नेकपा रोल्पाको पूर्वी कमान्डस्तरीय प्रशिक्षण सम्पन्न

नेकपा रोल्पाको पूर्वी कमान्डस्तरीय प्रशिक्षण सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रोल्पाको पूर्वी कमान्डको भेला र प्रशिक्षण सम्पन्न भएको छ । नेकपा रोल्पाका इन्चार्ज दिलिपको विशेष उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका एकाइ सदस्यदेखि जिल्ला सदस्य स्तरको सहभागिता रहेको जनाइएको छ ।

उक्त प्रशिक्षण कार्यक्रममा राहुल घर्तीमगर सरकारी नेकपा परित्याग गरी विद्रोही नेकपामा प्रवेश गरेका छन् । तत्कालीन नेकपा एमालेमा लामो समय काम गरेका घर्ती एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालका क्षेत्रीय सभापति भएर काम गरेको बताइएको छ ।

आफू आबद्ध रहेको सरकारी नेकपा सरकारमा भए पनि जनताको चाहनाअनुसार काम गर्न नसकेकाले उक्त पार्टी त्याग गरी नेकपामा लामबद्ध भएको उनले बताएका थिए ।

प्रशिक्षण कार्यक्रममा नेकपा इन्चार्ज दिलिपले नेपालमा रहेको दलाल र भ्रष्टहरूको जालो तल्लो तहसम्म फैलिएकाले त्यसलाई निर्मूल पार्न जनतामा जानुुका साथै जनताका वास्तविक समस्याहरू यकिन गरी निराकरणमा लाग्न कार्यकर्तालाई विशेष निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :