जनगणतान्त्रिक सम्पर्क मञ्च गोरखा र इलामका सम्मेलन सम्पन्न


काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मन्च केन्द्रीय समन्वय समितिअन्तर्गत गोरखा–काठमाडौँ र इलाम–काठमाडौँका सम्मेलन सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

गोरखा–काठमाडौँ सम्पर्क मञ्चको सम्मेलनले अध्यक्षमा विवश श्रेष्ठ, उपाध्यक्षमा ऊर्जा तामाङ, सचिवमा विकास गुरुङ, सहसचिवमा असिन्न श्रेष्ठ, कोषाध्यक्षमा नवीन तामाङ र सदस्यहरुमा मुकेश तामाङ, अशेष गुरुङ, हरि अधिकारी, गोपाल गुरुङ, राजु लामा, भावना श्रेष्ठ, अरविन्द गुरुङ र अमृत गुरुङलाई चयन गरेको मञ्चले जनाएको छ ।

यसैगरी इलाम–काठमाडौँ सम्पर्क मञ्चको सम्मेलन पनि सम्पन्न भएको जनाइएको छ । सम्मेलनले अध्यक्षमा कबिन, उपाध्यक्षमा सन्तोष गर्तौला, सचिवमा गगन राई, सहसचिवमा हेम लिम्बू, कोषाध्यक्षमा सबिन कार्की र सदस्यहरुमा दीपक बोहोरा, मनीष लिम्बू, बिकास मगर, कृष्ण बस्नेत, शम्भु तामाङ, शरण विक, तिकराम सेन्चुरी, रोहित गतराज, दीपक लिम्बू र कमल लिम्बूलाई चयन गरेको समाचारमा जनाइएको छ ।

उक्त दुवै कार्यक्रमका प्रमुख अतिथि जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका केन्द्रीय अध्यक्ष कमान सिंह तथा अतिथि जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका सदस्य खेम प्रधान थिए । कार्यक्रमको अध्यक्षता धादिङ–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्षले प्रतीक अधिकारीले गरेको पनि समाचारमा जनाइएको छ ।

कार्यक्रममा अध्यक्ष कमान सिंहले आफ्नो सङ्गठन सरकारले प्रतिबन्ध लगाएपछि सशक्त रूपमा अगाडि बढेको बताए । उनले सङ्गठनमा घुसपैठका कारण पार्टी र सङ्गठनको पनि बदनामी भइरहेको र आन्दोलनमा क्षति पुर्याउने काम भइरहेकाले त्यसप्रकारका घुसपैठियालाई कारबाही गर्ने चेतावनी दिए ।

केन्द्रीय सदस्य खेम प्रधानले केपी, पीके र शेरबहादुर देउवा मिलेर जनतामा भ्रम उत्पन्न गराई राष्ट्रघाती एमसीसी पास गर्न खोजेकाले त्यसका विरुद्ध लड्न सम्पूर्ण युवाशक्ति एक हुनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :