फासिवादतिर धकेलिंदै विश्व

अनिल शर्मा ‘विरही’

आज विशव हरेक दिन अन्धराष्ट्रवाद, आर्थिक संकट र त्यसको परिणामका रूपमा फासिवादी दिशामा उन्मुख भएको छ । आर्थिक संकट र अन्धराष्ट्रवादको कारण आन्तरिक उत्पीडन र क्षेत्रीय तथा विशवयुद्धको खतरा बढ्दै गएको छ । त्यस सन्दर्भमा विश्वका ५ वटा घटनाहरू उल्लेखनीय छन्, जुन छन् । टर्कीको असफल सैनिक संकट र डोनाल्ड ट्रम्पको विजय । यी घटनाहरूले अनेकाँै सह–उत्पादन गरेका छन् । जसले विश्व संकटलाई प्रतिबिम्बित गर्छन् ।

गत वर्ष अमेरिकामा निर्वासित एक जना धार्मिक नेताको अगुवाईमा टर्कीमा असफल सैनिक विद्रोह भयो । धार्मिक सुपुर्दगी गर्न टर्कीले अमेरिकासँग माग गर्दै आएको छ तर अमेरिकाले टर्कीको दावीसँगै टर्की अमेरिकी धु्रवबाट रूसी चिनी धु्रवतिर धकेलिएको छ । रूस र टर्कीका बीचमा ठूलो मात्रामा सामरिक आर्थिक सहकार्य भएको छ । टर्की मुस्लिम धर्मावलम्बी र युरोपियन मनोविज्ञान भएको देश हो । जसलाई युरोपको ढोकका पनि भनिन्छ । मध्यपूर्व र युरोप दुवैमा भइसकेको छ । उसले अमेरिकी दबाबलाई बेवास्ता गर्दै कुबेत, इरान र सिरियासँग सहकार्य गरिसकेको छ ।

स्पेन युरोपको ग्रीसपछि सबैभन्दा बढी आर्थिक संकट झेलिरहेको देश हो । स्पेनमा ९ वटा क्षेत्रहरू छन् । जसमध्ये क्याटालेनिया २१ लाख जनसंख्या भएको प्रदेश हो । सन् २००८ मा अमेरिका र युरोपमा आर्थिक महामन्दी आयो । पर्यटन र औद्योगिक नगरी क्याटालेनियाले आपूm सम्पन्न हुँदाहुँदै पूरै देशको भारी बोक्नुप¥यो । त्यसबाट असन्तुष्ट नागरिकले स्वतन्त्रताको माग चर्काए । गत अक्टोबर १ मा सो प्राक्तले जनमत संग्रहद्वारा स्वतन्त्र भएको घोषणा गयो । स्पेन पन्ध्रौँ शताब्दीमा गाभिएको हो । क्याटालेनिया संकटबाट युरोपको जग छल्लिएको ठानिन्छ । धेरैजसो युरोपेली नेताहरू न त्यहाँ सरकारले गरेको दमनको विरोध गर्न सक्छन्, न त शान्तिपूर्ण जनमतको समर्थन नै गर्न सक्छन् । ‘शान्तिपूर्ण ढङ्गले वार्ताद्वारा समस्याको समाधान’ बाहेक उनीहरूसँग कुनै जवाफ छैन । स्कटिस मुख्यमन्त्री निकोला स्टर्जनले क्याटालेनिया जनमतको सम्मान गर्नुपर्ने धारणा राखेपछि बेलायतमा नयाा तनाव सुरु भयो । झिनो मतान्तरले पराजित स्कटल्याण्डको स्वतन्त्रता आन्दोलन फेरि उठ्न सक्ने भयले बेलायत झस्किएको छ । उता इटालीको भेनेटो, लोम्बाडी र सार्डिनिया तथा जर्मनीको बाभारिया स्वशासित क्षेत्रमा पनि तनाव बढेको छ ।

युरोपको स्वतन्त्रता र पृथकतावादी आन्दोलनको पछाडि निगम पुँजीवादले पैदा गरेकको आर्थिक संकट जिम्मेवार छ । स १९९७–९८ मा युरोप र अमेरिकामा आर्थिक मन्दी हुँदा चीन र भारत प्रभावित भएनन् । त्यसको कारणबारे अर्थशास्त्री शाहनवाज आलम भन्छन्, “हाम्रो अर्थव्यवस्था त्यस बेलासम्म धेरै हदसम्म राज्य नियन्त्रित र मूलतः घरेलु आधारित थियो ।” यसबाट भन्न सकिन्छ, एककाधिकार पुँजीवाद नै आर्थिक संकटको कारक हो । आज निगम पुँजीवादले राष्ट्रको अस्तित्व नै समाज गरेको छ । राज्यले नेतृत्वकारी भूमिका गुमाएकको छ । सन् २०१४, सेप्टेम्म्बर नोभेम्बरको ‘भोर’ अजबारको सम्पादकीय भन्छ, “राज्य र निगम पुँजीवाद एकअर्कामा विलय हुने आवश्यक नै फासिवाद हो ।” राज्यले आफ्नो भूमिका र नेतृत्व गुमाउँदै जाँदा निगम पँुजीवाद फासिवादको रूपमा प्रकट हुँदैछ ।

ग्रिसको आर्थिक संकट समाधान गर्ने प्रक्रियामा सन् २००१५, जुलाईमा देशको आर्थिक उद्धारकका लागि अन्तर्राष्ट्रिय मुद्राकोष युरोपेली, केन्द्रीय बैंक र युरोपेली संघले थोपरेका कथित मितव्ययिताका कडा शर्तहरूलाई स्वीकार गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर गरिएको जनमत संग्रहमा ग्रिसेली जनताले भारी बहुमत (६१ प्रतिशत) ले कडा प्रतिवाद गरे । यसबाट ग्रिसका जनता निगम पुँजीवादको विपक्षमा छन् भन्ने प्रष्ट हुन्छ ।

सन् २०१६ मा बेलायतमा ‘बेलायत युरोपेली सङ्घमा रहने कि नरहने’ भन्ने विषयमा जनमत संग्रह भएको थियो । जनमत संग्रहले बेलायत सो सङ्घबाट अलग हुनुपर्ने पक्षममा बहुमतले फैसला ग¥यो । बेलायतको सबैभन्दा ठूला अर्थतन्त्र भएको बेलायत युरोपेली संघबाट अलग भएपछि युरोपेली संघको भविष्य नै संकटमा परेका छ । अमेरिका र बाँकी विश्वसँग सामरिक आर्थिक प्रतिस्पर्धाको लागि बनेको युरोपेली सङ्घ अपाङ्ग मात्र भएको छैन, अन्धराष्ट्रवाद प्रोत्साहित भएको छ । मंसिर १३ गते बेलायतको ब्रिटेन पहिलो नामक दक्षिनन्ंथी समूहको अन्धराष्ट्रवादी सोचलाई ट्रम्पले समर्थन गर्न पुगे । त्यसको बेलायती प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले गलत र अशोभनीय भन्दै निन्दा गरे भने बेलायती सांसद्हरूले डोनाल्ड ट्रम्पको हुन लागेकको बेलायत भ्रमण रोक्न सरकारसँग माग गरे ।

डोनाल्ड ट्रम्पले ‘अमेरिकी गौरवको पुनस्र्थापना ७ नोभेम्बर २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा नारा बनाए । त्यही नाराले उनलाई विजयी जनायो । त्यसको अर्थ हो, नवउदारवादमा आधारित साम्राज्यवादी भूमण्डलीकरणको विरोध र अमेरिकी अन्धराष्ट्रवादको पक्षपोषण । जसले अन्धराष्ट्रवादी मूल्यकोे आधारमा संरक्षणवाद हुँदै फासिवादतिरको यात्रा तय गरेको छ । हालसालै प्यालेस्टीनी राजधानी जेरूसलेलाई अमेरिकाले इजरायलको भन्ने मान्यता दिएपछि अमेरिका अझै विश्व–जनमतबाट अलग–थलग भएको छ ।

कट्टरतावाद र पृथकतावाद सबैजसो युरोपेली देशहरूको समस्या हो । बेग्जिटबाट लोकप्रिय भएको दक्षिणपन्थी आप्रवास विरोधी राजनीति फ्रान्समा पनि लोकप्रिय भएकको दक्षिणपन्थी आप्रवास विरोधी राजनीति फ्रान्समा पनि लोकप्रिय हुँदै गएको छ । उता त्यसै प्रकारका पार्टीहरू नेदरल्याण्ड र जर्मनीमा पनि लोकप्रिय बन्दै गएका छन् । सन् २०१६ सेप्टेम्बरको समकालीन तीसरी दुनिया’ मा स्वदेश कुमार सिन्हा भन्छन्, “आज सम्पूर्ण युरोप, अफ्रिका, एसिया तथा ल्याटिन अमेरिकी देशहरू, फ्रान्स, नेदरल्याण्ड, अष्ट्रिया (स्वेडेन, डेनमार्क, हंगेरीमा समेत) अनुदारवादी पार्टी तथा राजनेताहरूको लोकप्रियता बढ्नुमा अमेरिकी सत्ता प्रतिष्ठानहरूको हात छ ।” आफ्नो संकटलाई अमेरिका युरोपमा विस्तार गर्न चाहन्छ । फ्रान्स, जर्मनी र बेलायतजस्ता शक्तिशाली युरोपेली देशहरूको मोर्चाबन्दी अमेरिकी हितमा नहुन सक्छ । जसले अमेरिकी बजार खोस्दै आएका छन् । त्यसकारण युरोपमा अस्थिरता र विभाजन अमेरिकी रणनीति हो । आर्थिक संकट र अमेरिकी षड्यन्त्रको कारण युरोपमा अन्धराष्ट्रवाद उभारमा छ ।

भारतमा हिन्दु अन्धराष्ट्रवाद सत्ताहरू भएको छ । उसले भारतका कम्युनिस्टहरू दलित समुदाय, मुस्लिम समुदाय, (जनसंख्याको १३ प्रतिशत) र सबै उदारवादी पक्षमाथि हमला गरिरहेकोे छ । अल्पसंख्यक समुदाय विस्थापित हुने क्रम बढेको छ । भारतमा गान्धीको हत्यारा नाथराम गोड्सेलाई सहिद घोषणा गर्ने, पार्वती थापाजस्ता स्थापित लेखक बुद्धिजीवीहरूमाथि हमला गर्नेक्रम बढेको छ । फरक विचार राख्ने बुद्धिजीवी र सञ्चारकर्मीहरू मारिनेक्रम बढिरहेको छ । राज्य नियन्त्रित त्रासद् परिस्थिति बढ्दै गएको छ ।

मोदी सरकारको ‘भारतमा बनेको होइन, भारतद्वारा बनाइएको’ नारा दिएको छ । यसलाई ‘अमेरिका पहिलो’ भन्ने ट्रम्पको नाराको भारतीय संस्करण ठानिएको छ । भारतमा बढ्दो अन्धराष्ट्रवादसँगै दक्षिण एसियामा तनाव बढेर गएको । भारतले पाकिस्तानमाथि दबाब बढाएको छ । अमेरिका पाकिस्तान सम्बन्ध संकटतिर गएको छ । अमेरिका पाकिस्तान बढ्दो दूरीका कारण अफगानिस्तानमा त्यसको प्रभाव चर्चा भइरहँदा हरेक महिना काबुलमा तालीबानी जापानले दोस्रो विश्वयुद्धयता गत वर्ष मात्र पहिलोपटक जापानी सेना देशबाहिर जान सक्ने कानुन पारित गरेको छ ।

आर्थिक क्षेत्रमा पहिलो र हतियार उत्पादनमा तेस्रो चीनमा पनि अन्धराष्ट्रवाद हावी हुन थालेको छ । चीनमा चर्चहरू निशानामा परेका छन् । सिजि पिङविचार धारा निर्यात हुन थालेको छ । आक्रामक विदेश नीति र अवलम्बन गरिएको छ । चिनियाँ समुद्र क्षेत्रमा अन्तर्राष्ट्रिय अदालतको बेवास्ता गर्दै चीनले कृत्रिम टापुहरू बनाउने सैन्य नियन्त्रण कायम गर्ने गरिरहेको छ । अन्धराष्ट्रवादी भाजपा सरकारले भुटानमाथि नियन्त्रण गर्दै भुटान–चीन सीमामा चीन तनाव जारी छ । जसको रापमा दक्षिण एसिया फसेको अवस्था छ । चीनले विश्वशक्ति बन्ने घोषणा गरिसकेको छ । जसकबो कारण पुाजीवादी शिविर उत्तेजित भएको छ । बुहध्रुवीय विश्यको उदयसँगै तनावहरू बहुआयामिक भएका छन् ।

क्रिमिया संकटसँगै रसियामा अन्धराष्ट्रवाद विकास हुँदै गएको छ । पुटिनले वार्सा सैनिक संगठन विघटन गर्नु भयानक भूल भएको बताएका छन् । सिरियामा रूसी सेना आईएसको विरूद्ध युद्धमा छ । इरान र कोरियाको समस्यामा रुसले खुलेर भूमिका निर्वाह गरिरहेको छ । अमेरिका र जापान तथा युरोप विकल्पसहित साम्राज्यवादी शक्तिहरूको बीचमा सत्रुतापूर्ण तानातान जारी भएको छ । त्यसप्रकारको अन्धराष्ट्रवादको गन्तव्य भनेको युद्ध हो ।

पहिलो र दोस्रो विश्वयुद्धका कारण युद्ध नायकहरूले नै भयानक क्षति व्यहोर्नुप¥यो । अर्कातिर रुस र चीनमा सर्वहारावर्गको शासन कायम हुन गयो । त्यसकारण साम्राज्यवादीहरू पूर्णस्तरको युद्धमा विश्वयुद्धलाई टार्दै आएका छन् तर उत्तर–साम्राज्यवादको युद्धबाहेक अर्काे गन्तव्य पनि छैन । त्यसैले विश्वमा बढ्दै गएको अन्धराष्ट्रवाद आर्थिक संकटको सूचक हो र त्यो कुनै पनि बेला विश्वयुद्धमा प्रकट हुन सक्छ । स्राेेत : राताे खबर साप्ताहिक

२०७४ फागुन १६ गते दिउँसो १ :४३ मा प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :