निर्वाचनबारे नेकपाको समीक्षा

 

पहिलो चरणको स्थानीय तहको निर्वाचन घोषणालगत्तै उपत्यकामा ललितपुरका सुरेश लामाबाट शुरुभएको गैरन्यायिक गिरफ्तारी चुनाव अन्त्यसम्म पुग्दा २६ जनालाई गिरफ्तार गरिएका थिए । जसमध्ये २१ जना नेपाल कम्युनिस्ट पार्टीकका नेता–कार्यकर्ता र ५ जना कुनै दल वा समूहसंग सम्बन्ध नभएका जनता थिए । त्यसैगरी पक्राउ पर्नेहरुमा ईटा भट्टामा काम गर्ने, सडक पसले, यातायात मजदुर थिए । जनयुद्धकालमा शाही सेनाले पक्राउ गरिएका व्यक्ति तामाङ जातिको भएमा ‘तामाङ पनि माओवादी हुँदैन रु’ भन्दै थर्काउथे । आज ‘ईटा भट्टामा काम गर्ने पनि माओवादी हुँदैन रु’ भन्दै थर्काए । हिजो देउवा र कोइरालाले धम्क्याउँथे । आज जनता थर्काउँन लाममा दाहालहरु थपिएका छन् । जनयुद्धको समयमा पक्राउ पर्नेहरुलाई मदिरा सेवन गरेर होहल्ला गरेको, जुवा खेलेको, चोरी गरेको लागुऔषद आदि मुद्दा भिराएर बदनाम गरिन्थ्यो । काठमाडौंका सडकमा सेनाको कमाण्डोले ‘चोर, चारे’ भन्दै माओवादी कार्यकर्तालाई सडकबाट अपहरण गरेर वेपत्ता पाथ्र्यो । अहिले त्यही चक्र दोहोरिएको छ । अमुक–अमुक नेताहरुलाई घरबाट पक्राउ गरेर केटी जिस्क्याएको, प्रहरीलाई ढुङगामुढा गरेको, सडकमा होहल्ला गरेको जस्ता मनगढन्ते आरोपहरु प्रहरीद्वारा थोपरिएको छ । जसले जनतामा प्रजातन्त्र र कानुनी राजप्रति अविस्वास बढाउँदै तथा हिंसात्मक प्रतिरोधप्रति ढल्काउँदै लगेको छ । देशैभरिकै स्थिति त्यही प्रकारको छ ।
संसदीय दलहरु एउटाले अर्कामाथि गुपचुप आक्रमन गर्ने तर नेकपालाई भिराउने झेली खेल पनि भएका छन् । पोखरा माछापुच्छ्रे चोकमा नेपाली काङ्ग्रेसका उम्मेदवारको बाहनमा उनीहरु मध्ये कसैले आक्रमण गरेर नेकपाले गरेको भनी प्रचार गरियो । नुवाकोटसहित धेरै स्थानमा त्यसो भयो ।
जनयुद्धका समयमा एमालेले जेजसो गथ्र्यो, अहिले त्यही काम क्रान्तिकारी शक्तिको विरुद्ध प्रचण्डहरु गर्दैछन् । धेरै जिल्लामा प्रहरी बोकेर प्रक्राउ गर्दै हिड्ने बन्दीका आफन्तमार्फत पार्टी छोडेकोे वक्तव्य देउ हामी छुटाउँछौं भन्दै हिडेका छन् । जसका कारण प्रचण्ड समूहप्रति प्रतिरोध गर्न नेकपाको नेतृत्वमा दबाव बढिरहेको अवस्था छ ।
दाहाल–देउवा सरकारका गृहसचिवले वैशाख २५ गते नै ६८ जना नेकपाका कार्यकर्ता पक्राउ गरेको दाबि गरेका थिए । मसान्तसम्म पुग्दा त्यो संख्या २ सय नाघेको थियो । क्रान्तिकारी आकांक्षा राख्ने जनतालाई थुनेर, मारेर बन्दुकको घेराभित्र संसदवादी तत्वहरुले नयाँ ठगहरु चुनेको छ । जसप्रति जनयुद्धको धारा जवाफदेही हुनेछैन । उनीहरुको सत्ता स्विकार्ने छैन । दाहाल–देउवा अस्लिल गठबन्धनका गृहसचिवले ‘‘व्यवस्था नै नमान्नेसंग कसरी ‘डिल’ गर्ने रु भन्ने समस्या छ’’ भनेर सरकारी अकर्मण्यता प्रकट गरेका छन् । तर नेकपाका कुनै भ्रम छैन । यता नेपालमा नेकपा टाउकको दुःखाईको विषय भैरहेको बेला उता भारतमा भाकपा ९माओवादी० को गतिविधि झनै बढेको छ । भारतमा माओवादी विद्रोह दिल्लीको अर्थात राज्यको केन्द्रमा पुगिसकेको देखिन्छ । विश्व प्रसिद्ध भारतीय लेखक अरुन्धती रायले ‘माओवादीलाई दमन गर्न पाइन्न’ भन्नासाथ भाजपारुपी लठैतहरुले रायलाई फासी दिनु पर्ने नारा उकालेका छन् । त्यसैगरी रोयले ‘भारत सरकार कस्मिरको समस्या सुन्नै चाहान्न, अनि कसरी शान्ति हुन्छ’ भनेपछि गुजरातमा काण्डका हत्याराहरु पागल बनेका छन् । यता घटना कति र कुन स्तरका भए–गरिए भन्दा पनि नेकपाले क्रान्तिको झण्डा दृढतापूर्वक उठाएको प्रमाण पदर्शन गरेको छ । आफूलाई गैरसंसदीय धारा र प्रवृत्तिका रुपमा स्थापित गरेको छ । उसका नेता–कार्यकर्ताको मनोबल बढ्दै गएको छ । निकट भविस्यमा प्रचण्ड समूहमा पहिरो जाने र नेकपातिर ध्रुविकरण बढ्दै जानेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :