प्रकाण्डलगायत नेताकार्यकर्ताहरू रिहाइको माग राख्दै विभिन्न ठाउँमा विरोधसभा

काठमाडौँ : केपी ओली–पुष्पकमल दाहाल सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई मङ्गलबार बेलुका ७ः३० बजे काठमाडौँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै विभिन्न जिल्लामा विरोधसभा कार्यक्रम गरेको छ । उक्त पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अन्तर्गत आज अर्थात शनिबार विभिन्न जिल्लाले विरोधसभा कार्यक्रम गरेका छन् । यसैबीच नेकपा रुकुमले विरोधसभा कार्यक्रम सम्पन्न गरेको छ । उक्त पार्टीले विरोध सभा कार्यक्रम रुकुममा सम्पन्न गरेको हो ।

कार्यक्रमलाई अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य दिपक बिष्ट ‘बादल’ले सम्बोधन गरेका थिए । उनले पार्टीका प्रवक्ता प्रकाण्डलगायत नेताहरुलाई बिनासर्त रिहाइको माग गर्दै गरेका छन् । साथै, बादलले भोलीको भन्डाफोर कार्यक्रममा सहभागि हुन सम्पुर्ण बुद्धिजीबी व्यापारी र आम जनसमुदायलाई अपिल समेत गरेका छन् । विरोध सभाको संचालक पुर्णचन्द्र खड्का गरेका थिए । यसैगरी नेकपा कैलालीले कैलालीको दुर्गौलीमा विरोधसभा सम्पन्न सम्पन्न गरेको समाचार प्राप्त भएको छ । 

यसैगरी महोत्तरीको बर्दिबासमा प्रकान्डको रिहाइको माग गर्दै विरोधसभा गर्दै नेकपा निकट अखिल (क्रन्तिकारी)ले विरोध सभा सम्पन्न गरेको जनाएको छ । उक्त कार्यक्रममा अखिल (क्रन्तिकारी)का केन्द्रीय सचिव सन्तोसी भट्टराई र विद्यार्थीका जनक्पुर ब्युरो इन्चार्ज दिनेशले सम्बोधन गरेका छन् । 

उक्त पार्टीले कोणसभा देखि नेपाल बन्द सम्मको कार्यक्रम घोषणा गरिसकेको छ । प्रकाण्डसहित तीन जनालाई बुधबारै पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न भनी टेकु प्रहरी हिरासतमा राखिएको थियो ।

याे पनि पढ्नुहाेस्

नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तार, प्रतिरोधमा २९ गते नेपाल बन्द

नेकपाका प्रवक्ता प्रकाण्डलगायत सबै नेताकार्यकर्ताहरुलार्इ बिनाशर्त रिहा गर : क्रान्तिकारी माओवादी

नेकपाका प्रवक्ता प्रकाण्डलगायत नेता–कार्यकर्ताहरुमाथिको दमन तथा धरपकड बन्द गर – ऋषिराम कट्टेल, अध्यक्ष, नेकपा

नेकपाका नेता–कार्यकर्ताहरुमाथिको दमन तथा धरपकड बन्द गर – संयुक्त जनप्रगतिशील मोर्चा युरोप

नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तारीप्रति माओवादी केन्द्रको विरोध तथा भत्र्सना

हत्कडीको कुरा छोड्नुस, जनताको अधिकारका लागि बलिदान दिन तयार छौं : प्रकाण्ड, प्रवक्ता, नेकपा

नेपाल बार एशोसिएसनका अध्यक्ष केसीद्वारा नेकपाका प्रवक्ता प्रकाण्डसँग भेटघाट

२०७५ साउन २६ गते  शनिबार बेलुका ७ :  ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :