सर्वोच्चको आदेश लत्याउँदै सरकारले नेकपा नेता बीसीलाई बेपत्ता बनायो

काठमाडौँ : सरकारले सर्वोच्च अदालतको आदेश लत्याउँदै नेकपा नेता लालबहादुर बीसीलाई बेपत्ता बनाएको छ ।

सर्वोच्चले शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्जसमेत रहेका लालबहादुर बीसीलाई सुनसरी जिल्ला अदालतका श्रेस्तेदारको रोहवरमा आजै थुनामुक्त गर्नू भन्ने आदेश दिएको थियो तर थुनामुक्त हुनासाथ प्रहरीले सुनसरीबाटै उनलाई बेपत्ता बनाएको हो ।

सर्वोच्च अदालतमा शुक्रबार भएको बहसपछि नेकपाका नेता बीसीलाई प्रवृत्त भावना राखी अदालत परिसरबाटै गिरफ्तार गरेको भन्दै उक्त थुना गैरकानुनी भएकाले तत्काल थुनामुक्त गर्न आदेश दिए पनि प्रहरीले कहाँ लग्यो भन्ने थाहा नभएको भन्दै परिवारका सदस्यहरूले चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान राउत र तेजबहादुर केसीको इजलासमा भएको बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना, मनोहर लामिछाने, चूडाबहादुर निरौला र राजु अधीकारले बहस गरेका थिए ।

नेता बीसीलाई सरकारले भदौ १८ गते चितवन अदालतबाट रिहा भए पनि पुनः गिरफ्तार गरी सुनसरी पुर्याएर हातहतियार तथा सङ्गठित अपराधमा मुद्दा चलाएको थियो । प्रहरी नियन्त्रणमै रहेको बेला उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!