नेकपा पाल्पाद्वारा पहिरो पिडीतको राहत र उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन

नेकपा पाल्पाद्वारा पहिरो पिडीतको राहत र उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले विगत ३ दिनदेखी परेको अविरल बर्षाका भएको धनजनको क्षतिप्रति दुःख ब्यक्त गरेको छ । नेकपाका पाल्पा जिल्ला इन्चार्ज प्रविणले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाको फोक्सिङकोट सुरुङ डाँडाकी २७ बर्षीय गर्भवती मोतीसरा गाहाको मृत्यु भएको भन्दै दुःख ब्यक्त गरेका छन् ।

यस्तै विज्ञप्तिमा प्रवीणले बेलाङगाका होमबहादुर गाहा सहित उनकी श्रीमति धनीसरा गाहा, छोरी कृष्ण गाहा, नातिनी खिमा आले र लक्ष्मी आले बेपत्ता भएको भन्दै घटनामा परि हराईरहेकाहरुको खोजी तथा उद्धारको लागि सबै सरोकारवालासँग जोडदार माग गरेका छन् ।

यस्तै विज्ञप्तिमा गैडाटोल निवासी १४ बर्षीया घाइते अन्जु पुनको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । साथै विज्ञप्तिमा पहिरोमा परि समस्यामा परेकाहरुलाई राहत तथा उद्धारकार्यमा लाग्न जबस र मोर्चाका प्रतिनिधिहरुलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :