फेरि लकडाउन गर्न आईसीएसको सिफारिस

फेरि लकडाउन गर्न आईसीएसको सिफारिस

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या ६७ कटेको बेला सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार चार सय १४ रहेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या हरेक दिन हजारको दरले थपिइरहेको बेला सङ्क्रमितको सङ्ख्या २५ हजार पुगेपछि पुनः लकडाउन गर्न इन्सिडेन्स कमान्ड सिस्टम (आईसीएस) ले सरकारलाई सिफारिस गरेको छ ।

आईसीएसको बुधबार बसेको बैठकले सक्रिय सङ्क्रमित २५ हजार नाघेपछि बन्दाबन्दी गर्न सरकारलाई सिफारिस गरेको हो ।

स्वास्थ्य जनशक्ति र भौतिक संरचनाका कारण देशमा २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित भएमा उपचार र व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय गर्नुपरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै बढिरहेको तर उपचारमा खटिने स्वास्थ्यकर्मीहरूको ठूलो सङ्ख्या सङ्क्रमित भएका कारण २५ हजार सक्रिय सङ्क्रमित थपिए कम्तीमा एक महिना लकडाउन गर्न आईसीएसले सरकारलाई सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :