नेपालमा आज १,५७३ जना कोरोना सङ्क्रमित थपिए, १० जनाको मृत्यु

नेपालमा आज १,५७३ जना कोरोना सङ्क्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५७३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ८०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँका ६३३, ललितपुरका १०४ र भक्तपुरका ७२ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार १२३ नमुना परीक्षण गर्दा १ हजार ५७३ सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७३ हजार ३९४ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १० जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४७७ पुगेको छ । पछिल्लो २४ घन्टामा ८८५ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ५३ हजार ८९८ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार १९ रहेको छ । त्यसमा ३३ जनाको भेन्टिलेटर र २२५ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :