त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना / दुर्घटनापछि भीषण आगलागी

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटनामा भएको छ । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ ।
सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि भीषण आगो लागेको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । यात्रुसहितको विमान दुर्घटनामा परेकाले हताहती हुन सक्ने अनुमान गरिएपनि त्यसको एकीन पुष्टि हुन सकेको छैन ।
२०७४ फागुन २८ गते अपरान्ह ३ : ०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :