सिरिया युद्ध र यसका कारणहरू : करणसिंह बडाल

इसाई धर्मका उपल्लो तहका मिसिनरी जिसियसको अति गोप्य सपथ हा. एल्वोर्टो रिभेराद्वारा लिखित पुस्तक सबटेरिनियन रोम (भूमिगत अवस्थाको रोममा) सन् १८४३ मा प्रकाशित मा भनिएको छ, “इसाई विश्वासभन्दा बाहेकका सबै झुट्टा राजाहरू युवराजहरू, राज्यहरू र संघसंस्थाहरू तथा सरकारहरू अवैधानिक रहेकोले तिनलाई समाप्त पार्ने वचनबद्धता व्यक्त गर्दछु । अगाडि भनिएको छ, म यो ाचा गर्दछु कि जब अवसर मिल्नेछ, म युद्ध रच्नेछु र अथक रूपमा मच्चाउनेछु । छद्मभेषी, खुला र गोप्य सबै कुरा झुट्टा धर्मविरुद्ध, उदारवादी विरुद्ध जसरी निर्देशित छु, म तिनीहरूलाई यस सम्पूर्ण पृथ्वीबाट समाप्त पार्नेछु । जुन कार्य सफा पार्न कुनै लिङ्ग, उमेर वा अवस्थाको प्रवाह नगरी ती झुट्टा महाजनलाई झुन्ड्याउनेछु । उम्लिरहेको पानीमा पकाउनेछु, घाँटी अठ्याई मार्नेछु र जिउँदै गाड्नेछु । तिनका पेट जिउँदै चिर्नेछु साथै, तिनका महिलाका गर्भाशयलाई पनि र शिशुको टाउको पर्खालमा बजार्नेछु । ती तुच्छ जातिलाई मेटाउन यी कार्य सम्पन्न गर्नेछु । यस्ता कार्य खुला रूपमा गर्न नसकिएको खण्डमा म गोप्य रूपमा विषको प्याला, बन्दुकको गोली प्रयोगमा ल्याउनेछु । ती व्यक्तिको पद, मान, ओहदा, व्यक्तित्व र अधिकारिताको कुनै पर्वाह नगरी सार्वजनिक रूपमा वा इसाई तथा इसाई विश्वासीको समाजबाट कुनै उचित निर्देशन मिल्नेछ । आज सिरियामा इस्लामिक सिया धर्मको सत्ता पल्टाउनका लागि सबभन्दा बढी लागिपरेको छ भने त्यो देश हो अमेरिका । विशेषगरी अमेरिकी गुप्तचर संस्था जसका प्रत्येक कर्मचारी त्यही बाइबल छोएर सपथ लिने गर्दछन् र पदमा जिम्मेवारी पाउने गर्दछन् । अर्को सिरिया नरसंहारको वैचारिक कारण एकल इस्लामिक अस्तित्वको कारण पनि हो । यति मात्रै होइन, सिरियामा धार्मिक अन्तर्विरोध अत्यन्तै जटिल बनेको छ । आज संसार जसरी सिरिया बाहिरबाट सिरिया युद्धलाई बुझ्ने गर्दछन्, त्यसको यथार्थ त्यति मात्रै होइन । आर्थिक, सामाजिक र राजनीतिक कारण पनि त्यत्तिकै जिम्मेवार छन्, जसरी धार्मिक अन्तर्विरोध युद्धको कारकतत्वको प्रमुख कारकजस्तै देखिएको छ । सिरिया युद्धको उठान र महासङ्कट कसरी उत्पन्न भयो र पर्दापछाडिका कारण के के हुन् ? यो विषयमा गहिरो बुझाइ नहुँदासम्म सिरियाको युद्धको बारेमा तर्क गर्नु युक्तिसंगत हुँदैन । यसका विभिन्न कारण यस्ता छन् :

पहिलो : सिरिया युद्धको उठान सन् २०११ मार्चबाट भएको हो । यो युद्ध अरब पुनर्जागरण (अरब स्प्रिङ) आन्दोलनको प्रेरणाले अगाडि बढेको देखिन्छ । सन् २०११ मा अमेरिकी समर्थनमा लिबियाका शासक कर्नेल मोहम्मद गद्दाफीका सत्तालाई ध्वस्त पारियो । प्रजातन्त्र पुनर्वहालीका नाममा त्यसको प्रभाव समग्र अरब जगत्मा पर्न गयो र अरब देशहरूमा सरकारविरुद्ध प्रदर्शन भए । त्यो प्रदर्शनले पछि गृद्धयुद्धमा धकेलिएको देश हो सिरिया । जनसंख्याको हिसाबले इसाई धर्मको प्रतिस्पर्धी रहेको अरब जगत्मा हमला गरियो वा प्रजातन्त्रको नाममा आगो दन्काइयो, जसको नेतृत्व अमेरिकाले ग¥यो । यसर्थ, सिरिया युद्धको प्रथम कारण इसाई र इल्लाम धर्मबीचको अन्तर्विरोधको रूपमा देखाप¥यो । अन्य राजनीतिक आर्थिक कारणभन्दा धार्मिक रूपमा प्रयोग भूमिका रूपमा रणभूमि बन्यो सिरिया ।

दोस्रो : युद्धको अर्को मुख्य कारकतत्व कुलीनतन्त्र हो । सन् १९४६ अर्थात् दोस्रो विश्वयुद्धपछि फ्रान्सको उपनिवेशबाट सिरिया मुक्त भएको थियो । त्यसको तीन वर्षपछि सन् १९४९ को मार्चमा दुईओटा सैन्य कू भयो सन् १९४९ मा सैन्य सरकारका विरुद्ध जनमत बढ्यो । अन्ततः सेनाले शासन जनतालाई फिर्ता गरेको घोषणा ग¥यो । सन् १९५८ देखि ६१ सम्म इजिप्टले सिरियाको संसद्लाई हटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति सरकारको निर्माण ग¥यो । सन् १९६३ मा धर्मनिरपेक्ष बाथ क्षेत्रीय सरकारले कू ग¥यो । सन् १९७१ मा सेनाका कर्नेल हफेस अल असादी आफैँलाई राष्ट्रपति घोषणा गरे । उनले सन् २००० सम्म (मृत्यु नहुँदासम्म) सत्ता चलाइरहे । उनको मृत्युपछि उनका कान्छा छोरा बसर अल असाद सत्तामा आए । त्योसँगै धार्मिक रूपमा चलेको राज्यलाई प्रजातान्त्रिकतर्फ बढाउने भन्दै सन् २०१२ मा बसर अल असादले राष्ट्रपतिको निर्वाचन गराए, जसलाई विद्रोहीले बहिस्कार गरेका थिए । राजधानी एलेप्पो हमासलगायत ठूला सहरहरूमा सशक्त बहिस्कार गरियो । सरकारका विरुद्ध प्रदर्शन गरिरहेका विद्रोहीलाई अमेरिकी नेतृत्वको नाटोले समर्थन गरेसँगै असद सरकारलाई रुसले समर्थन ग¥यो । त्योसँगै युद्धले महासंकटको रूप लियो । यसरी सरकार विरोधी विद्रोहीलाई अमेरिकी समर्थन मिलेपछि युद्धले नरसंहारको मोड लिन पुग्यो ।

तेस्रो : सिरिया युद्धको तेस्रो कारण इस्लाम धर्मबीचमा रहेको अन्तर्विरोध हो । त्यो अन्तर्विरोध विशेषगरी सिया मुस्लिम र सुन्नी मुस्लिमबीचमा लामो समयदेखि (सातौँ शताब्दी) इस्लाम धर्मको उत्तराधिकारी को रहने भन्ने विषयमा विवाद छ । हाल सिरियामा राष्ट्रपति रहेका बसर अल असाद जो सिया समुदायका हुन्, यसरी सिरियामा ७५ प्रतिशत सुन्नी समुदायका मुस्लिम हुन् भने करिब १२% मात्र सिया रहेका छन् । अरब स्प्रिङपछि सिरियामा अमेरिकी गुप्तचर संस्थाले तथा इसाई धर्मका समर्थकहरूले अल्पसंख्यक सियाले बहुसंख्यक सुन्नीमाथि सत्ता लादेको छ; जुन अन्यायपूर्ण रहेकाले सुन्नी मुस्लिमकहरू असद सरकारको विरुद्ध आन्दोलन गर्नुपर्दछ भन्ने नारा लगाइयो । त्यसपछि आन्दोलनले उग्र रूप लिन पुग्यो । साथै, सडक आन्दोलनको स्वरूपमा परिवर्तन आएर सैन्यतर्फ मोडियो र फ्री सिरियन आमिदो गठन भयो । विद्रोहीलाई अरबौँ डलर बराबर अमेरिकी सहयोग आउन थाल्यो । विद्रोहीहरू विभिन्न सहर कब्जा गर्न सफल भए । यसरी सांंस्कृतिक तथा साम्प्रदायिकताको नारा युद्धको उत्प्रेरकको रूपमा अगाडि देखियो ।

चौथो : सिरिया युद्धपछाडि असफल खुला अर्थतन्त्र अर्थात् पुँजीवादी उत्पादन प्रणाली हो । वसर–अल असादको सत्तामा आगमन भएसँगै खुला अर्थनीतिलाई सबै क्षेत्रमा कार्यान्वयन गर्नतर्फ लागे । माक्र्सले भनेजस्तै पुँजीकृत वुकालबाट बनेको हुन्छ । यो जति श्रम चुस्दै जान्छ, त्यति नै मोटाउँछ, यही नै सिरियामा देखियो । असद सरकारले गरेको खुला अर्थनीतिले दुईवटा वर्गमा ठूलो खाडल देखियो । त्यो खाडलको समाधान पुँजीवादी अर्थतन्त्रको गर्भमा भेटिएन । फलतः त्यो अन्तर्विरोधको प्रतिबिम्ब आन्दोलनमा देखियो । त्यसरी अर्थतन्त्र सीमित व्यक्ति तथा निगमको हातमा पर्न गयो । बहुसंख्यक जनता टाट पल्टन थाले । त्यही अन्तर्विरोधको हल खोप्न आन्दोलनको उठान भयो तर आन्दोलनको सही तथा वैज्ञानिक कार्यनीति तथा संगठनको अभावमा आन्दोलन साम्प्रदायिकताको संक्रमणतर्फ ढल्यो र देशी–विदेशी शक्तिहरूको क्रीडास्थल बन्न पुग्यो ।

पाँचौँ : सिरिया युद्धको पाँचौँ कारण हो, विभिन्न इस्लामिक समूहको उदय । सन् २०१३ मा विद्रोही र इस्लामिक स्टेटका बीचमा भीषण युद्ध सुरु भयो । जनवरी २०१३ मा मुजाहाद्दिन लडाकु, विद्रोही (फ्री सिरियन आर्मी) र इस्लामिक फस्टले आईएसविरुद्ध कारबाही सुरु गरे । त्यो आक्रमण एलेप्पो–इदलिबमा गरेको थियो । २९ जनवरीमा अमेरिकी समर्थनमा टर्की सेनाले स्लामिक स्टेट लडाकुविरुद्ध एलेप्पो प्रान्तमा हवाई हमला ग¥यो । त्यसले युद्धमा घ्यू थप्ने काम ग¥यो ।

छैठौँ : सिरिया युद्धको उत्कर्षको चरण विदेशी हस्तक्षेप हो । टर्कीको हवाई हमलापछि (सन् २०१४ अगस्ट–डिसेम्बर) अमेरिकाले सिरियाको रक्वा र कोबानीमा अत्याधुनिक अमेरिकी फाइटर एयरक्राफ्ट बी १ बमबाड, एफ १८ एसले हवाई हमला ग¥यो । सुरुमा अमेरिकाले फ्री सिरियन आर्मी (विद्रोही) लाई खाद्यान्न र ट्रक उपलब्ध गरायो । त्यसपछि विद्रोहीलाई तालिम, नगद, सैन्यसम्बन्धी तालिम दिन थाल्यो । सन् २०१५ पछि ५०० मिलियन अर्थात् ५ खर्ब विद्रोहीलाई सहयोग गरिसकेको एक रिपोर्टले बताएको छ ।

सातौँ : ३० सेप्टेम्बर २०१५ मा रुसले सिरियामा आईएसविरुद्ध हमला गर्न पुटिनसँग माग ग¥यो । रुसले त्यसपछि हवाई आक्रमण सुरु ग¥यो आईएस आईएसविरुद्ध । यसरी रुस सरकारले असद सरकारलाई सहयोग गर्न पुग्यो । एकातिर विद्रोहीलाई अमेरिकाले सहयोग गर्न पुग्यो भने अर्कोतर्फ रुसले असद सरकारलाई । यसरी सिरियामा रुस र अमेरिकाको अप्रत्यक्ष युद्धको लुकामारी सुरु भयो सिरियामा ।

आठौँ : सिरिया युद्धको अर्को कारण विदेशी लडाकु संलग्नतालाई पनि मानिएको छ । पाकिस्तान र इरानबाट युद्ध गर्न सिया समुदायमा करिब ५,०००–१०,००० युवा धार्मिक युद्ध गर्न गएको भन्दै अमेरिकालगायत पश्चिमा मिडियाले अपुष्ट आरोप लगाउँदै आएका छन् । पाकिस्तानमा करिब १७% सिया मुस्लिमहरू रहेका छन् । उता इरानमा भने ९०% सियाहरूको बाहुल्य छ । यसरी सिरिया सरकारलाई सहयोग गर्न स्वयंसेवकका रूपमा इरान र पाकिस्तानले सहयोग गर्न पठाएको हुन सक्ने कारणहरू पनि प्रशस्त नै छन् । पहिलो पाकिस्तानको अमेरिकासँग राजनीतिक सम्बन्ध नराम्ररी बिग्रेको छ । दोस्रो इरानमाथि अमेरिकाले लामो समयदेखि आर्थिक नाकाबन्दी लगाएको छ । अर्को कारण, इजरायल, साउदी अरबजस्ता देश शक्तिशाली अरब देशहरूको सम्बन्ध अमेरिकासँग राम्रो रहेको छ । यता इरान र साउदी अरबको सम्बन्ध पनि हज गर्न जाने मुस्लिमहरूको र दुई देशबीचमा सम्बन्धका नाममा औपचारिकतामा सीमित छ । यसरी सिरिया सरकारका प्रमुख सिया सम्प्रदाय रहेका कारण इरान र पाकिस्तानले सहयोगस्वरूप सिया स्वयंसेवक सिरिया पठाएको होइन भन्न सकिने अवस्था छैन । सन् १९८४÷८५ को इरान–इराक युद्धमा ५,००० सुन्नी लडाकु धार्मिक युद्ध गर्न पाकिस्तानबाट इराक गएका थिए भन्ने साउदी अरबले आर्थिक तथा हतियार सहयोग इराकलाई गरेको थियो । त्यसै प्रकारको घटना सिरियामा पुनरावृत्त भएको हुन सक्ने विज्ञहरूले बताउँदै आएका छन् ।

नवौँ : सिरिया युद्धको उत्प्रेरकको काम गर्ने अर्को कारण हो– स्वतन्त्र कुर्दिस्तानको आन्दोलन । लामो समयदेखि आफगानिस्तान, इरान, इराक र सिरियाको उत्तरी क्षेत्रमा कुर्दिस समुदायले स्वतन्त्र कुर्दिस्तानको नारा लगाउँदै आएका हुन् । कुर्दिस्तान आन्दोलन सतहमा आउँछ भन्ने चिन्ता इरान, सिरिया र इराकको छ । सिरियामा संघर्ष गरिरहेका कुर्दिसहरूलाई इरानले आतंककारीको रूपमा लिएको छ । कुर्दिस तथा आईएसविरुद्ध हमला भन्दै इरानले सिरिया सरकारलाई ठूलो आर्थिक सहयोग गर्दै आएको बताइन्छ ।

दसौँ ः सिरिया नरसंहारको अर्को कारण क्षेत्रीय घेराबन्दी पनि हो । अरब जगत्का बहराइन, लेबनान, जोर्डन, कतार, युनाइटेड अरब इमिरेट्स, टर्की र इजरायलले त सिरियामा हवाई हमला पनि गर्दै आएका छन् । उनीहरूले इस्लामिक स्टेट अफ सिरिया र लाभास्टमाथि हमला गर्ने भन्दै हवाई आक्रमण गर्दै आएका छन् । सन् २०१७ मा अमेरिकासँग टर्कीको सम्बन्ध बिग्रिन पुग्यो । त्योसँगै अमेरिकी समर्थक विद्रोहीमाथि अफ्रिकन क्षेत्रमा टर्कीले स्थल–कारबाही सुरु गरेपछि विद्रोही संकटमा परेका छन् ।

सिरियामा जुन प्रकारको नरसंहार मच्चिएको छ, त्यसको प्रमुख कारकतत्व आन्तरिक नै हो । बाह्य तत्व जहाँ पनि सहायक नै हुने गर्दछ । सिरिया कुरुक्षेत्र बन्नमा जति बाह्य कारण जिम्मेवार छ, त्योभन्दा बढी जिम्मेवार आन्तरिक अन्तर्विरोध नै हो । यी सबैको समाधान खोज्न सुरु भएको आन्दोलन सही कार्यदिशा तथा कार्यनीतिको अभाव र विदेशी शक्तिहरूको चलखेल गर्ने अथवा हस्तक्षेप गर्ने अवसर पाए । फलस्वरूप राज्यविरुद्ध असमानता महसुस गरेका जनताले गरेको आन्दोलन धार्मिक तथा साम्प्रदायिकताको दलदलमा फस्न गयो । बाहिरी शक्तिको विशेषगरी अमेरिका तथा युरोपियन देशहरूले आन्दोलनलाई धार्मिक तथा साम्प्रदायिकतातर्फ सिफ्ट गर्न महत्वपूर्ण भूमिका खेले ।

अर्को, सिरियामा सामाजिक अन्तर्विरोधभन्दा पनि बढी सांस्कृतिक अन्तर्विरोधका कारण युद्धले उग्ररूप लिएको देखिन्छ । मुख्यतः अल्पसंख्यक सिया समुदायका नेता असदको नेतृत्वको सरकारले बहुसंख्यक सुन्नीमाथि शासन गरेको भन्दै पश्चिमाहरूले बढी नै उचाले । आर्थिक अन्तर्विरोधले मात्रै आन्दोलनले हिंसात्मकतर्फ संक्रमणको सम्भावना कम थियो । यसर्थ, छिमेकी तथा इसाई मिसनले चलाएका संस्था ‘सीआईए’ ले युद्धलाई बढाउन महत्वपूर्ण भूमिका खेले । अमेरिकी गुप्तचर संस्थाले खुला रूपमा मात्रै होइन, गोप्यरूपमा पनि विभिन्न देशमा सत्ता पल्टाएको छ । अहिले आएर सिरिया अमेरिका र रुसको अप्रत्यक्ष युद्ध भूमिका रूपमा परिवर्तन भएको छ । सिरिया मानवीय क्षति पनि ४ लाख बढी भइसकेको छ । ८५% जनता घरवारविहीन बनेका छन् । लाखौँ सर्वसाधारण छिमेकी देश लेबनान, बहराइन, टर्कीमा विस्थापित भएका छन् भने करिब १०% सुरक्षित रूपमा युरोप पुगिसकेका छन् । यसरी सन् १९७५ मा अमेरिका फ्रान्सले भियतनाममा सैन्य हमला गरे यताको सम्बन्ध ठूलै मानवीय क्षति करिब ६ वर्षमा सिरियाले व्यहोरेको छ । सिरिया युद्ध एकदम जटिल मोडमा पुगेको छ । सिरिया युद्धका पछाडि सरकार र विद्रोही मात्रै होइन, त्यसका पछाडि विविध कारणहरू रहेका छन्; जसको समाधान सजिलो तरिकाले हुने देखिँदैन । तसर्थ, यसको समाधान गर्न विश्वले गम्भीर भएर सोच्न जरुरी छ । सिरिया युद्धको समाधान खोज्न एकातर्फ रुसको समर्थन रहेको सरकार पक्ष र अर्कोतर्फ अमेरिकाको समर्थनप्राप्त विद्रोहीको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुनेछ भने सिरिया युद्धको समाधान कुनै एक पक्षको पराजय नहुँदासम्म नसुल्झिने अवस्था पनि उत्तिकै प्रवल रहेको छ । स्रोत : रातो खबर साप्तहिक
२०७४ फागुन २७ गते अपरान्ह २ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :