नेकपाका प्रवक्ता प्रकाण्डलगायत नेता–कार्यकर्ताहरुमाथिको दमन तथा धरपकड बन्द गर – ऋषिराम कट्टेल, अध्यक्ष, नेकपा

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नेकपाका प्रवक्ता प्रकाण्डलागायत नेताहरुको गिरफ्तारीको निन्दा तथा विरोध गरेका छन् । उक्त पार्टीका अध्यक्ष कट्टेलले बुधबार प्रेस वक्तव्य जारी गदै उक्त पार्टीका प्रवक्ता प्रकाण्डसहित सबै गिरफ्तारीमा परेका नेताकार्यकर्ताको बिनाशर्त रिहाइको जोडदार माग गरेका हुन् ।

उनले विप्लवलगायतका नेता–कार्यकर्ताहरुलाई वारेन्ट जारी गर्ने र शान्तिपूर्ण कार्यक्रमहरुमाथि प्रहरी हस्तक्षेप गर्ने जस्ता कुकार्य समेत रोक्न आग्रह गरेका छन् । आमुल परिवर्तनको निम्ति संयुक्त जन संघर्षलाई अघिडाउन उत्पीडित वर्ग तथा समुदायका जनतालगायत सबै न्यायप्रेमी जन समुदायलाई अध्यक्ष कट्टेलले अपिल गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका केन्द्रीय नेता तथा पार्टीका प्रवक्ता क. प्रकाण्ड (खडग बाहादुर विस्वकर्मा) लाई फासिस्ट ओली सरकारले गिरफ्तार गरी अमानवीय यातना साथ राखेको कुरा सार्वजनिक भएको छ । प्रकाण्ड मात्र हैन यो पार्टीका थुप्रै नेता–कार्यकर्ताहरु दलाल सरकारको जेलमा रहेका छन वा अनेकन झुटटा मुद्दा खेपिरहेका छन । ओली सरकारको यस्तो कुकृत्यको नेपाल कम्युनिष्ट पार्टी घोर निन्दा र विरोध गर्दछ र प्रकाण्डलगायत सबै गिरफ्तार कमरेडहरुलाई बिनासर्त तत्काल रिहाई गर्न जोडदार माग गर्दछ । साथै, विप्लवलगायतका नेता–कार्यकर्ताहरुलाई वारेन्ट जारी गर्ने र त्यसपार्टीले गर्ने शान्तिपूर्ण कार्यक्रमहरुमाथि समेत हस्तक्षेप गर्ने कुकार्य समेत रोक्न नेकपा आग्रह गर्दछ । जनताका आवाजहरुलाई दमनको सहारावाट दवाउन सकिन्छ भन्ने दुस्वप्न नदेख्न ओली र यिनका दलालहरुलाई नेकपा सचेत गराउछ र आमुल परिवर्तनको निम्ति संयुक्त जन संघर्षलाई अघिडाउन उत्पीडित वर्ग तथा समुदायका जनता लगायत सबै न्यायप्रेमी जन समुदाय लाई अपील गर्दछ ।’

२०७५ साउन २४ गते  बिहीबार अपरान्ह ४ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :