नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तारीप्रति माओवादी केन्द्रको विरोध तथा भत्र्सना

गोपाल किराती ‘साइला’

काठमाडौँ : गोपाल किराती ‘साइला’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले नेकपाका प्रवक्ता प्रकाण्डलाई गिरफ्तारीको विरोध तथा भत्र्सना गरेको छ । उक्त पार्टीका पार्टीका महासचिव कर्णजीत बुढाथोकी ‘शुसिल’ ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन् ।

महासचिव शुसिलले नेकपाका प्रवक्ता प्रकाण्डलगायत अन्य दुई जनालाई गिरफ्तार गर्नु ओली–प्रचण्ड सरकारको जनविरोध कार्य र परिवर्तन विरोधी चरित्र उदाङ्गिएको बताएका छन् । देशमा भ्रष्टाचार, बलात्कार, अपहरण, सीमा अतिक्रमण जस्ता समस्याले देश आक्रान्त पारेको बताउँदै त्यसको समाधान गर्नुको साटो राजनीतिक आन्दोलनमा लागि रहेका नेताहरुलाई गिरफ्तार गरिरहेको भन्दै शुसिलले सरकारको विरोध गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘देश, जनता र वर्गको निम्ति गरिएको राजनीतिक आन्दोलन र उक्त आन्दोलनमा समाहित नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरिनुले केपी ओली सरकारको जनविरोधी र परिवर्तन विरोध चरित्र उदाङ्गिएको छ । नेकपाको पार्टी प्रबक्ता कमरेड प्रकाण्डलगायत अन्य दुई जनालाई गरिएको गैरकानुनी गिरफ्तारीलाई हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ ।’

महासचिव शुसिलले प्रवक्ता प्रकाण्डलाई सरकारले गैरकानुनी रुपमा गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेका छन् ।
२०७५ साउन २४ गते बिहीबर  अपराह्न ५  : ५८ ममा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :