पाल्पाको पहिरोमा पुरिएका पाँचमध्ये तीनजनाको शव भेटियो

पाल्पाको पहिरोमा पुरिएका पाँचमध्ये तीनजनाको शव भेटियो

काठमाडौँ : पाल्पाको रम्भा गाउँपालिका फोक्सिङकोटमा पहिरोमा परी हराइरहेका मध्ये ३ जनाको शव भेटिएको छ । बिहीबार बिहान गएको पहिरोमा परी हराई रहेका ५ मध्ये ३ जनाको शव शुक्रबार भेटिएको हो ।

शुक्रबार कृष्णामाया गाहा, लक्ष्मी गाहा र खुमीसरा गाहाको शव भेटिएको जनाइएको छ । हुमबहादुर गाहा र उनकी श्रीमती धनीसराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार अविरल वर्षा भएको र पहिरो नरोकिएका कारण शुक्रबार मात्र खोजीकार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :