नेकपा अर्घाखाँचीद्वारा बाढी–पहिरो पीडितप्रति दुःख व्यक्त

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले जिल्लाका विभिन्न स्थानमा केही दिनअगाडि बाढीपहिरोले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

आइतबार जिल्ला सेक्रेटरी माहुरीले प्रेस वक्तव्य जारी गर्दै जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. १२ र सन्धिखर्क नगरपालिका वडा नं. ७ को खाँचीकोटको भुजुङेमा बाढीपहिरोले क्षति पुर्याएको भन्दै दुःख व्यक्त गरेका हुन् ।

उनले पार्टीका स्थानीय सत्ता, जवस र मोर्चालाई उद्धार तथा राहतमा खटिन अपिल गरेका छन् । उनले जिल्लामा रहेका सम्पूर्ण जोखिमपूर्ण बस्तीहरू पहिचान गरी तत्काल उचित स्थानमा व्यवस्थापन गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :