नेकपाका नेता–कार्यकर्ताहरुमाथिको दमन तथा धरपकड बन्द गर – संयुक्त जनप्रगतिशील मोर्चा युरोप

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा, यूरोपले पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड, पोलिट ब्युरो सदस्य पदम राई, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यलगायत सयौं नेता–कार्यकर्ताहरुलाई दमन तथा घोर भत्र्सना गरेका छन् । विभिन्न समयमा गिरफ्तारीमा परेका सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई बिनाशर्त तत्काल रिहाइ गर्न संयुक्त मोर्चाले जोडदार माग गरेको छन् । यसरी रिहाइको माग गर्दै युरोपबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष्य विष्णु भुजेल, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष मेख तमु, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापो, नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगलका संयोजक इन्द्र न्यौपाने, नेपाली जनप्रगतिशील मोर्चा, स्पेनका संयोजक इश्वर शर्मा, नेपाली जनप्रगतिशील मोर्चा युरोप तथा संयोजक नेपाली जनप्रगतिशील मोर्चा, पोल्याण्डका महासचिव सुवर्णबाबु सापकोटा, नेपाली जनप्रगतिशील मोर्चा, बेलायतका संयोजक टिएन रिजाल, नेपाली जनजाती सरोकार मन्च, बेल्जियमका अध्यक्ष बदन योङ्गहाङ्गरहेका छन् । संयुक्त जनप्रतिशील मोर्चाले ‘कम्युन्स्टि नामधारी केपी ओली नेतृत्वको सरकारले देशको विकास र नेपाली जनतालाई राहत दिएर समाजवादी दिशामा अघी बढ्नुको साटो फरक राजनैतिक तथा वैचारिक आस्थाका आधारमा गरिने गतिविधीमाथि ठाडो दमन गरेर सामाजिक फासीवादको अभ्यास गरी रहेको’ बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारद्वारा योजनाबद्ध रुपले गरिएको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिट ब्युरो सदस्य पदम राई, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यलगायत सयौं नेता–कार्यकर्ताहरुको गिरफ्तारीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
फरक राजनैतिक तथा वैचारिक आस्था प्रस्तुत गर्न पाउने नेपालको वर्तमान संविधानको समेत धज्जी उडाउंदै नेपाल सरकारले गरेको यो दमन तथा धरपकडको कडा शब्दमा घोर भत्र्सना गर्दै नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरुलाई बिनासर्त तत्काल रिहाइ गर्न जोडदार माग गर्दछौँ ।
तथाकथित कम्युस्टि नामधारी केपी ओली नेतृत्वको सरकारले देशको विकास र नेपाली जनतालाई राहत दिएर समाजवादी दिशामा अघि बढ्नुको साटो फरक राजनैतिक तथा वैचारिक आस्थाका आधारमा गरिने गतिविधी माथि ठाडो दमन गरेर सामाजिक फासीवादको अभ्यास गरी रहेको छ । एक एक गर्दै लोकतान्त्रिक अधिकार खोस्दै गएको छ । भेला , सम्मेलन, सभा तथा शान्तिपुर्ण प्रदर्शनीमाथि पनि प्रतिवन्ध लगाउने हर्कत गरेको छ । यस्तो हर्कत तत्काल रोक्न हामी नेपाल सरकारलाई आह्वान गर्दछौँ ।
दलाल पुँजीवाद तथा नोकरशाही संसदीय व्यवस्था र तिनका सरदारहरुको अन्त्य नभएसम्म नेपाली जनता विभेद, दलाली, भष्टाचार,महङ्गी, कालोवजारी, माफीयातन्त्र, गुण्डागर्दी जस्ता समस्याबाट पिल्सिरहनु पर्ने निश्चित छ । नेपाली समाजमा विद्यमान समग्र विकृतिहरुको विरुद्ध, राष्ट्रिय स्वाधिनता र वैज्ञानिक समाजवादी सत्ताको लागि संघर्षरत नेकपाको अभियान र नेपाली जनताको पक्षमा हुने सबैखाले आन्दोलनमा हाम्रो पूर्ण ऐक्यबद्धता रहने प्रतिबद्धता जाहेर गर्दछौँ । साथै, यस न्यायपूर्ण जनताको आन्दोलनको अविचलित रुपमा नेतृत्व गर्न हामी नेपाल कम्युनिस्ट पार्टीलाई हार्दिक अपिल गर्दछौँ ।’
२०७५ साउन २४ गते बिहीबार अपराह्न ५ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :