नेकपा (बहुमत) भोलि २१ औँ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस मनाउँदै

नेकपा (बहुमत) भोलि २१ औँ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस मनाउँदै

काठमाडौँ : नेकपा (बहुमत) को सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ छैटौँ राष्ट्रिय सम्मेलन आयोजक समितिले भोलि शुक्रबार काठमाडौँमा २१ औँ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस मनाउने भएको छ ।

महासङ्घले दिएको जानकारीअनुसार माक्र्सवादी संस्कृतिकर्मी एवम् जनपक्षीय पत्रकार कृष्ण सेन ‘इच्छुक’ ले बलिदान गरेको दिन सहिद इच्छुकका साथै वर्गसङ्घर्षमा बलिदान गर्ने सम्पूर्ण सांस्कृतिक योद्धाहरूको स्मृति र सम्मानमा विचारगोष्ठीसहित कविता वाचन कार्यक्रम आयोजना गरिएको हो ।

महासङ्घले सांस्कृतिक संशोधनवादविरुद्ध माक्र्सवादी संस्कृतिकर्मीको भूमिकाविषयमा विचारगोष्ठी गर्नुका साथै माक्र्सवादी कविहरूका क्रान्तिकारी कविता वाचन र श्रवण गर्ने कार्यक्रम रहेको पनि सार्वजनिक गरेको छ । विचारगोष्ठीमा नेकपा (बहुमत) का शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको महासङ्घले जनाएको छ ।

महान् जनयुद्ध र वर्गसङ्घर्षका विभिन्न समयमा इच्छुक, च्याङ्बा, चुनु, अन्जान विरही, शारदा श्रेष्ठ, शिव श्रेष्ठ, हर्षबहादुर शाहीलगायत दुई सयको हाराहारीमा सांस्कृतिक योद्धाहरूले बलिदान गरेका छन् । तिनै महान् सहिदहरूको स्मृति र सम्मानमा क्रान्तिकारीहरूले हरेक वर्ष जेठ गते यो दिवस मनाउने गरेका छन् ।

तत्कालीन शाही सरकारको समयमा शेरबहादुर देउवाको प्रधानमन्त्रीत्व रहेको बेला इच्छुकलगायत कयौँ योद्धाहरूको गैरन्यायिक हत्या भएको थियो । हत्याराहरूमाथि कारबाहीको माग भइरहँदा र स्वयम् जनयुद्धका नायक भनिएका पुष्पकमल दाहाल सरकारको तालाचाबी लिएर बसेको समयमा दोषीमाथि कारबाही हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :