नेपालमा आज १,४९७ जना कोरोना सङ्क्रमित थपिए, १७ मृत्यु

नेपालमा आज १,४९७ जना कोरोना सङ्क्रमित थपिए, १७ मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,४९७ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६९ हजार ३०१ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या १८,४३७ रहेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४५३ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ४५७ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ५० हजार ४११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :