अखिल (क्रान्तिकारी)द्वारा कैलालीमा रक्तदान

अखिल (क्रान्तिकारी)द्वारा कैलालीमा रक्तदान

काठमाडौँ : अखिल (क्रान्तिकारी)को आयोजनामा कैलालीको धनगढीस्थित रेडक्रसको ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अस्पतालमा रगत अभाव भएको र रगत चाहिने बिरामीलाई समस्या भइरहेको बेला अखिल (क्रान्तिकारी) कैलालीले रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य बबरजङ्ग सिंह, नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर इन्चार्ज अनमोल, क्रान्तिकारीका जिल्ला अध्यक्ष सुबास किरण जोशी, पार्टी नेता सरोज, युवा संगठन नेपाल कैलालीका अध्यक्ष बिष्णु देवकोटा, संगठनको जिल्ला सचिव महेश पातलीलगायतले रक्तदान गरेका छन् ।

कोरोना महामारीका बेला भएको रगत अभावलाई केन्द्रित गरेर अखिल (क्रान्तिकारी)ले देशब्यापी रक्तदान कार्यक्रम गरिरहेको जिल्ला अध्यक्ष सुबास किरण जोशीले जानकारी दिएका छन् । सरकारले नेकपाका नेता र विद्यार्थी संगठनका नेता काकार्यकर्ताहरुलाई समेत गिरफ्तार गर्ने, नभएका आरोप लगाएर कारागार चलान गरिरहे पनि आफ्नो संगठनले मानवीय धर्म कहिल्यै नछाड्ने उनले बताएका छन् । रक्तदान गर्ने रक्तदाताहरुलाई प्रसंशापत्र समेत बितरण गरेको र संगठन उद्धार तथा रचनात्मक कार्यमा अग्रसर रहेको क्रान्तिकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :