नेकपा नेता बीसीलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश

नेकपा नेता बीसीलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसीलाई तत्काल रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतमा शुक्रबार भएको बहसमा नेकपाका नेता बीसीलाई प्रवृत्त भावना राखी अदालत परिसरबाटै गिरफ्तार गरेको भन्दै उक्त थुना गैरकानुनी भएकाले तत्काल सुनसरी जिल्ला अदालतका श्रेस्तेदारको रोहवरमा आजै थुनामुक्त गर्नू भन्ने आदेश सर्वोच्चले दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान राउत र तेजबहादुर केसीको इजलासमा भएको बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना, मनोहर लामिछाने, चूडाबहादुर निरौला र राजु अधीकारले बहस गरेका थिए ।

नेता बीसीलाई सरकारले भदौ १८ गते चितवन अदालतबाट रिहा भए पनि पुनः गिरफ्तार गरी सुनसरी पुर्याएर हातहतियार तथा सङ्गठित अपराधमा मुद्दा चलाएको थियो । प्रहरी नियन्त्रणमै रहेको बेला उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :