देशको रक्षक बन्न सबैलाई नेकपाका नेता विषमको आह्वान


दाङ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगर ‘विषम’ले देशको रक्षक बन्न सबैलाई आह्वान गर्नुभएको छ । अखिल (क्रान्तिकारी)को २१ औं राष्ट्रिय सम्मेलनलाई आज दाङको घोराहीमा सम्बोधन गर्दै बेलुकी नेपाली भएर सुत्ने तर बिहान अर्कै देशको नागरिक बनेर उठ्ने खतरा रहेको औंल्याउदै उहाँले सम्पूर्ण देशभक्तिहरु एकजुट हुन आह्वान गर्नुभयो । संसदीय व्यवस्थालाई नर्क जाने बाटोको संज्ञा दिदै उहाँले ‘नर्क जानलाई खनिएको बाटो जतिसुकै राम्रो भए पनि नर्क नै पुगिन्छ’ भनेझैं संसदीय व्यवस्थामा समाजवादी व्यवस्था स्थापना नहुने भन्दै संसदीय व्यवस्था अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने बाटोमा अघि बढ्न अपिल गर्नुभयो ।

वैज्ञानिक ज्ञान र वैज्ञानिक चेतनाको अभावमा अस्ति भर्खर कैलालीमा बोक्सीको आरोपमा १८ वर्षिया किशोरी निर्घात कुटपिट हुनुपरेको भन्दै वैज्ञानिक चेतना नहुँदासम्म रुढिवादी कुरीति संस्कारको अन्त्य नहुने भएकाले सम्पूर्ण समस्याको समाधान वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र गर्न गर्न सक्ने ठोकुवा गर्नुभयो । उहाँले नेपालमा परिवर्तन र जनताको अधिकारका लागि वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एक पटक जनक्रान्ति जरुरी रहेको बताउनुभयो । वैज्ञानिक शिक्षा र सुदृढ संगठनका लागि २१औं राष्ट्रिय सम्मेलन मूल नाराका साथ भएको सम्मेलनमा बोल्दै उहाँले युवा विद्यार्थीलाई आफ्नो भविष्य र अन्धकारलाई हटाएर उज्यालो बनाउन र वैज्ञानिक ज्ञानको चेतना जनतामा भर्न आवश्यक रहेको भन्दै त्यहि परिवर्तनका लागि जनयुद्ध भएको र जनयुद्धका उपलब्धी गुमेकाले अहिले देशको अवस्था भयावह रहेको उल्लेख गर्नुभयो ।
जनपरिषद प्रमुख समेत रहनुभएका सन्तोषसंसदीय व्यवस्था भएको अन्तिम सिन हेर्न बाकी रहेको बताउदै फिल्मको तीन भाग झैं पहिलो भाग १० वर्षे जनयुद्ध, जनयुद्धका त्यतिखेरका नायक मरिसकेको, खलनायकहरुले किनिसकेको, अपहरण भइसकेको र दोस्रो भाग १० वर्षे शान्ति प्रिरियड हो त्यो मध्यान्ह थियो अब अर्को सिन लड्न बाँकी छ त्यो नायकको नेतृत्वमा अन्तिम सिनको नायक तपाई हामी आफै बन्नुपर्नेछ कोहि किसानको पाठ, कोहि बुद्धिजीविको पाठ खेलौला, कोही सेनाको पाठ त्यसले मात्र क्रान्तिलाई पूरा गर्नेछ, त्यो अन्तिम सिनको नायक बन्न आह्वान गर्नुभयो ।
२१ वटा तोप पटकएर उद्घाटन भएको सम्मेलनलाई नेकपाका पोलिट ब्युरो सदस्य ओम पुन, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्द, विद्यार्थीका फ्याक्सन इन्चार्जलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सम्मेलन उद्घाटन हुनुअघि हजारौं विद्यार्थीहरुको ¥यालीले बजारका विभिन्न भागहरु परिक्रमा गरेको थियो । संगठनका अध्यक्ष पूर्ण सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लाल बहादुर तामाङले गर्नुभएको थियो । कार्यक्रममा सामना कलाकार, विभिन्न विद्यालयका कलाकार विद्यार्थीहरु, जलजला सांस्कृतिक परिवारलगायतका विभिन्न कलाकारले आफ्ना प्रस्तुति देखाएका थिए ।
आइबार उद्घाटन भएको सम्मेलनको बन्दसत्र २९ गते सम्म चल्नेछ । सम्मेलनले नयाँ नेतृत्वसहित आगामी कार्ययोजना तया गर्नेछ ।
२०७४ फागुन २८ गते बिहान १० :  ५०  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :