३ विद्यार्थी सङ्गठनले भने – भड्किला विज्ञापन गर्ने ट्रेनिङ सेन्टर बन्द गर

काठमाडाैँ : दाङमा क्रियाशील विभिन्न ३ विद्यार्थी सङ्गठनले दाङमा CTEVT द्वारा मान्यता प्राप्त कलेज भन्दै ३ महिने र ६ महिने सिप परिक्षण गराउने अनुमति लिएका र केही अवैधानिक रुपमा संचालनमा आएका ट्रेनिङ सेन्टरहरुले विद्यार्थी, अभिभावक हरुसँग भड्किला र आकर्षक खाले प्रचार प्रसार गर्दै १८ महिने कोर्ष पढाइ हुन्छ भन्दै अबैध रुपमा लाखौ रकम असुलेर विद्यार्थीहरुको भबिस्यमाथी खेलवाड गरिरहेको भन्दै तत्काल यस्ता कार्य तत्काल रोक्न  माग गरेका छन् ।

अहिले चलिरहेको वैकल्पिक सिकाइ प्रभाकारी नभएको भन्दै विद्यार्थी सङ्गठनहरूले स्वास्थ्य सावधानी अपनाउदै विद्यालय संचालनको बातावरण बनाउन माग पनि गरेका छन् । निजी विद्यालय र क्याम्पसहरूले अनलाइन कक्षाका नाममा चर्को शुल्क लिइरहेको भन्दै यस्ता शिक्षण संस्थाहरूलाई कारबाही गर्न पनि विद्यार्थी सङ्गठनको माग छ । ३ विद्यार्थी सङ्गठनले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यातायातमा बढाइएको ५० प्रतिशत भाडादर खारेज गरी विद्यार्थीलाई दिइँदै आएको सहुलियत कार्यान्वयन गर्न र खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरूमा भइरहेको कालोबजारी नियन्त्रण गर्न पनि माग गरेका छन् ।

विज्ञप्तिमा अनेरास्ववियुका दाङका संयोजक जंग रोका, नेविसंघ दाङका सभापति टोपबहादुर बुढाथोकी र अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अनिल केसीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :