स्याङ्जामा पहिरोले १० जनाको ज्यान लियो

स्याङ्जामा पहिरोले १० जनाको ज्यान लियो

काठमाडौँ : स्याङ्जाको वालिङ तमागीमा गएको पहिरोमा परि एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १४ तमादीमा गएको पहिरोमा परि एकै परिवारका ९ जनाको मृत्यु भएको हो ।

पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली, ९ वर्षीय विवश नेपाली र एक बालकको रहेकाछन् । पहिरोमा परेका मध्ये एक जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

यस्तै कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जनाकोे मृत्यु भएको छ । यो सँगै स्याङ्जामा बिहिबार पहिरोबाट मृत्यु हुनेको सख्या १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :