालन हुने अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले जनाएको छ ।

असोजको महिनामा जनताको धानवाली पाक्ने समय भएको कारण जनतासँग जोडिएर काम गर्नलाई आफ्नो संगठनले विशेष गरी कैलाली, कञ्चनपुर र अछाम लगायतका जिल्लाहरुमा अभियान केन्द्रिय गरिएको संगठनकी सेती–महाकाली संयोजक पुर्णिमा धामीले जानकारी दिएकी छिन् ।

धामीका अनुसार अहिले कैलाली र कञ्चपुरमा महिला संगठनका केन्द्रीय सदस्यहरुको कमान्डमा जिल्लाका महिला संगठनका नेताकार्यकर्ताहरुले जनश्रम गरिरहेका छन् ।

कोरोना कहरले मानिसहरु प्रभावीत बनिरहेको बेला स्वास्थ्य सकर्तकता अपनाउदै जनश्रममा जोडिएको सेती–महाकाली संयोजक धामीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :