युवा जागरण र सशक्तीकरण

युवा जागरण र सशक्तीकरण

१) आरम्भ
युवाहरू हो, यो संसार तिम्रो हो र हाम्रो पनि हो । अन्तिम रूपमा यो संसार तिम्रै हो किनकि हामी अस्ताउँदा सूर्यजस्ता हौँ भने तिमीहरू बिहानीको उदाउँदा सूर्यजस्तै हौ । – माओ

क. माओको संश्लेषण सटिक र कालजयी छ । यसमा मानवजीवनको उदाउँदो र अस्ताउँदो अवस्थालाई तुलनात्मक सम्बोधन गरिएको छ । उदाउँदो अवस्थाको भविष्य दिगो हुने कुरालाई प्राथमिकतामा राखिएको छ । यसलाई योजनामा खरो रूपले उतारिदिँदा परिणामले जीवन र जगत्लाई नै उज्यालो दिनेछ । माओ अझै भन्नुहुन्छ– जसले क्रान्तिको बाटो छेक्छ ऊ आफैँ सङ्कटमा जाकिन्छ ।

माओले भनेझैँ दलाल सत्ता र सामाजिक दलाल सरकारले बलात् जनक्रान्तिको प्रवाहमा बाँध बाँधिरहेको छ । वास्तबिक अर्थमा ऊ आफैँ महासङ्कटमा परेकाले विषयान्तर गर्न यसो गरिरहेको छ । जनविरोधी राज्यसत्ता र नामधारी खासगरी कुहेको फर्सीजस्तो कम्युनिस्ट सरकारले जतिजति फासिवादी दमनचक्र चलाउँछ, उतिउति सङ्कटको महाभुमरीमा जाक्किएर पतन हुनु अनिवार्य छ ।

जहाँ काल्पनिक चिन्तन समाप्त हुन्छ वास्तविक जीवनमा सकारात्मक विज्ञान आरम्भ हुन्छ । – माक्र्स–एङ्गेल्स

लेखक : मोहलाल चन्द ‘आधार’

माक्र्स–एङ्गेल्सले भनेझैँ एकाधिकार पुँजीवादी प्रतिक्रियावादीहरूका फाटेका जुत्तारूपी गैरमाक्र्सवादी नामधारी कम्युनिस्टको काल्पनिक चिन्तन नेपालबाट समाप्त हुँदैछ । मात्र होइन, विश्वबाटै समाप्त हुँदैछ किनभने सच्चा कम्युनिस्टको वास्तविक जीवनमा समाज विज्ञानले नवीन विकास गरिरहेको छ । वैज्ञानिक समाजवाद नै मानवजीवनका लागि सबभन्दा उत्कृष्ट सभ्यता हो । यस विषयलाई ध्यानमा राखेर नवजवानहरूले आफ्नो अनमोल जीवनका क्रान्तिकारी कार्यभारहरूलाई सूत्रबद्ध गर्नु पर्छ । योजनाबद्ध र सचेतन पहलकदमीपूर्ण क्रियाशीलतामा तीव्रता, परिणाममा उत्कृष्टता हासिल गर्दै जनक्रान्तिको शिखर चढ्न कुशलता प्रदर्शन गर्नु नै युवा हुनुको सार्थकता हो ।

उत्पीडित जनता, श्रमिक वर्ग, विशेषतः युवाजीवन सुहाउँदो उत्तम वैचारिक र राजनीतिक हतियार भनेकै एकीकृत जनक्रान्ति हो । यो सुन्दर भविष्य निर्माणको बौद्धिक र भौतिक हतियार पनि हो । देश र जनताको मुक्ति र स्वतन्त्रताका लागि एकीकृत जनक्रान्तिमा केकस्ता गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दा जीवनमा अब्बलता प्राप्त होला ?! आउनुहोस् यसबारे गम खाएर साउती गरौँ ।

२) के हो जागरण ?

जागरणको अर्थ आफ्नै जीवनमा क्रान्तिबहार जन्माउनु हो । नेपालमा बहुमत युवा किसान मूलका छन् । मध्यम वर्ग पनि किसान मूलकै हो । माक्र्सका अनुसार किसान भनेका बोराबाट खन्याइएका आलुजस्तै हुन् । उनीहरूबीच प्रतिस्पर्धा कहिल्यै हुँदैन । सामन्तवादले किसानलाई यस्तो अवस्थामा पुर्यायो । जब प्रतिस्पर्धा हुँदैन, विकास पनि हुँदैन । परन्तु आज क्रान्तिले यो अवस्थालाई तोडेको छ । साथै विज्ञानप्रविधिको विकासले जोडेको छ । आजका युवाहरू उन्नति– प्रगतिको प्रवाहमा वेगवान् हुने अवसरका ढोका खुलेका छन् । तसर्थ जागरणको मर्म क्रान्तिका कार्यभारहरूमा चित्तआकर्षक रूपमा उत्साहित भएर क्रियाशील हुनु हो । देश र जनताको सेवामा निःसर्त अग्रसर हुनु हो । समाजको वैज्ञानिक चित्र उतार्न अहोरात्र लीन हुनु हो । इच्छाशक्तिका साथ अध्ययन–अनुसन्धानमा खट्नु हो । ज्वालामुखीजस्तै बन्नसक्ने युवाजगत् मुख्य समस्या समाधानमा अग्रमोर्चामा नायक बन्नु हो । माओका अनुसार जहाँका युवा हाँसेका हुन्छन् त्यो देश हाँसेको हुन्छ । यो अवस्था भनेको वसन्त बहारजस्तै फक्रेको अवस्था हो । हामी भन्न सक्छौँ जुन क्रान्तिमा युवकयुवती हाँसेका हुन्छन् त्यो क्रान्तिको जित सुनिश्चित छ । यही कुरा बुझेर भारतीय साम्राज्यवादको रणनीतिमा नेपाली संसद्वादीहरू आज लागूपदार्थको व्यापार गर्छन् र गराउँछन् । युवकयुवतीहरूलाई कुल्ली र दर्बानमा विदेश पैठारी गर्ने, बचेखुचेकालाई लागूपदार्थ ओसारपसार र प्रयोगमा डुबाउने । कति खतरनाक चाल छ दलाल सत्ता र सामाजिक दलाल सरकारको । यस्तो कहालीलाग्दो अवस्था आइलाग्दा पनि देश र जनताको राजनीतिक अधिकारका विषयमा युवाजीवन शिशिरयामजस्तै किन कठ्याङ्ग्रिरहेको छ त ?! विषय समान्य छैन । जस्तो हामी येनकेनप्रकारेण पिजा खाएजस्तो सोच्दछौँ ।

जब हामी जुन देशमा उभिएका छौँ, जुन समाजमा बाँचिरहेका छौँ, जुन घरपरिवारमा नाचिरहेका छौँ, ठण्डा दिमागले सोचेर गम खायौँ भने कस्तो भयावह चित्र देखिन्छ ?! राज्यप्रणाली कस्तो विद्रुप छ ? सामाजिक परिवेश कस्तो अस्तव्यस्त छ ? घरपरिवारको अवस्था कति तनावग्रस्त छ ? लाग्छ, एउटा सचेत र प्रयत्नशील मानिसको मनमस्तिष्कमा कुनै प्रकारको चैन छैन । चित्तप्रसन्नता छैन यहाँ र त कलकलाउँदा युवकयुवतीहरू भौ तिक भविष्यको चटारोमा देशविदेश भौँतारिइरहेका छन् । बौद्धिक भविष्यको हतारोमा पनि परदेसिएको अवस्था छ नै । किनभने हाम्रो देशको शिक्षाप्रणालीको गुण साक्षर हुन लायक मात्र छ । खोज, अनुसन्धानमूलक चिन्तनमा आधारित छै न । व्यावहारिक, वैज्ञानिक, सीपमूलक शिक्षाप्रणालीको अभावले पराधीनता नै जन्माउँदोरहेछ । आज समाजको उत्पादनप्रणाली १६ औँ शताब्दीकै छ । कङ्कालरूपी टुक्रे उत्पादनप्रणालीमा बुकुरे जिन्दगी घिस्रिरहेको छ । हलो र जुवाका भरमा गुजारा चलाउनुको पीडा आलिसान महलका मालिकलाई त उपहासको विषय नै होला । आज मानिसका रूपमा जन्मिएर गोरुको सङ्गतले अन्ततः जीवन गोरुसरह । यी सारा यक्ष विषयहरू वैयक्तिक मामिलाको परिधिमा नै कैद छन् । राज्यले यसप्रति कुनै चिन्ता र चासो देखाउँदैन । खालि उसलाई रबाफ र दबाफमा भोट असुले पुग्छ । हाम्रो प्यारो देशमा आज संस्थागत भ्रष्टाचारको चरमचुली सगरमाथाभन्दा अग्लो भैसक्यो । दुनियाँका सामु शिर नुहाउनुपर्ने अवस्था र व्यवस्थाको मार केकति होला सोचौँ त ?! हिजो वीर नेपालीको देश भनेर पुकारिन्थ्यो, आज भ्रष्टाचारीको देश भनिनुपर्ने स्थिति उत्पन्न भएको छ । हत्या, हिंसा, व्यभिचार, लुटपाटको त सिंहदरबार नै घरघर पठाएर विध्वंसकारी अत्याचार मच्चाइएको छ । आज कसको गाउँघरमा मेल होला र ?! सामाजिक सद्भाव, सहानुभूति, सहयोगात्मकता सबका सब उत्तरसाम्राज्यवादलाई चढाइसकियो । नुनदेखि सुनसम्म एउटै छानो (डालो मुनिको विज्ञापन सुन्यो, मक्ख पर्यो । सारा निर्देशन टीभीले गर्ने, मानिसको सचेतना नष्ट पारेर मानिस त केवल रोबोटजस्तो मात्र । यो त एकाधिकारवादी, व्यक्तिवादी पुँजीवादको फुटाऊ र राज गरको नीति अख्तियार गरिएको हो । सर्वाधिक असफल मनुवाहरूको हुलले सत्ता र सरकार हत्याए यस्तै दुर्दशा भोग्नु पर्दोरहेछ । यस्तो दुर्दान्त चित्रले राज्यसत्ताबिरुद्ध दिलदिमागमा घृणा, आक्रोश, विद्रोह पैदा गर्दैन भने हामीसँग केवल दास हुनलायक मात्रको योग्यता हुनेछ । परदेसिनुको कारण केलायौँ भने वै चारिक, राजनीतिक क्रान्तिको उद्देश्यमा आधारितभन्दा पनि राज्यसत्ता, सरकार, संसद्वादी पार्टी नेताप्रतिको वितृष्णाभाव देखापर्छ । अभावका कारण पतझर रूखका चरीहरू उडेझैँ युवाहरू दिनानुदिन अर्कैको देश उड्दा स्वदेशमा कति हानिनोक्सानी भएको होला ?! र भाबी पिँढीलाई कस्तो सन्देश दिने होला ?!! जन्मँदै बिदेसिनलायक लिटो खुवाउनुपर्ने ?!!! वैचारिक, राजनीतिक क्रान्तिको उद्देश्य बोकी परदेशगमन त खै भन्नै सकिन्न । जस्तो अर्जेन्टिनामा जन्मिनुभएका चे ग्वेभारा क्युबाको क्रान्ति सम्पन्न गरी बोलिभियाली स्मरण क्रान्तिका खातिर गमन गर्दा अबुझ सुराकीको फन्दामा परी आफ्नै कासनमा साम्राज्यवादी भाडाका टट्टुलाई गोली हान्न लगाई सचेत र साहसिक जीवन न्यौछावर गरी महानता पाप्त गर्नुभएको थियो ।

परदेसिनुको कारण केलायौँ भने वै चारिक, राजनीतिक क्रान्तिको उद्देश्यमा आधारितभन्दा पनि राज्यसत्ता, सरकार, संसद्वादी पार्टी नेताप्रतिको वितृष्णाभाव देखापर्छ । अभावका कारण पतझर रूखका चरीहरू उडेझैँ युवाहरू दिनानुदिन अर्कैको देश उड्दा स्वदेशमा कति हानिनोक्सानी भएको होला ?! र भाबी पिँढीलाई कस्तो सन्देश दिने होला ?!! जन्मँदै बिदेसिनलायक लिटो खुवाउनुपर्ने ?!!! वैचारिक, राजनीतिक क्रान्तिको उद्देश्य बोकी परदेशगमन त खै भन्नै सकिन्न ।

महान् माक्र्स–लेनिनले पनि युवा अवस्थामै यतिविधि निर्वासित जीवन व्यतित गरेर सचेत आत्मजागरणमा आत्मघात, अन्तरघातलाई कहिल्यै गुन्जायस दिनुभएन । स्मरण रहोस्, श्रमिक वर्गका लागि सिङ्गो समुज्ज्वल भविष्य बोकेको कम्युनिस्ट घोषणापत्र लेख्दा माक्र्स तीस वर्ष र एङ्गेल्स अट्ठाईस वर्षका मात्र हुनुहुन्थ्यो । महान् माओले चिनियाँ दीर्घकालीन जनयुद्धको रापिलो भट्टीमा अहोरात्र असीम दुःखकष्टका साथ प्रत्यक्ष नेतृत्व गरी किसान मूलको चीनलाई च्याङ काइसेकको सामन्ती अत्याचारबाट मुक्त पार्नुभयो । तन्नेरी अवस्थामै उहाँहरूले वर्गीय समाजको गहिरो अनुसन्धान गरी वर्गीय उत्पीडन र मानव मुक्तिलाई नै सिद्धान्त, विचारको उत्प्रेरक तत्व बनाउनुभयो । अपराजयी उत्कृष्ट समाज विज्ञानको खोजमा सफलता हात पार्नुभयो र त साम्राज्यवादको निद्रा समाप्त भएको छ । मात्र होइन, उसको चिहानमा वैज्ञानिक समाजवादको समुज्ज्वल भविष्य बिहानीको लालीझैँ मुस्कुराइरहेको छ । तसर्थ आजका नेपाली युवाहरू वैचारिक राजनीतिक रूपमा सुस्पष्ट भएर एकीकृत जनक्रान्तिमा सङ्गठित हुनु जरुरी छ । नेपालमा राजनीतिक समस्या समाधान किमार्थ भएको छैन । हल्लाको पछि नलागेर राजनीतिक निकासका लागि जनक्रान्तिमा आफैँलाई एकाकार बनाउनुको विकल्प छैन । आफैँबाट क्रान्ति सुरुआत गर्दा अवश्य जित हात पार्न सकिनेछ । नेपालको राजनीतिक निकास भनेकै वैज्ञानिक समाजवाद प्राप्ति हो । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको सुनिश्चितता वैज्ञानिक समाजवादले मात्र गर्नेछ । जनक्रान्तिमा जित हासिल नगरी दिगो शान्ति, समृद्धिको कल्पनै नगरौँ किनभने शान्ति र समृद्धिको जननी सफल क्रान्ति मात्र हुन्छ । आफू जागृत भै सारा युवाहरूलाई जागरणको महाअभियानमा लामबद्ध गराउँदा जनक्रान्तिले दलाल, सामाजिक दलाल सत्ता र सरकारको फोहोरमैला अवश्य सफाचट गर्नेछ । जब युवा जागरण पैदा हुनेछ सशक्तीकरणको खाँचो खट्कनेछ किनभने युवाजन्य स्वभाव चुप लागेर, हुतिहारा भएर बस्नै सक्दै न । निम्छरो जीवन जिउनै सक्दैन । अन्याय, अत्याचार सहेर दासको मनोदशा रेल्याउन सक्दै–सक्दैन ।

के हो सशक्तीकरण ?

मानसिक र शारीरिक रूपमा सबलता, तरोताजापन अर्थात् आरोग्य सर्वोत्कृष्टता प्रदर्शन गर्नु हो । आफ्नो ताजा योग्यता, अब्बल क्षमता खरो र दह्रो रूपमा प्रदर्शन गरी सामाजिक फासिवादलाई काँचै खानु हो । देशीविदेशी जनविरोधी, राष्ट्रविरोधी कुतत्वहरूको समूल नष्ट गर्नु हो । समूल नष्ट आमूल परिवर्तनको सर्त हो । युवा जोसमा सचेतना आर्जन गर्न जो जागै उत्रन सक्छ, ऊ नै नायक बन्न सफल हुन्छ र उत्पीडित र श्रमिक वर्गका लागि पेटमा गुलाफ मुस्कुराउने आदरयोग्य कम्युनिस्ट मानिस बन्न सक्छ । यस्ता अब्बल मानिसको उमेर भनेकै तन्नेरी अवस्था हो । आगो पिएर अँगार फ्याँक्न सक्ने ऊर्जाशील अवस्थालाई भिखारीको चालमा लबस्तरो जिन्दगीको भार बनाउनु हुँदैन । बाघको मुख चोइट्याउनसक्ने, हनुमानजस्तो पहाड बोक्नसक्ने, अर्जुनजस्तो चराको दाहिने आँखामा निशाना साध्नसक्ने युवाका सामु अब्बल योग्यता प्रदर्शन गर्नलाई रणमैदानबाहेक अर्थोक फगत हुन् । भनिन्छ, सँघार ननाघ्ने छोरा (युवकयुवती) र जँघार नतर्ने घोडाको काम छैन । ताप नदिने घाम र चाप नदिने लामको पनि काम छैन । मिर्ग नमार्ने सिकारी र भकारी नभर्ने भिखारीको पनि काम छैन । सिंहनादले वर्गवैरीको सातोपुत्लो उडाउनु र रणमैदानमा तुफान ओकल्नु युवाजन्य अवस्थाको पहिचान हो ।

राज्यसत्ताका कुलङ्घारहरूको चोक्टा म नै खान्छु र श्रमशील मानिसको राज चलाउँछु भन्ने इख र सपना भएको पल्टन तैनाथ भएमा ती हुइँयाहरूलाई सात समुद्रपारिसम्म लखेटेर उनीहरूलाई प्रतिबन्ध लगाई निर्वासन गर्न सकिन्छ । देशका रक्षक, जनताका सेवक युवापङ्क्तिलाई सच्चा कम्युनिस्ट स्कुलिङ के छ भने असनका साँढे अनि पशुपतिका बाँदरजस्ता सामाजिक दलाल फासिवादीहरूलाई गाउँगाउँ, बस्तीबस्तीमा पस्न प्रतिबन्ध लगाउनुपर्छ । उनीहरूलाई अछूत घोषणा गर्नु जरुरी छ । जहाँ फेला पार्यो घोक्रेठ्याक लगाएर समाजलाई निर्मलीकरण, उन्नतीकरण, क्रान्तिकारीकरण गर्न जरुरी छ । सत्ता र सरकारमा बसेर देश र जनताको शोषण, दोहन गर्ने समाजिक फासिवादीहरूलाई बहिष्करणमा पार्न सकिएन भने सुन्दर भविष्यको बिहानी उदाउन असम्भव हुनेछ । तसर्थ वैज्ञानिक समाजवादी– साम्यवादी बौद्धिक र भौतिक शक्तिको सामथ्र्य केकति हुँदोरहेछ देखाउने अवसर हाम्रासामु खडा छ । हामी यतिखेर रक्तिम इतिहासको अग्निपरीक्षामा छौँ । मेहनतका साथ बुझेर पढौँ, नलेखिएका अक्षरहरू अझ बढी पढौँ । जेनतेन पास मात्र होइन, सर्बोत्कृष्ट अवश्य हुनेछौँ । प्रसन्नता, स्वच्छता, चमचमाउँदो, दृढता, फराकिलो युवा हुनुका गुणवत्ता हुन् । यी गुणहरूलाई एकीकृत जनक्रान्तिको सिद्धान्त, नीति, योजना, कार्यक्रममा सचेत रूपमा अभिव्यक्त गरिदिँदा विचार निर्माण हुने कुरामा दुईमत छैन । आजका युवाहरू वैचारिक, राजनीतिक र क्रान्तिकारी व्यवहारका साथ उत्तराधिकारीको पहिचान दिनु आवश्यक छ । युवा सशक्तीकरणको मर्म एकीकृत जनक्रान्तिको जितसँग अन्तर्निहित हुनेछ । देश र जनताको भाग्य र भविष्यले माग गरेको वैचारिक, राजनीतिक मिसाइल नै क्रान्तिकारी युवा सशक्तीकरण हो । महान् सहिद, बेपत्ता योद्धा, घाइते योद्धाको सपनाको भौतिक अभिव्यक्ति नै ज्वारभाटासरह युवाशक्ति हो । सहस्राब्दी चुनौ ती निगम पास भैछाड्यो भने ज्वारभाटा मात्र होइन, सुनामीसरह भनेर नेपाली युवाजगत् सडकमा उर्लने र कुर्लने कुरामा दुईमत छै न । अमेरिकी सैन्य रणनीतिलाई धुलो चटाउनु युवा सशक्तीकरणको सार्थकता हुनेछ । ललिता निवासमा उडेर पुगे कि गुडेर वा हिँडेर पुगे नायकहरू ?! शिरदेखि पाउसम्म भ्रष्टाचारमा चुर्लुम्म डुबेर टुकुचाको आहालमा तैरिरहेका हुँडरहरूका दारानङ्ग्रा भाँच्न सक्दैनन् त अर्गानिक खाद्यान्न खाएका नेपाल आमाका असल छोराछोरीहरू ?! कृस्चियन धर्मरणनीतिलाई भित्र्याउन हान्जामुनले तुक्र्याएको होली वाइन सुक्र्याउने (घुट्क्याउने हरुको नशा उतार्न सक्तैनन् त जोदाहा तन्नेरीहरू ?! छोरीबहिनीहरूको अस्मिता बिक्री गरी खानेको हाँडीघोप्टे भुँडीमा भाला रोप्न सक्तै नन् त २१ औँ शताब्दीका जेनी माक्र्स, रोजा, क्रुप्सकाया, चियाङ चिङका सन्तानहरू ?! 

आजका युवाहरू वैचारिक, राजनीतिक र क्रान्तिकारी व्यवहारका साथ उत्तराधिकारीको पहिचान दिनु आवश्यक छ । युवा सशक्तीकरणको मर्म एकीकृत जनक्रान्तिको जितसँग अन्तर्निहित हुनेछ । देश र जनताको भाग्य र भविष्यले माग गरेको वैचारिक, राजनीतिक मिसाइल नै क्रान्तिकारी युवा सशक्तीकरण हो । महान् सहिद, बेपत्ता योद्धा, घाइते योद्धाको सपनाको भौतिक अभिव्यक्ति नै ज्वारभाटासरह युवाशक्ति हो ।

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत हाम्रो सिमाना मिच्ने मिचाहा साम्राज्यवादी डाँकाहरूको गिद्देदृष्टिमा अकबरे खुर्सानीको धुलो कोच्न सक्दैनन् त बलभद्र कुँवरका सन्ततिहरू ?! अवश्य सक्नेछन् । रेडगार्ड बनेर देशको रक्षा गर्नेछन् । स्वाधीन नेपालको पहिचान दिनेछन् युवा सशक्तीकरणको तुफान सृष्टि गरेर । भनिन्छ, एउटा असल कलाकारको हातमा एउटा बिग्रेको बाद्यवादन राम्रोसँग बज्न सक्छ (A bad instrument in a hand of a good artist tune well) । तसर्थ आउनुहोस् युवा जागरण र सशक्तीकरणलाई जीवनव्यवहारमा उतारौँ । देशभर जनताको मुक्तिका लागि बलिदान रोजेर एकीकृत जनक्रान्तिद्वारा वैज्ञानिक समाजवाद प्राप्त गरौँ । मानव जातिको भविष्य अवश्य सुन्दर हुनेछ ।

४) उपसंहार

युवा जागरण र सशक्तीकरणको मर्म माओले भनेझैँ राजनीतिलाई शीर्ष स्थानमा राख्नु, मानिस र हतियारमध्ये मानिसलाई विश्वास गर्नु, विचारधारात्मक कार्य र तालिकाबद्ध कार्यमा विचारधारात्मक कार्यमा जोड दिनु, राजनीतिक कार्य र अन्य कार्यमा राजनीतिक कार्यलाई पहिलो प्राथमिकतामा राख्नु, किताबी ज्ञान र मानिसको जीवन्त विचारमा आधारित ज्ञानमध्ये दोस्रोलाई प्राथमिकतामा राख्नु जो नब्बे प्रतिशत हुन्छ । किताबी ज्ञान दस प्रतिशत मात्र हुन्छ तर महत्वपूर्ण हुन्छ । यसरी खोज, अनुसन्धान, अध्ययन, श्रमशीलताका साथै विवेक, आवेग, प्रवेग र संवेगका साथ क्रियाशील हुँदै जाँदा दुई विश्वदृष्टिकोण निर्माण गर्न सकिन्छ । सामान्यतः हाम्रा क्रियाकलापहरू फगत कल्पनामा आधारित आदर्शवादी हुने खतरा हुन्छ । तसर्थ यथार्थमा आधारित भौतिकवादी दृष्टिकोणमा सुस्पष्ट भै दृढ इच्छाशक्तिका साथ पोखराको पातले छाँगोसरि उद्दात्त रूपमा छङ्छङाउँदा दुनियाँको शक्तिले हामीलाई छेक्नसक्ने छैन । मुख्य लडाइँ भनेको दुई विश्वदृष्टिकोणको लडाइँ नै हो । यो लडाइँ मानव जातिबीच वर्गीय रूपमा देखापरेको मात्र हो । जबसम्म वर्ग रहिरहन्छ यो लडाइँ विभिन्न प्रकृतिमा सुषुप्त करेन्ट वा ज्वारभाटाका रूपमा अन्ततः भूकम्पीय रूपमा गुणात्मकता हासिल गर्दै चली नै रहनेछ जबसम्म उत्पीडित तथा श्रमिक जनताको मुक्ति हुँदैन । तसर्थ युवा पिँढी नै त्यस्तो शक्ति हो जसको तेजका सामु वर्गीय मुद्दा जनक्रान्तिद्वारा किनारा लाग्नेछ र बौद्धिक, सचेत, स्वतन्त्र, उन्मुक्त वैज्ञानिक समाजको निर्माण हुनेछ । त्यसैले युवा जागरण र सशक्तीकरणमा नै देश र श्रमिक जनताको सुन्दर भविष्य निर्भर रहेको हुन्छ । जो सही राजनीतिक कार्यदिशा र वैज्ञानिक विचारले ओतप्रोत भएर मार्गनिर्देशित हवस् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :