जनतालाई बन्दुकले छेक्नसक्दैन

आआफ्नो पालामा यो कुरा सबैले भन्छन् जनतालाई बन्दुकले छेक्नसक्दैन। जनता शक्तिशाली छन्। जनता सार्वभौम छ। के.पी वलीले यही कुरा भन्छन्। प्रचण्डले पनि यही कुरा भन्छन्। शेर बहादुर देउवाले पनि यही कुराको रट लगाउदथे। बिद्रोहीको त यही कुरा सत्य हुन्छ। उनीहरुको राज्य सत्ता हुदैन। यसैको लागि उनीहरु लडेका हुन्छन्।

जसै जसै परिआउँदछ, संशोधनबादी सत्ताधारीहरुले जनतालाई केही ठान्दैनन्। सर्वेसर्वा हुन्छन्। सेना प्रहरी सशस्त्र प्रहरी हुन्छ। यही देखेर नेताहरुको टेम्पर बढछ। केही देख्दैनन्। अन्धाधुन्ध गोली बर्षाउछन्। हिटलर पनि त घोंडाबाट खसेथे भन्ने बिर्सन्छन्। प्रचण्डले पनि यही भनेका हुन। सबभन्दा ठूला जनताहुन्।। तर अहिले ती ठूला जनताले धोका पाए। के भनेर जनतालाई युद्धमा होमे? के भनेर ब्याक अप भए? बिच मै छोडने भए किन शुरुगरे जनयुद्ध? सहीद परिवार, अपांग र घाइतेहरुको आवाज हो यो। १६ हजार होनहार जनताको रगत नेपाली धरतिमा पोखिएको छ। त्यही रक्तरञ्जित माटोबाट रक्तिम कमलहरु फुलिरहे छन्। यो संबेदनशील कुरा हो। हेक्का राख्नू— हृदयमा लागेको घाउ निको हुनेरहेन छ। यो घाउ पुस्तौंसम्म सर्ने रहेछ। स्कूलमा गएको छोरा साँझ घर आएन। भर्खर बिहे गरेका बेहुला बेहुली पनि जनसेनामा सामेल भए। कैयौंलाई मारे। हतियारहरु संकलन गरे। नेतालाई बुझाए। टाउकाको मोल तोक्ने बिरुद्ध लडेर शीर्ष नेताहरुलाई जोगाएर राखे जनजसेनाहरुले। कैयौं युवाहरु सहादत भए। घरघरमा रुवाबासी भयो। सुराकीहरु गाउँमा बस्न सकेनन्। जता ततै धुवाको मुश्लो उड्यो। आकाशमा कालो बादल मडारियो। तर बिस्तारबाद र साम्राज्यबादको निर्देशनमा रातारात १२ बुँदे सहमती गरियो। साम्राज्यबाद र बिस्तारबादको लागि खुशिको खबर भयो यो। भागेर शहर पसेकाहरुले फर्कने मौका पाए। संशोधनबादीहरु निकै रमाए। जनता जे सुकै गरुन्। नेताहरु पुरानै कुर्सीमा पदासिन भए। नयाँ परिबेशमा आएका नेताहरुले केही गर्लान कि भन्ने ठानेर सबभन्दा बढी सीट ल्याएर आए चुनाबमा। तर संबिधानसभाको चुनाबमा भने भगौडा भनेर तेस्रो पार्टीमा डिमोशन भए। निर्बाचनमा हार खानु धोकाको परिणाम हो। पछि गठबन्धनबाट केही सिट हातलाग्यो। यो मा.केको लागि सकारात्मक कुरा हो। एउटै बिचार एउटै लक्ष्य भएसि गठबन्धन हुनु केही आश्चर्यको कुरा भएन। यसमा किन पेट दुख्नू? खोला सागरमा पस्यो। यो हो माकेको बिलोपीकरण। एमाले त जहाँको त्यहीँ छ। उसलाई केही भएन। सत्ताको हरीयो घाँस देखाएर एमालेले तान्यो मा.के.। एमालेलाई सत्ता टिकाउन केही सीट चाहिएको हो। भयो। यसमा ने.का. डराएर रोइकराइ गर्नुपर्दैन। वास्तबमा तीनवटै पार्टीको बर्ग चरित्र एउटै छ। बाम भन्ने त नाममात्र हो। यसमा कम्युनिष्टको कनै गन्ध छैन। साइनो पनि छैन। जनतालाई भ्रमपार्न कम्युनिष्टको लोगो भने छ। पछि यही लोगोको पनि बोझ हुनेछ। कम्युनिष्टको आधारभूत सिद्धान्त केही छैनन्। बर्ग संघर्ष छैन। बर्ग समन्वय छ। राष्ट्रियताको स्खलन छ। समाजिक दलाल पुँजिबादले च्याँपेको छ। आइ एन जी ओले गाँजेको छ। जति समृद्धि र बिकास भने पनि हुने बिरुवाको चिल्लो पात छैन। कार्या नीति छैन। कुनै योजना र कार्यक्रम छैन। बोल्नलाई त जे बोले नि हुन्छ। सबैको समृद्धि र बिकास भए, सबैलाई गास,बास भए अरु के चाहियो र ।

पंचायत कसले ढल्छ भनेको थियो र । आखिरिमा ढलेर गयो। जनताले सत्ता परिवर्तन चाहन्छन्। अग्रगमन खोजेका हुन्छन्। यथास्थितिबादीहरुले भने पश्चगमनको यात्रा मनपराउछन्। राष्ट्रीय स्वाधीनतामा आँच आए देशभक्त एक जुट हुन्छन्। रातारात सत्ता कायापलट हुनसक्छ। जनताको साम्ने केही लाग्दैन। साच्चै नै जनता सबभन्दा ठूला हुन। बन्दुकले जनतालाई छेक्नसक्दैन। खाशमा भनेको साम्राज्यबाद बिस्तारबाद सामन्तबाद बिरोधी जनता हुन्। जसले जति भट्टाए पनि दलाल पुँजिबादमा सत्ताले स्वतन्त्ररुपले शासनगर्न सक्दैन। जगजाहेर छ साम्राज्यबाद र बिस्तारबादको निर्देशनमा राज्य चलेको हुन्छ। बिकास र समृद्धि देखाउने नारा हुन। यही बिहारी संसदबाट समृद्धि हुन सक्दैन। खै एमालेले पहिले पनि सत्ता सम्हालेको थियो। मा.के पनि सत्तामा बसेकै हो। कांग्रेस धेरैसम्म सत्तामा बस्यो। खै के भयो ? जस्ताको तस्तै। गिरिजाले पनि समाजबाद भन्थे। नामले केही गर्दैन। गरिबले पनि धन बहादुर नाम राख्न सक्छ। भारतीय प्रधान मन्त्रि मोदीले पनि त समाजबाद कै नारा लगाएका छन्। संसदबादको बिकृति बिसंगतिलाई ढाकछोप गर्न समाजबादको नारा आएको छ। साम्राज्यबादको चालबाजी हो यो।

अहिलेको नयाँ प्रसंग, प्र.म. के.पी. ओली भारत भ्रमणमा गएका छन् । जानु पनि पर्छ तर जनताले भारतबाट हुने असमान सन्धीको पराकाष्ठा बेहोरेका छन् । तीतो अनुभब छ । प्र.म.लाई हात खुट्टा बाँधेर पठाउनु पर्छ र ? म्यान्डेट पाएका प्र.म.ले आफ्नो बिबेकले देशको हीतमा जे पनि गर्नसक्छन् । तर इतिहासले संत्रस्त बनाएको छ । अरुण तेस्रोको शिलान्यास डिजिटल प्रबिधिबाट भारत मै गरिएको छ । यो हो भारतीय शासकको ठाडो हस्तक्षेप हो ।
स्रोत : रातो खबर साप्ताहिक
२०७५ वैशाख ७ गते शुक्रबार अपरान्ह ७ : ०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :