सम्झना कामीका बलात्कारी र हत्यारालाई कारबाही गर्न ७ विद्यार्थी सङ्गठनको माग

सम्झना कामीका बलात्कारी र हत्यारालाई कारबाही गर्न ७ विद्यार्थी सङ्गठनको माग

काठमाडौँ : बझाङको मस्टा गाउँपालिका २ थिकाला गाउँमा बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर सुदूरपश्चिममा क्रियाशील ७ विद्यार्थी सङ्गठनले घटनामा संलग्न अपराधीहरूलाई यथाशीघ्र खोजी गरी कडा कारबाही गर्न माग गरेका छन् ।

यही असोज ७ गते बुधबार १२ वर्षीया सम्झना कामीलाई मृत अवस्थामा भेटिएको र प्रारम्भिक अनुसन्धानबाट बलात्कारपछि हत्या गरिएको कुरा सार्वजनिक भएको छ । उक्त घटना अत्यन्तै पीडादायी भएको र घटनाले सबैलाई असाध्यै दुःखी र मर्माहत बनाएको भन्दै विद्यार्थी सङ्गठनहरूले मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्नेहरूमा नेविसङ्घका निमित्त केन्द्रीय सहमहामन्त्री अच्युतराज कालौनी, अनेरास्ववियुका केन्द्रीय सदस्य भीम भट्ट, अखिल (क्रान्तिकारी) का सेती–महाकाली संयोजक वीरेन्द्र शाह, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव भरत लिसानी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष उमेश बिस्ट, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य सुदर्शन साउद र अखिल (छैटौँ) का सुदूरपश्चिम प्रदेश सदस्य पुष्कर भट्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :