जनसांस्कृतिक महासङ्घ ललितपुर जिल्लाको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा सागर

ललितपुर : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ ललितपुर जिल्लाको दोस्रो सम्मेलन शनिबार सम्पन्न भएको छ । कार्यक्रममा महासङघका महासचिव खेम थपलियको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनले हरिबहादुर बुढा ‘सागर’ को नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यसमितिहरु उपाध्यक्षमा राम परियार, सचिवमा विवेक चलाउने र कोषाध्यक्षमा चन्द्रकला भट्टराई रहेका छन् । सदस्यहरुमा प्रेरणा बिसी, विश्वर बिष्ट, निकिता श्रेष्ठ, सोनिया श्रेष्ठ, बालकुमारी श्रेष्ठ, टार्जन रसाइली, अनिता खड्का, मगर सुन्दर विसी, निर्मला विक, शोभा परिवारलगायत छन् । प्रमुख अतिथि खेम थपलियाले नजनिर्वाचित कार्यसमितिलाई कार्यकालको शुभकामना ज्ञापन व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रतिबद्ध र सञ्चालन सागरले गरेका थिए ।
२०७५ साउन २६ गते शनिबार बेलुका ९ :३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :