नेकपाद्वारा सम्झनाका हत्यारालाई कारबाही गर्न माग

नेकपाद्वारा सम्झनाका हत्यारालाई कारबाही गर्न माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बझाङले सम्झना कामीका हत्यारालाई कडाभन्दा कडा सजायको माग गर्दै पीडित परिवारलाई न्यायोचित क्षतिपूर्तिको माग गरेको छ ।

नेकपाका जिल्ला इन्चार्ज विराट र सचिव हरिलालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ७ गते मष्टा गाउँपालिका २ मा हत्या गरिएकी १२ वर्षीया सम्झना कामीका हत्यारालाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन माग गरेका हुन् ।

नेकपाको विज्ञप्तिमा उक्त आपराधिक घटनाले आफ्नो पार्टीलाई दुःखी बनाएको जनाइएको छ । बलात्कारपछि हत्या गरिएकी बालिका सम्झनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेकपाले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :