काठमाडौंमा रोल्पालीहरु संगठित हुँदै

काठमाडौं : रोल्पा–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्च गठन भएको छ । बुधबार काठमाडौंमा भएको भेलाले रणबहादुर पुनमगरको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । कार्यक्रममा मगर मुक्ति मोर्चाका महासचिव इन्द्रकुमार घर्तिमगरको प्रमुख र जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय कार्यलय सचिव पुर्ण श्रेष्ठको आतिथ्यमा सम्पन्न भएको हो । रोल्पा घर भई काठमाडौंमा अस्थायी वा स्थायी रुपमा बसोबास गर्ने रोल्पालीहरुको संगठित भई परोपकारी सेवा गर्नका लागि सम्पूर्ण उपत्यकाबासीहरुलाई भेला गराई सम्मेलन गर्ने संयोजक रणबहादुर पुनमगरले बताएका छन् ।
२०७४ फागुन २७ गते अपरान्ह ६ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :