रिहा हुनसाथ गिरफ्तार

buddha gur
बुद्ध गुरुङ

काठमाडौंः जेठ १७, धादिङमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रिहाई भएको मिनेटभरमा प्रहरीले पुनः गिरफ्तार गरेको छ । वैशाख २२ गते बेलुका मलेखुबाट ताल्ती हिडेका १२ जनालाई गुम्बा डाँडाबाट गिरफ्तारमा परेका थिए । उनीहरु प्रत्येकलाई एक–एक हजार धरौटीमा मंगलबार जिल्ला प्रशासन कार्यालय धादिङले रिहा गरेको मिनेटभरमा प्रहरीले पुनः गिरफ्तार गरेको हो । गिरफ्तार पर्नेहरुमा बुद्ध गुरुङ जनसरकार प्रमुख तथा जिल्ला सचिवालय सदस्य, राजकुमार गुरुङ जिल्ला सचिवालय सदस्य तथा को केन्द्रीय सदस्य, सुन्दर तामाङ जिल्ला सचिवालय सदस्य र जिल्ला सदस्यहरु सुर्य तामाङ, राजुघले, मनोज घले, धनबहादुर घले, भिम विश्वकर्मा लगायत छन् । 

 रामबहादुर तिरुवा
रामबहादुर तिरुवा

त्यसैगरि ललितपुरबाट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रामबहादुर तिरुवालाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार दिउँसो लालितपुरस्थित किष्ट हस्पिटलबाट प्रहरीले गिरफ्तार गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :