पहिरोले नारायणगढ–मुग्लिन सडक बन्द

यात्रुलाई जोखिम मोलेर यात्रा नगर्न आग्रह

पहिरोले नारायणगढ–मुग्लिन सडक बन्द

काठमाडौँ : मङ्गलबारदेखिको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकमा पहिरो जाँदा सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । गाडी बाटोमै रोकिँदा यात्रु अलपत्र परेको जनाइएको छ ।

बुधबार दिउँसो इच्छाकामाना गाउँपालिका ६ चारकिलोमा पहिरो खसेपछि दुईतर्फी गाडी नै बन्द भएका छन् । बाटो खुलाइए पनि माथिबाट पहिरो जाने क्रम नरोकिएकाले अत्यन्त जोखिम भएको भन्दै प्रहरीले सकेसम्म यात्रा नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :