नेपालमा आज २,७२२ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ५२० पुग्यो

नेपालमा आज २,७२२ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ५२० पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार ७२२ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा १ हजार ६३८ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका १ हजार २८०, ललितपुरका १६२ र भक्तपुरका १९६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा ९६५ महिला र १ हजार ७५७ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ३०७ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या २१ हजार २३४ रहेको छ । त्यसमा २९ जनाको भेन्टिलेटर र २१० जनाको आईसीयूमा उपचार भइरहेको छ । ११ हजार ७६० जना होम आइसोलेसनमा र ९ हजार ४७४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :