ट्रेड युनियन महासङ्घको उपत्यका भेला सम्पन्न

ट्रेड युनियन महासङ्घको उपत्यका भेला सम्पन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घअन्तर्गत उपत्यका विशेष क्षेत्रीय समन्वय समितिको प्रथम भेला काठमाडौँमा सम्पन्न भएको छ ।

भेलाले शिशिर थापामगरको संयोजकत्वमा ३ सदस्यीय महासङ्घको संयोजक तथा १२ सदस्यीय पेसागत क्षेत्रीय संयोजक चयन गरेको छ । त्यसमा काठमाडौँ, ललितपुर भक्तपुर र जिल्ला महासङ्घका संयोजक र तथा अध्यक्षमा नारायण तोलाङ्गी, राजकुमार मगर सुमन बस्नेतलाई निर्वाचित गरेको छ ।

भेलाले पेसागत क्षेत्रीय संयोजकहरूमा अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी सङ्घका क्षेत्रीय संयोजक भुवन बीसी, निर्माण मजदुर सङ्घका संयोजक जितबहादुर श्रेष्ठ, यातायात मजदुर सङ्घका संयोजक लालबहादुर तामाङ, पेट्रोलियम तथा ढुवानीका संयोजक अर्जुन लामिछाने, स्वास्थ्य तथा सरसफाइ मजदुर सङ्घका संयोजक रामचन्द्र थापा, गलैँचा मजदुर सङ्घका संयोजक अरुण श्रेष्ठ, गार्मेन्ट टेक्सटायलका संयोजक कुमार लामा, हाइड्रो तथा खानीका संयोजक जीवन शाही, अटो मोबाइलका संयोजक सञ्जय तामाङ, ग्रिल धातुका संयोजक विकास थापा, सङ्घसंस्था श्रमिक सङ्घका संयोजक रामचन्द्र थापालाई निर्वाचित गरेको समाचारमा जनाइएको छ ।

भेलाले अखिल नेपाल क्रान्तिकारी यातयात मजदुर सङ्घ काठमाडौँ जिल्ला अध्यक्षमा माधव घिमिरेलाई चयन गरेको जनाइएको छ ।

उक्त भेलालाई सम्ँबोधन गर्दै महासङ्घका संयोजक विनोद थापाले कोरोनाको महामारीका बीचमा पनि मजदुरमारा दलालहरू सल्बलाइरहेको, मजदुरविरोधी कथित कम्युनिस्ट सरकारले श्रमिकको समस्यालाई रत्तिभर पनि नसुनेकाले सहरका सडकहरू र प्रतिष्ठानमा पुँजीपति तथा मालिकहरूले मजदुरलाई रोएर हिँड्नुपर्ने अवस्थामा पुर्याइरहेकाले दलाल मजदुर सङ्घ–सङ्गठन मालिकको जुठोपुरो खाँदै दलालको रक्षक बनिरहेको अवस्थामा तिनीहरूको ज्यादतीका विरुद्ध सङ्घर्ष गर्नुपर्ने बताए ।

भेलामा निर्माण मजदुरका सङ्घका संयोजक रामशरण तिमल्सिना, यातायातका महासचिव दीपेन्द्र घिमिरे अतिथिका रुपमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :