ओली सरकार विरुद्ध उर्लियो / हजारौं सर्वसाधारण सडकमा

तस्विर : प्रकाश डुम्रे

काठमाडौं : एमाले–माओवादी केन्द्रको ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि प्रहरी दमन, हस्तक्षेप गरेको भन्दै कपिलबस्तु जिल्लामा हजारौं सर्वसधारण सडकमा उर्लिएका छन् । आइतबार कपिलबस्तुतको जितपुरमा जनजागरण तथा प्रतिरोध अभियान अन्तरगत सर्वसाधारण दलाल सरकार मूर्दावाद, धरपकड र गिरफ्तारी बन्द गर भन्दै सुरु भएको प्रदर्शन अहिले सभामा परिणत भएको पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका छन् । नेकपाका महासचिव विप्लवसहितका नेताहरुलाई जारी गरेको वारेन्ट खारेज गरिनुपर्ने, जारी धरपकड र गिरफ्तारी तत्काल बन्द गरेर शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न पाउनु पर्ने माग राखेर सर्वसाधारण सडकमा उर्लिएका हुन् ।

२०७४ फागुन २७ गते अपरान्ह ५ : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :